Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – प्रमुख प्रतिपक्षी एमालेले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा बुधबार प्रदर्शन गरेको छ। बुधबार साँझ नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा राष्ट्रपति रामचन्द्र पौडेलको पुतला जलाएको छ। त्यस्तै, युवासंघले भारतीय संसद्‌मा अखण्ड भारतको नक्सा राख्ने क्रममा नेपालको कपिलवस्तु र लुम्बिनीसमेतलाई समेटेको भन्दै राष्ट्रपति पौडेलको अर्को पुतला पनि जलाएको छ। युवा सङ्घले नयाँ बानेश्वरमा राष्ट्रपति तथा सरकारविरुद्ध मसालसमेत बालेर प्रदर्शन गरेको छ।

Read More

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार थप चार जना प्रतिवादीको बयान लिइएको छ । प्रतिवादीहरू गोविन्द चौधरी, सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र रामशरण केसीको बयान लिइएको हो । उनीहरूको बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा लिइएको हो। शुक्रबार सागर राई र केशवप्रसाद दुलालको बयान लिइएको थियो भने आइतबार प्रतिवादी टङ्ककुमार गुरुङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, सागर राई र केशवप्रसाद दुलालको बयान लिइएको थियो। यस प्रकरणमा पक्राउ परेका १७ जना मध्ये १२ जनाको आजसम्म बयान सकिएको छ। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध मुद्दा दर्ता गरीएपनि १३ जना अझै फरारको सूचीमा…

Read More

भक्तपुर – विश्व सेवा विस्तार संस्थाले पछिल्लो एक वर्षमा तीनवटा नेपाल भारत सिमा नाकाबाट मानव बेचविखनबाट जोगाई दुई सय ६१ जना किशोरीलाई घर फर्काउन सफल भएको जनाएको छ । संस्थाको आर्थिक वर्ष २०७९/८० को बुधबार भक्तपुरमा भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शंकास्पद पाँंच हजार दुई सय ४२ जनालाई सोधपुछ गरिएको जानकारी गराइको छ । संस्थाले नेपाल भारतका तीन वटा सिमा नाका काकरभिात, विराटनगर र भद्रपुरमा तीन वटा सिमा नाकाबाट मानव वेचविखनको सम्भाबना भएका किरोरीलाई जोगाउन निगरानी गर्दै आएको जनाएको छ । संस्थाकी कार्यक्रम निर्देशक सरस्वती मानन्धरले आर्थिक वर्ष २०७१/०७२ देखि जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता गरी संस्थाले मानववेचविखनबाट जोगाउने उद्देश्यका…

Read More

धनगढी – नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका पूर्व प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीले आफू २०८४ सालमा चुनाव लडेर जित्ने बताएका छन्। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल जीवन बिताइरहेका चौधरी अस्ति गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका थिए। त्यसपछि आज (बुधबार) कैलालीको धनगढीस्थित कारागार पुगेका उनले फेरि २०८४ सालमा प्रतिनिधि सभा चुनाव लडेर जनप्रतिनिधि बन्ने बताएका हुन्। २०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो। उक्त घटनामा दोषी ठहर भई उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो। टीकापुर घटनामै दोषी ठहर भई जेलमा रहेका अन्य बन्दीहरुलाई उनले बुधबार…

Read More

नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटघाट गरेका छन् । बुधबार दिउँसो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले डोभाल र क्वात्रासँग आफू बसिरहेको होटलमा भेटवार्ता गरेका हुन् । भेटमा दुई देशको सम्बन्ध लगायत विविध विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहाल सरदर पटेल मार्गस्थित मौर्य होटलमा बसिरहेका छन् । प्रधानमन्त्रीको औपचारिक कार्यक्रम भने भोलिदेखि मात्र सुरु हुनेछ ।

Read More

काठमाडौँ – नेकपा (एमाले) का नेता सुवास नेम्वाङले नागरिकता विधेयक प्रमाणीकरण गर्दा संवैधानिक समय सीमाको ख्याल नगरेको आरोप लगाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक परिमाणीकरण गरेका छन् । राष्ट्रपतिले गरेको नागरिकता प्रमाणीकरणमा संवैधानिक समय सीमाको ख्याल नगरिएको उनले आरोप लगाएका हुन् । नेम्वाङले सरकारले संसद्मा विधेयक ल्याउनुको सट्टा राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पत्र लेखेको भन्दै नेम्वाङले असन्तुष्टि पनि पोखेका छन् । बुधवार सञ्चार कर्मीहरूसँग सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा कुराकानी गर्दै नेम्वाङले भने, ‘विगतमा उहाँहरूले उठाउनु भएको विषय गम्भीर थियो । दोस्रो पटक प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकोमा पुग्दा १५ दिनमा पनि प्रमाणीकरण नगर्दा असंवैधानिक कदम भन्नुभएको थियो ।…

Read More

काठमाडौं – कैलालीको टीकापुर घटनामा दोषी पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ। बुधबार न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिए पनि समय अभावका कारण सुनुवाई हुन नसकेको हो । जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय भोगिरहेका चौधरीको बाँकी कैद मिनाहा गरेका थिए। १४ वर्ष ९ महिना कैद माफी भएपछि २० वर्ष कैदमा बस्नुपर्ने चौधरी ५ बर्ष ३ महिनामै जेलमुक्त भएका छन् । चौधरीलाई मुलुकका तिनै तहका अदालतले जन्मकैदको सजाय सुनाएका थिए। न्यायालयले न्याय गरे पनि सरकारले आफूहरूमाथि अन्याय गरेको भन्दै टीकापुर…

Read More

अत्तरिया – कैलालीको अत्तरिया चोकमा भोलि चक्काजाम गरिने भएको छ । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले अत्तरियामा बिहिबार बिहान ९ बजे देखि १० बजे सम्म १ घण्टा चक्काजाम गर्न लागेको हो । समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलको आयोजना गर्दै गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ मिति २०७९ माघ २९ गते भएको मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि दवाद दिन चक्काजाम गर्न लागेको जनाएको छ । संघर्ष समितिका संयोजक लोक राज पाण्डेले जेठ १५ गते बजेट भाषणमा मन्त्रिपरिदको निर्णय विपरित १ सय शैय्याको मेडिकल प्रतिष्ठान बनाउने निर्णयका विरुद्ध आन्दोलनका कार्यक्रम अन्तरगत चक्काजाम गर्न लागिएको बताए । उनले…

Read More

कैलाली – कैलालीमा लागुऔषध खैरो हिरोइन सम्बन्धी कसुर मुद्दामा फरार रहेका एक युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ४ कौवापुरका २२ वर्षीय भीम नेपाली पक्राउ परेका हुन् । उनलाई पक्राउ गरी आज कैलाली जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

काठमाडौँ – नेपालमा सेमिनार गर्न आएका दुई जना विदेशीसँग २–२ लाख रुपैयाँ धरौटी माग गरिएको छ । पोल्यान्डमा वर्किङ भिसामा कामदार लैजाने भन्दै त्यसका लागि सेमिनार गर्न काठमाडौँ आएका दुई जनालाई वैदेशिक रोजगार विभागले नियन्त्रणमा लिएको थियो। धरौटी मागेर उनीहरूलाई रसियन दूतावासको जिम्मा लगाइएको विभागले जनाएको छ। थप अनुसन्धानको क्रममा केही खुलेमा कारबाही गरिने नत्र रिहा गरिने विभागका अनुसन्धान अधिकृत केदार अधिकारीले बताए। पोल्यान्डमा लैजाने भन्दै काठमाडौँमा बिना अनुमति अभिमुखीकरण गर्ने दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएडोसिक पक्राउ परेका थिए। गत जेठ ६ गते शनिवार पोल्यान्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण गरिरहेको…

Read More