काठमाडौँ: भारतमा एक युवकको टाउकोमा पिसाब गर्ने पूर्वसांसदका प्रतिनिधि पक्राउ परेका छन् । मध्य प्रदेशको सीधी जिल्लामा एक युवकमाथि पिसाब गर्ने पूर्व विधायक प्रतिनिधि प्रवेश शुक्लालाई मंगलवार राति भारतीय प्रहरीले पक्राउ गरेको हो ।
उनले एक युवकको टाउकोमा पिसाब गरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जालमा भाइरल भिडिओमा चुरोट पिउने क्रममा उनले अर्को व्यक्तिको टाउकोमा पिसाब गरिरहेको देखिन्छ ।
पिसाब फेर्ने शुक्ला भारतीय जनता पार्टी (भाजपा)का नेता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनी बीजेपी सांसद केदारनाथ शुक्लाका प्रतिनिधि भएको समाचारमा उल्लेख छ । तर, विधायकले भने उक्त कुरा इन्कार गर्दै आएका छन् ।
Facebook Comments Box