काठमाडौँ: सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।
यसअघि गत २१ वैशाखमा छापावाल सुन एक लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो । बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ पुगेको छ ।
Facebook Comments Box