Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरुमा आज शोक बिदा दिइएको छ।  नगरपालिकाको वडा नम्बर ८ स्थित कमलपुर माविमा कार्यरत लेखा कर्मचारी राजसिंह बिष्टको निधन भएको शोकमा विद्यालयहरुमा शोक बिदा दिइएको हो। नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सोमबार पालिकाभरीका विद्यालयहरुमा शोक बिदा रहेकाले पठनपाठन नहुने जनाएको हो।  जण्डीसबाट ग्रसित बिष्टको यही असार १ गते शुक्रबार राति ४३ बर्षको उमेरमा निधन भएको भएको थियो।

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढालाई टेलिफोन सम्पर्क गर्न रुख चढेको सम्झना ताजै छ । नेपाल टेलिकमको ‘टावर’ पुगेपछि अहिले उनको बाध्यता हटेको छ ।  उनी अहिले नेपाली सिमकार्डकै प्रयोग गरेर टेलिफोन सम्पर्क गर्ने गर्छन् । “यहाँ टावर नहुँदा नेपाली सिमबाट सम्पर्क गर्न डाँडो वा रुख उक्लिनुप¥थ्यो, त्यसैले अधिकांश स्थानीयले भारतीय सिम प्रयोग गर्थे”, उनले भने, “अहिले यो बाध्यता हटेको छ, बिजुलीसँगै टावर बनेपछि सहजै सम्पर्क हुन्छ ।” कञ्चनपुरको दुर्गम भेगका रुपमा चिनिने भीमदत्त नगरपालिका–९ को खल्ला, मसेट्टी र टुँडिखेलले स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणमा गति लिएको छ । विकासका पूर्वाधारबाट पछाडि परेका चुरे फेदीका यी बस्ती सडक…

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाले आज देखि आफ्नो क्षेत्रभित्र रहेका सिनेमा हलमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ। महानगरका प्रमुख बालेन शाहले आइतबार भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश नहटाएपछि आजदेखि महानगरमा भारतीय फिल्मलाई प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन्।  उनले भनेका छन्, ‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौ । नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।…

Read More

अछाम: बलात्कारपछि न्यायका लागि अदालत पुगेकी अछामकी एक किशोरीलाई अछाम जिल्ला अदालतले उल्टै कैद सजाय दिएको फैसला उच्च अदालत दिपायलले उल्ट्याई दिएको छ। २०७८ फागुनमा आफूमाथि बलात्कार भएको भन्दै न्याय माग्न गएकी अछामको कमलबजार नगरपालिकाकी एक किशोरीले बयान फेरेपछि तत्कालीन जिल्ला न्यायाधीश नवीनकुमार जोशीले किशोरीलाई ३ वर्ष ६ महिना कैदको फैसला गरेका थिए। न्यायाधीश जोशीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा हुँदै नभएको दफालाई आधार बनाएर पीडितलाई नै कैद सजाय सुनाएका थिए। तर, उच्च अदालतले आइतबार १८ औं पटकको पेसीमा जिल्ला अदालतको सो फैसला उल्ट्याएको छ। न्यायाधीशद्वय देशबहादुर सार्की र गणेश ठाकुरको इजलासले पीडकका लागि जिल्ला अदालतबाट भएको फैसला यथावत्…

Read More

काठमाडौँ: हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोशी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Read More

काठमाडौँ : भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादमा सरकारले पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार वक्तव्य जारी गर्दै सेन्सर पास भइसकेको फिल्मलाई लिएर सञ्चारमाध्यम र सरोकारवाला निकायबाट जनाइएका आपत्तिको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सहायक प्रवक्ता विशाल सापकोटाद्वारा जारी विज्ञप्तिमा जेठ ३१ गते फिल्म जाँच गर्दा राष्ट्रिय विभूतिको रूपमा रहेकी जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवाद हटाउन लगाई सोपश्चात सेन्सर पासको प्रमाणपत्र दिएर सार्वजनिक प्रदर्शन गर्न अनुमति दिइएको उल्लेख छ । ‘आदिपुरुष’ विवादमा काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्रभित्र भारतीय फिल्मलाई निषेध गर्ने तयारी गरेको पृष्ठभूमिमा सरकारले विज्ञप्ति जारी गरेको हो ।…

Read More

धनगढी : कृषि, पशु र मानिसमा भइरहेको जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले नेपाल महामारीको जोखिम तर्फ लम्किरहेको एक कार्यक्रममा सहभागीले बताएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएसएआइडी मेडिसिन टेक्नोलोजिष्ट तथा फर्मास्विटिकल्स सर्भिस कार्यक्रमको सहयोगमा धनगढीमा आइतबार भएको कार्यक्रममा सहभागीहरुले विश्वव्यापी रुपमा बढ्दै गएको एन्टिमाइक्रोबिएल रेसिस्टेन्सको असर नेपालमा पनि देखिएको बताए । सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा जगदीशचन्द्र जोशीले नेपाल एन्टिबायोटिक रेसिस्टेन्सको चपेटामा परेको बताए । उनले यसलाई न्यूनिकरण गर्न सबै क्षेत्र एक भएर लाग्नु पर्ने बताए । एक स्वास्थ्य नीति अवलम्बन गरेर अगाडी बढ्न जरुरी भएको उनको तर्क छ । जति मानिसमा समस्या छ उती…

Read More

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले निर्माण भइरहेका प्रसारणलाइन पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न दिने गरी सबै पक्षले नसघाए अर्को वर्ष बिजुली आपूर्तिमा ‘विपत्ति’ आउन सक्ने बताएको छ । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जताततै प्रसारण पूर्वाधार बनाउने काममा सरकारी कार्यालयदेखि स्थानीयहरूसम्मले अवरोध गर्दा आपूर्ति व्यवस्थापन नै जटिल बन्दै गएको बताए । यसका कारण अर्को वर्ष विद्युत् आपूर्ति प्रणालीमा ‘डिजास्टर’ आउन सक्ने उनको चेतावनी छ । देशभित्रै विद्युत् खपत गराउन पूर्वाधार निर्माण गर्न प्राधिकरणले ५ वर्षमा आर्जन गरेको नाफाबाट झण्डै एक खर्ब लगानी गरिरहेको भन्दै उनले त्यो लगानी नगरेको भए अहिले १५-१६ घण्टा लोडसेडिङ…

Read More

धनगढी : कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको उपमहामनगरपालिका–३ भन्सार नजिकबाट पनि भन्सार छलीका ३५ हजार मुल्यका सुट, अन्डरवयर, लेगिज, प्लाष्टिक झिल्ली जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बस्ने ३५ वर्षीय संदिप गुप्तालाई आइतबार पक्राउ गरिएको हो। उनलाई बेलौरी नगरपालिका–९ कुण्डाबाट भन्सार छलीका ९४ हजार पाँच सय मुल्य बराबरका टीसर्ट, बच्चाको पेन्टी, ठुलो पेन्टी, मोटरसाईकलसहित पक्राउ गरेको हो। गुप्तालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई कार्वाहीको लागि सामानसहित भन्सार कार्यालय कैलाली पठाईएको छ।

Read More