काठमाडौं: लम्पी स्किन रोग नियन्त्रणका लागि पशुसेवा विभागले सात सय ५३ वटै स्थानीय तहलाई एक–एक लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ । विभागका प्रवक्ता डा. चन्द्र ढकालले स्थानीय तहलाई खोप खरिदका लागि बजेट विनियोजन गर्न लागेको जानकारी दिए ।
आव ०८०/८१ का लागि एक सय ६१ स्थानीय तहहरूमा भेटेरिनरी डाक्टर र सबै स्थानीय तहहरूमा प्राविधिकहरूको व्यवस्थापन र खोप खरिदका लागि बजेट विनियोजन गर्न लागिएको ढकालले बताए।
हालसम्म संक्रमित ६ लाख ८२ हजार ८० मध्ये २५ हजार चार सय आठ पशु मरेका छन्। त्यसमध्ये चार लाख नौ हजार निको भएका छन्। हाल दुई लाख ४७ हजार नौ सय ४७ संक्रमित रहेको विभागले जनाएको छ
पशु विभागका अनुसार हालसम्म सात लाख ३७ हजार डोज खोप आयात भई सातवटै प्रदेशका एक लाख ७२ हजार एक सय २८ पशुहरूमा खोप लगाइएको छ ।
Facebook Comments Box