Author: महेन्द्रनगर पोष्ट

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) : एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पश्चिम नवलपरासी आएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत सोमबार दम्पती हत्या भएको थियो । उक्त वडाको पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी श्रीमती ५० वर्षीया निर्मला भेडिहारको वीभत्स हत्या भएको हो । उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार सिआइबीको र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्तरुपमा उक्त हत्याको अनुसन्धान गरिरहेको बताए । उनको अनुसार अनुसन्धानमा अपराधीको नजिक पुगिसकेको छ ।…

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयाघात पुष्टि भएको छ। मंगलबार बिहान गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएका पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको भेटिएको हो। उक्त नसा लगभग ७० प्रतिशतभन्दा बढी बन्द भएको पाइएपछि तत्कालै एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको ती चिकित्सकले बताए। स्रोतका अनुसार पौडेललाई शनिबारदेखि नै असहज महसुस भएको थियो। त्यसपछि उनलाई शनिबार दिउँसो पनि गंगालाल अस्पतालकै इमर्जेन्सीमा लगिएको थियो।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि दैलेख जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने एक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दुल्लुस्थित दह गाउँ आउन लागेका हुन् । प्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो ३ बजे दह गाउँ पुग्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको पाँचौँ दीक्षान्त समारोह सकेर प्रधानमन्त्री प्रचण्ड दैलेख आउने कार्यक्रम तय भएको छ ।

Read More

काठमाडौँ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक पनि विश्वासको मत पाएका छन् । नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि यादवले आज विश्वासका मत लिएका हुन् । उनलाई प्रमुख प्रतिपक्षी एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

Read More

धनगढी : धनगढी उपमहानगरपालिकामा सेवाग्राहीका लागि खानेपानी, टिभी र फ्रि वाइफाई गरिएको छ। महानगरपालिकाले स्थापना गरेको सेवाग्राही कक्षको सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका हुन्। सेवाग्राही कक्षमा दुई वटा एसी र ६ वटा पंखा जडान गरिएका छन्। बस्नका लागि सोफा, चिसो र तातोपानीको व्यवस्था गरिएको छ। ६४ इञ्चको टिभी र कक्षभित्रै डिजिटल नागरिक वडापत्र पनि राखिएको छ। उपमहानगरपालिकाको २२ लाख ५१ हजार तीन सय ६१ रुपैयाँको लागतमा निर्माण गरिएको प्रतिक्षालयमा पानी, डिजिटल नागरिक वडापत्र, एसी, टेलिभिजन र निःशुल्क वाईफाईको व्यवस्था पनि गरिएको छ। नगरप्रमुख गोपाल हमालले चालू आर्थिक वर्षको बजेटबाट प्रतिक्षालय निर्माण गरिएको बताए।

Read More

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक प्रसाद आचार्यले अघिल्लो स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हुँदा लिएको मोबाइल फिर्ता नगरेको खुलेको छ । २०७७ फागुन ९ गते देखी २०७८ फागुन १६ गते सम्म आचार्य दैलेखको गुराँस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा थिए । त्यस क्रममा उनले विभिन्न हर्कत गरेको खुलेको छ । कार्यालय प्रमुख हुँदा उनले पाएको ७० हजारको ‘वन प्लस नर्ड २’ मोबाइल फिर्ता नगरेको पाइएको छ । दैलेखबाट सरुवा भएर कैलाली आएको एक बर्ष बढि भइसकेको छ । तर, पनि उनले महंगो मोबाइल फिर्ता गरेका छैनन् । यो बिषय महालेखाको प्रतिवेदन २०७९ मा उल्लेख छ ।…

Read More

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियाबाट वडा नम्बर २ बंकका २० वर्षीय बिबेक साउँद लागुऔषधसहित पक्राउ परेका हुन्। उनी ५० मिलिग्राम लागुऔषधसहित आज दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित उनलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

धनगढी : कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–१ दुर्गौलीबाट वडा नम्बर २ परागीपुरका २० वर्षीय अर्जुन चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। ११० मिलिग्राम लागुऔषधसहित चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित चौधरीलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

Read More

धनगढीः आजबाट केआइसिंह राजमार्ग दैनिक ४ घण्टा अबरुद्ध हुने भएको छ। प्रत्येक दिन ११ बजेदेखि दिउँसो तीन बजेसम्म राजमार्ग अवरुद्ध हुने भएको हो। राजमार्ग चार गतेसम्म अवरुद्ध हुनेछ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा खोला स्थित (स्याउले– दिपायल सडक खण्डको केआईसिङ राजमार्गमा) पहिरो रोकथाम तथा सडक मर्मत कार्य शुरु भएकाले राजमार्ग दैनिक ५ घण्टा अवरुद्ध हुने प्रहरीले जनाएको छ। सो अवधिसम्म राजमार्ग पुर्ण रुपमा अवरुद्ध हुने बताइएको छ। सो स्थानमा प्रहरी चौकी सकायल डडेल्धुराबाट प्रहरी टोली खटिएको छ।

Read More

गलकोट : घर–घरमै शुद्ध पानीको धारा छ । दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ । गाउँभरमा व्यावसायिक कागती खेतीको लहरै आएको छ । बागलुङको सुदूरपश्चिममा रहेको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका बासिन्दाको सोच अहिले बदलिएको छ । “चार पाँच वर्षअघिसम्म बसाइँसराइको लहरै आएको थियो, धेरै कमाइ हुने घर छाडेर मधेस झरे, गाउँका केही घरसमेत खाली भएका थिए”, झिम्पा गाउँका बासिन्दा प्रमिला मगरले भने, “अहिले खाली भएका घरमा समेत मानिस बस्न थालेका छन्, काम विशेष, अध्ययन तथा मजदुरीका लागि राष्ट्रिय लोकमार्ग आसपासमा बसाइँ सरेरसमेत आउन थाले, पहिला घडेरी किन्न तराई सर्नेहरुले…

Read More