काठमाडौं: नेपाली सेनाको व्यापारिक मलमा आगलागी भएको छ। महांकाल मन्दिर सामुन्नेको सैनिक भवनको पसल नम्बर ए ५८ मा आगलागी भएको हो। हिजो राति न्युरोड गेटस्थित मलमा भएको आगलागीमा एउटा पसल ध्वस्त भएको बताइएको छ ।
विद्युत लाइन सर्टबाट आगो लागेको बताइएको छ। उद्धारको लागि पुगेको सैनिक टोलीले पसलबाट झिकेको एक लाख १७ हजार रुपैयाँ पसलधनी छिरिङ डोल्कर लामालाई तत्काल बुझाएको थियो।
Facebook Comments Box