Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – झापा गोल्डकपको फाइनल खेल आज हुँदै छ।  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ भिड्ने छन्। झापाले सेमिफाइनलमा संकटा क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो। आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताएका छन्। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे। उनले झापामा कलेक्टिभ खेलाडी रहेका कारण पनि जित निकाल्न सहज हुने बताए। झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए। उनले चार पटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले…

Read More

काठमाडौं- प्रहरीले काठमाडौंको तारकेश्वरबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका- ९ मनमैजुस्थित जगत डंगोलको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ। पक्राउ पर्नेमा बागलुङको खुङ्ला गाउँपालिका-८ का युवराज कँडेल लगायत १० जना छन्। प्रहरीले उनीहरूको साथबाट १ लाख ९ हजार ७४५ रुपैयाँ र तीन बुक तास समेत बरामद गरेको जनाएको छ।

Read More

हेटौंडा -मकवानपुरमा १८२ किलो गाँजासहित पाँचजना पक्राउ परेका छन्। आइतवार राक्सिराङ गाउँपालिकाको चैनपुरबाट हेटौंडातर्फ आइरहेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई मनहरी-७ पुल नजिकै रोकेर खोजतलास गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजासहित पिकअपका चालक हेटौंडा उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय बुद्धिमान वाइबा, २९ वर्षीय अर्जुन स्याङ्तान र ३० वर्षीय विनोद पाख्रिनलाई नियन्त्रणमा लिएको छ। उनीहरुले १०÷१० किलो गाँजा १८ वटा प्लास्टिकमा पोको पारेर पिकअपमा ल्याएका थिए। त्यस्तैगरी भीमफेदी गाउँपालिका–२ भैसे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा कैलाश गाउँपालिका–४ का १९ वर्षिय अमृत मोक्तान र अर्को एक नाबालकलाई दुई किलो दुई सय ग्राम गाँजासहित पक्राउ गरेको छ।

Read More

काठमाडौं-सोमवार देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको पूर्वी हिमाली भूभागको एक वा दुई स्थान हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ। त्यस्तै, राती देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार देशमा अहिले पश्चिमी न्यून चापीय वायुको सामान्य प्रभाव रहेको छ।

Read More

कञ्चनपुर-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले कञ्चनपुरको निमार्ण कम्पनी भवानी कन्ट्रक्सनको कागजपत्र नियन्त्रणमा लिएको छ। महाकाली नदीको नदीजन्य पर्दाथको रोयल्टी संकलनको जिम्मेवारी पाएको भवानी कन्ट्रक्सनले राजश्व चुहावट गरेको आरोपमा अख्तियारले १ सय ठेली लगायतका कागजपत्र नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख राम बहादुर कुरूम्वाङले उजुरी परेपछि अनुसन्धानका लागि निमार्ण कम्पनीको कागजपत्र नियन्त्रणमा लिएको जानकारी दिए। कम्पनीले रोयल्टि संकलनका लागि भीमदत्त नगरपालिकासंग प्रति घनमिटर रु ७५ का दरले ठेक्का सम्झौता गरेको थियो।

Read More

कञ्चनपुर – झन्डै डेढ दशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माणमा अरबौँ रुपैयाँ खर्च भए पनि पानी भने अझै बग्न सकेको छैन। राष्ट्रिय गौरवको आयोजनामा समेत समेटिएको महाकाली सिँचाइ आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर पनि तयार गर्न सकेको छैन। आयोजना सुरु भएदेखि अहिलेसम्म चार अर्ब ९२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिए। अहिलेसम्म १३ किलोमिटर मूलनहर निर्माण सकेर आयोजनाले दुई अर्ब ३२ करोड रुपैयाँको लागतमा थप १५ किलोमिटर मूल नहर निर्माण गरिरहेको छ। नेपाल–भारत सिमानाभन्दा वर भीमदत्त नगरपालिका–९० मा छुटेको दुई सय २० मिटर मूल नहर पनि…

Read More

काठमाडौं-इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ। आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पु¥याउनुभएको योगदानको कदर गर्दै उनको जन्म दिनलाई इतिहास दिवस घोषणा गर्न माग गरेको हो। “आचार्यअघिका इतिहासकारले वंशावलीगाथालाई नै इतिहासमा रूपमा लेख्ने गरेका थिए, आचार्यले प्रामाणिक इतिहासको लेखन सुरु गर्नुभयो, नेपालमा रहेको विश्वको सर्वोच्च शिखरको नाम विदेशीको नाममा नामकरण भएकामा सगरमाथा…

Read More

काठमाडौँ- साइबेरिया हिँडेका ६ जना नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ। भिजिट भिसामा फ्लाई दुबईको जहाजबाट शनिवार बिहान साइबेरिया हिँडेका उनीहरूले आवश्यक कागजात पेस गर्न नसकेको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन कार्यालयका अनुसार लोकेश बुढा, माया कुमारी विक, पिल कुमारी बिक, तारा तिलिजा पुन, दिपेश पुन मगर र निर्माला क्षेत्री रहेका छन्। उनीहरूले आवश्यक कागजात पेस गर्न नसकेको अध्यागमन कार्यालयले जनाएको छ।

Read More

काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीको तलब भत्ताको व्यवस्था नगर्ने भएको छ।स्वास्थ्य मन्त्रालयले आइतबार सात वटै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ताको व्यवस्था नहुने स्पष्ट पारेको छ। अहिले कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान सम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहहरूको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको छ। दोहोरो सहमति अनुसार समायोजन मिलान भएका कर्मचारीलाई केही प्रदेश/स्‍थानीय तहहरूले दरबन्दी रिक्त नभएका कारण हाजिर गराउन नसकिने भनी फिर्ता गर्ने गरेको र केही प्रदेश/स्थानीय तहहरूले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई सहमति दिई मन्त्रालयसँग थप तलब भत्ता समेत माग गर्ने…

Read More

काठमाडाैं – उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो) प्रमुखले रूसले यूक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा बताएका हुन् । उनले रूस-यूक्रेन युद्धमा रूसले रासायनिक हतियार प्रयोग गर्नसक्ने जोखिमबारे बोले पनि यसबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा तर्कसङ्गत आधार प्रस्तुत नभएको रूसी स्रोतले बताएको छ । यसैबीच स्टोलटेनबर्गले रुसले पछिल्ला दिनहरुमा यूक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको गलत सूचना फैलाएर आफूले त्यस्तो आक्रमणको तयारी गरेको हुन सक्ने जर्मन पत्तिकासँगको अन्तवार्तामा बताएको सो पत्रिकाले आइतबार उल्लेख गरेको छ ।…

Read More