Author: महेन्द्रनगर पोष्ट

धनगढीः डोटीमा डोजर दुर्घटना भएको छ। सायल गाउँपालिका वडा नम्बर ३ स्थित झिग्राना बेटरा सडक निर्माण गरिरहेको बा ३ क ४०४५ नम्बरको डोजर दुर्घटना भएको हो। दुर्घटनामा चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कैलालीको गौरीगङ्गा ५ का २४ वर्षीय विकास सिजापति घाइते भएका छन्। उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ। सडक निर्माण गरिरहेको डोजरमाथि ढुङ्गा खस्दा दुर्घटना भएको हो। डोजर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ।

Read More

सिलगढी – डोटीमा एक्स्काभेटर दुर्घटना चालक घाईते भएका छन् । जिल्लाको सायल गाउँपालिका वडा नम्बर ३ स्थित झिग्राना बेटरा सडक निर्माण गरिरहेको बा ३ क ४०४५ नम्बरको एक्स्काभेटर दुर्घटना हुँदा चालक घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार दुर्घटनामा परि कैलालीको गौरीगङ्गा(५ का २४ वर्षीय विकास सिजापति घाइते भएका छन् । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए । सडक निर्माण गरिरहेको एक्स्काभेटर माथि ढुङ्गा खस्दा दुर्घटना भएको हो । एक्स्काभेटर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ ।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले फिजी,अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गरी पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपतिले अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिनाको गैरअवासीय, रुसका मिलनराज तुलाधर बेलारुसको गैर आवासीय, डेनमार्कका डा. रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैर आवासीय राजदूतमा नियुक्त गरेका छन् ।

Read More

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नागरिकता विधेयक प्रमाणीकरणको स्वागत गरेका छन् । अध्यक्ष राउतले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपति रामचन्द्र पौडेलको सो कार्यको स्वागत गरेका हुन् । उनले नागरिकता विधेयक प्रमाणीकरणबाट लामो समयदेखि नागरिकताविहिन रहेका योग्य नेपालीहरूलाई नागरिकता प्रदान गर्ने बाटो खुलेकोमा खुसी समेत व्यक्त गरेका छन् । नागरिकताको माग गर्दै भएको आन्दोलनका कारण ज्यान गुमाउनु परेकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राउतले त्यसका लागि आन्दोलन गरेका आन्दोलनकारीप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् । त्यस्तै उनले रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयको पनि स्वागत गरेका छन् । मधेस–थरुहट आन्दोलनको क्रममा भएको टीकापुर घटनामा दोषी ठहर गर्दै जेलमा राखिएका चौधरीलाई…

Read More

डडेल्धुरा: डडेल्धुराकी १० वर्षीया सानु बिक कक्षा ३ मा पढ्दै थिइन्। जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका उनी हिजो (मंगलबार) गोठालो गइन्। सदा झै विद्यालयबाट फर्किएर बाख्रा चराउन जंगल गएकी उनी हिजो भने घर फर्किनन्। साँझसम्म पनि घर नआएपछि आफन्तले उनको खोजी गरे। सानुका बुवा रोजगारीको सिलसिलामा भारत भएकाले उनकी आमा, दाजु-दिदीले खोजी कार्यका लागि प्रहरीको सहयोग मागे। खोजी गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले आज बुधबार उनको शव घरभन्दा एक किलोमिटर टाढा फेला पारेको थियो। आज बिहान ६ बजेतिर सानुको शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। उनले मुचुल्काको काम…

Read More

बाजुराः बाजुराका दुई घरमा आगलागी भएको छ । बुधवार गाैमुल गाउँपालिका-६ का गाेरे विक र उज्ज्वल विकगौको जोडिएको ३ तले ८ कोठे कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । आगलागीबाट खाद्यन्न, लत्ताकपडा, कागजपत्र ९० हजार नगद पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । त्यस्तै, मंगलवार साँझ बुढीगंगा नगरपालिका–९ सेलीका डम्मरबहादुर रावतको दुईतले ४ कोठे कच्ची घरमा पनि बिजुलीको तार सर्ट भएर आगलागी भएको छ । आगलागीबाट करिब ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः डडेल्धुरार्मा एक बालिकाको शव फेला परेको छ। बुधबार नवदुर्गा गाउँपालिका–५ का लक्ष्मण बिककी १० वर्षीया छोरी सानु मृत फेला परेकी हुन्। प्रहरीका अनुसार हिजो बाख्रा चराउन जंगल गएकी उनी राति घर नआएपछि खोजतलास सुरु गरिएको थियो। अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले सानुलाई आज बिहान घरभन्दा एक किलोमिटर दुरीको जंगलमा मृत फेला पारेको हो। अहिले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । यसअघि गत २१ वैशाखमा छापावाल सुन एक लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो । बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ पुगेको छ ।

Read More

विराटनगर: विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् । मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका मोरङ प्रहरीले जनाएको छ । आज बिहान शौचालय गएका उनी शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोका भित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । १३ वर्षीय छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई जेठ १२ गते पक्राउ गरेको थियो । यसअघि पनि उनले आत्महत्याको प्रयास गरेका थिए । प्रहरीका अनुसार जेठ १४ गते घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि उपचारका लागि आफन्तको जिम्मा लगाइएको थियो । सरकारी वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा फलामले घाँटी रेटेर आत्महत्या प्रयास गरेका…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् । प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने…

Read More