Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीस्थित गेटामा निर्माणाधिन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिममा नागरिक स्तरबाट आमहड्तालको घोषणा गरिएको छ। तर, नेकपा माओवादी जिल्ला समन्वय समिति कैलाली र नेपाली काँग्रेसले आमहड्ताल फिर्ता गर्न अनुरोध गरेको छ। दुवै पार्टीले आफ्नो पार्टी शान्तिपुर्ण रुपले गरिने आन्दोलनमा सर्मथन, सम्मान गर्ने र बन्दहड्ताल, चक्काजाम र आमहड्ताल अहिले नै गरिहाल्नुपर्ने आवश्यक नरहेको उल्लेख गरेको छ। सुदूरपश्चिमको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका साथै समग्र आर्थीक विकासमा कोशेढुङ्गा सावित हुने गेटामेडिकल कलेजप्रति यस क्षेत्रका आम जनता, नागरिक समाज, वौद्घिक वर्गसहित सबैपक्षको चासो र सरोकारप्रति सम्मान गर्दै आन्दोलन फिर्ता लिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘गेटा…

Read More

बिमल बाेहरा, डडेल्धुरा: डडेल्धुरामा धान रोपाइँ सुरु भएको छ। जिल्लाको अमरगढी नगरपालिका- ३ डाेटी घटाल क्षेत्रमा यस वर्षकाे धान रोपाइँ सुरु भएकाे हो। धान उत्पादनमा जिल्लाकै उत्कृष्ट मानिने उक्त क्षेत्रमा शनिबारदेखि रोपाइँ सुरु भएकाे छ। अहिले उक्त क्षेत्रमा हिउँदे बाली आलु खनेर धमाधम रोपाइँ भइरहेको छ। पछिल्लो समय कृषिमा आधुनिकरण हुँदा रोपाइँ गर्न केही सजिलाे भएकाे स्थानीय कृषक रेनुका जैसी बताउँछिन्। जिल्लामा सिचाईं हुने स्थानमा समयमै रोपाइँ गरिन्छ भने सिचाईं हुने अवस्था नभएका ठाउँमा आकाशको पानीको भर पर्नुपर्ने हुन्छ।

Read More

धनगढीः सुदूरपश्चिममा आज आमहड्तालको आव्हान गरिएको छ। कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आमहड्तालको घोषणा गरिएको थियो। स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आज(आइतवार) सुदूरपश्चिम पूर्ण रुपमा ठप्प हुने बताए। उनले यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरुले पनि सहयोग गर्ने बताएका छन्। संघर्ष समितिका संयोजक ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ/संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए। संघर्ष समितिले शुक्रवार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकहरुसँग छलफल गरेको थियो।  संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको…

Read More

काठमाडौँ: आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा  पश्चिमी  वायुका साथै बंगालको खाडीको जलबाष्फ युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका  एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको…

Read More

धनगढी : कञ्चनपुरमा सशस्त्र प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएपछि एकजना घाइते भएका छन्। जिल्लाको पुनर्वास नगरपालिका–११ मा शनिबार सशस्त्र प्रहरी इन्द्र धामीले चलाएको बाइकले यज्ञमुर्ति उपाध्यायको बाइकलाई ठक्कर दिएको हो। प्रहरीका अनुसार उपाध्यायको से ३ प ५०८० र धामीले चलाएको सु.प.प्र.०१०११ प ४१६२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। ठक्करबाट उनीहरु दुबै घाइते भएका छन्। उपाध्याय कैलालीको धनगढीका हुन् भने धामी त्यहीँ ठाउँका स्थानीय हुन्। उपाध्यायको मोटरसाइकलमा पछाडी सवार इन्द्र पुरुषको पनि खुट्टा भाँचिएको छ। यो घटनामा प्रहरीले सशस्त्रलाई उन्मुक्ति दिन खोजेर भगाएको आरोप लागेको छ। तर त्यहाँका प्रहरी इन्चार्ज असई लालबहादुर ठकुल्लाले भने त्यसो नभएको दाबी गरेका छन्। उनले सशस्त्र प्रहरीमा…

Read More

जनकपुरधाम : पर्सामा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् । वीरगञ्जमा आज आयोजित एक समारोहबीच पूर्व मन्त्री करिमा बेगम, पूर्व मधेश प्रदेश सांसद प्रह्लाद गिरी, लोसपाका केन्द्रीय सदस्य शशी कपुर मियाँलगायतका नेता कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनीहरूलाई जनमतका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले फूलमाला लगाएर पार्टीमा भित्र्याए । पर्सामा विभिन्न पार्टीका करिब १ हजार बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको सो पार्टीले दाबी गरेको छ । पूर्व मन्त्री, पूर्व सांसद र केन्द्रीय नेताहरू समेत प्रवेश गरेपछि जनमत पर्सामा मजबुत बन्दै गएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै जनमतका राष्ट्रिय…

Read More

पाल्पा : पाल्पामा प्रहरीले अवैध युरिया मल बरामद गरेको छ । जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाबाट एक हजार २२ बोरा अवैध मल प्रहरीले बरामद गरेको हो । रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा विजय श्रेष्ठको चारतले घरको सटर कोठामा अवैधरूपमा भण्डारण गरी राखेको छ सय ५० बोरा र रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा प्रहरी चौकी हुँगीले तीन सय ७२ बोरा मल बरामद गरेको छ । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समिति र प्रहरीले शनिबार दिउँसो अनुगमन गर्ने क्रममा मल फेला पारेको हो । केही दिनदेखि रामपुर–५ बेझाडस्थित विजय श्रेष्ठको घरको पहिलो तलाको भाडाको सटर…

Read More

काठमाडौं : केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय संसदमा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यालयमाथिको छलफल सुरु भएको छ । कोशी बाहेकका प्रदेशले आफ्नो वार्षिक नीति तथा कार्यक्रम ल्याइसकेर बजेटको तयारी सुरु गरेका छन् । नेकपा (एमाले) नेतृत्वको सरकार रहेको कोशी प्रदेशमा जनता समाजवादी पाटी (जसपा) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि वार्षिक नीति तथा कार्यक्रम र बजेटसमेत प्रभावित हुने देखिएको छ । राजनीतिक समीकरण नमिल्दा असार १ गतेसम्ममा प्रदेशको बजेट ल्याइसक्नुपर्ने प्रावधान कोशी प्रदेशमा भने मिचिने सम्भावना देखिएको छ । छवटा प्रदेश सरकारले…

Read More

दाङ : दाङबाट बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-७ का ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँका ४० बर्षीय आशाराम बिक, २५ बर्षीय देवबहादुर बिक र रोल्पा माडी गाउँपालिका-३ का २८ बर्षीय अमलाल घर्ती मगर रहेको प्रहरीले जनाएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-९ को अमिलियामा बा २० प ९०७२ नम्बरको मोटरसाइकल खानतलासी गर्ने क्रममा शुक्रबार बिहान ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए । पक्राउ परेकाहरुबाट ९ फिट ६ इन्च लामो र ५ फिट १० इन्च चौडाइ भएको बाघको छाला र १४१ वटा हड्डी (८…

Read More

धनगढी : कैलाली प्रहरीले खैरो हिरोईनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको कैलारी गा.पा. ७ बसन्तास्थित रामपुरबाट हसुलियातर्फ आउँदै गरेको स्कुटर चेकजाच गर्ने क्रममा चालक सुकानु चौधरीलाई खैरो हिरोईनसहित पक्राउ गरिएको हो। लागुऔषध ब्युरो नेपालगंज र इलाका प्रहरी कार्यालय हसुलिया बाट प्र.ना.नि. को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले चौधरीको साथबाट ३८ ग्राम ४८० मिलिग्राम खैरो हिरोईन बरामद गरेको छ । प्रहरीले चौधरी र स्कुटरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

Read More