Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीको चिसापानीबाट एक व्यवसायी लापता भएका छन्। सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन भएका हुन्। न्यू बुलबुले अटो सेल्सका सञ्चालकसमेत रहेका भण्डारी केही दिनदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। भण्डारी चढ्ने गाडी सुदूरपश्चिम प्रदेशको इलाका प्रहरी कार्यालय कर्णाली, चिसापानीको नियन्त्रणमा रहेको कार्यालयका प्रहरी निरीक्षक टेकराज जोराले जानकारी दिए। उनका अनुसार भण्डारीले प्रयोग गर्ने बा १८ च ९८७५ नम्बरको गाडी बिहीबार कैलालीको लम्कीचुहा नगरपालिका कर्णाली चिसापानीस्थित एक होटलमा बेवारिसे अवस्थामा भेटिएको थियो। प्रहरी निरीक्षक जोराले भण्डारीका मोबाइल, गाडीको चाबीलगायत सामान गाडीमै भेटिएको जानकारी दिए। सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल पनि भण्डारी खोज्न कँडेल कञ्चनपुर पुगेका छन्।…

Read More

धनगढीः धनगढीमा केही दिनयता अत्यधिक गर्मी बढेको छ। सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी लगायत सुदूर तराइका क्षेत्रहरुमा गर्मी बढेको हो। आज मात्रै धनगढीको अधिकतम तापक्रम ४०.५ रहेको छ। गर्मी अत्यधिक बढेपछि यहाँका नागरिक हैरान भएका छन्। बढ्दो गर्मीका कारण जनजीवन प्रभावित बनेको यहाँका नागरिकले बताएका छन्। उनीहरुले केही दिन वर्षा भए राहत पुग्ने जनाएका छन्। यसैबीच महेन्द्रनगरपोष्टले मौसमविद्लाई धनगढी लगायत सुदूर तराइको आगामी मौसमबारे जिज्ञासा राखेको छ। जसमा मौसमविद् सन्जिव अधिकारीले अबको २ दिनसम्म धनगढीमा अत्यधिक गर्मी हुने बताए। तर सुदूरपश्चिमका पहाडी क्षेत्रमा भने आंशिक बदली तथा हल्का वर्षाको सम्भावना रहेको उनले बताए। धनगढीसहित तराइ क्षेत्रमा भने २ दिनपछि गर्मी…

Read More

बोगोटा: विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि जङ्गलमा जीवितै फेला परेका छन् । ‘गत महिना अमेजन वर्षावनमा विमान दुर्घटना हुँदा बेपत्ता भएका चारजना बालबालिका शुक्रबार जीवितै फेला परेका छन्,’ कोलम्बियाका रक्षामन्त्री इभान भेलास्क्वेज गोमेजले भनेका छन्। ‘सम्पूर्ण देशको लागि खुशी,’ कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले शुक्रबार साँझ जंगल क्यामोफ्लाजमा आपत्कालीन उद्दारकर्ताहरूले उपचार गरिरहेका चार दाजुभाइको फोटोको साथ ट्वीट गरेका छन्। उनका अनुसार १३, ९, ४ र १ वर्षका बालबालिका ४० दिनसम्म जङ्गलमा बाँचेका थिए। उनीहरूको आमा र अन्य दुई जनाको भने दुर्घटनामा मृत्यु भएको छ। उद्धार मिशनले यस अपरेशनलाई चमत्कार भनेको छ। एक सय भन्दा बढी सैन्य कर्मचारी र आदिवासी स्वयंसेवकहरूले…

Read More

काठमाडौं: पछिल्ला केही दिनयता गर्मी लगातार बढ्दै जाँदा अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड ब्रेक गर्न थालेको छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको तथ्याङकमा आज पनि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ। नेपालको पूर्वी भेगमा आज केही मौसममा बदली भए पनि अन्य क्षेत्रमा तापक्रम बढी नै रहेको मौसमविद बताउँछन। कपिलवस्तुको तौलिहवामा दिउँसो ४२ डिग्री तापक्रम छ।यस्तै चितवनको रामपुरमा ४१ दशमलव सात, सिमरामा ४१ दशमलव एक, जनकपुरमा ४० दशमलव सात डिग्री तापक्रम छ। काठमाडौँमा दिउँसो तापक्रम ३२ डिग्री रहेको पुगेको छ। विगतमा काठमाडौँमा ३६ दशमलव छ डिग्रीसम्म तापक्रम रेकर्ड भएको अभिलेख छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत…

Read More

डडेल्धुराः डडेल्धुराको एक गोठमा आगलागी भएको छ। जिल्लाको परशुराम नगरपालिका–१२ मा ४२ वर्षीय केशब भट्टराईको काठले बनेको १ तले कच्चि गाई गोठमा मच्छर भगाउन बालेको स्याउलाको आगोबाट शुक्रवार आगलागी भएको हो। आगलागीबाट ६ वटा चौपायाको मृत्यु भएको र गोठ पुर्ण रुपमा जली नष्ट भएको ईलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएको छ। स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको जनाइएको छ। 

Read More

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाउँमा बेदकोट नगरपालिका–७ का ३८ वर्षीय धर्म धामीले चलाई ल्याएको म १ प ७१२८ नम्बरको मोटरसाइकल पछाडी सवार सोही ठाउँका ४३ वर्षीय महेश बम पक्राउ परेका छन्। उनीहरुको साथबाट भन्सार छलीका १ लाख ७ हजार ९ सय मुल्य बराबरका चिनी, गुड, तेल बरामद गरी पक्राउ गरिएको हो। अस्थाई प्रहरी पोष्ट मझँगाउँबाट खटिएको प्रहरी टोलीले शुक्रवार मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

Read More

कैलाली: कैलालीको गोदावरी – ४ बुढीतोलामा आज सुदूरपश्चिम प्रदेश स्तरिय चेस (बुद्धिचाल) प्रतियोगिता हुँदै छ। गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश वुद्धिचाल संघको संयुक्त आयोजनामा चेस प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा पुरुष, महिला र विद्यार्थीका छुट्टाछुटै टीम सहभागि हुन सुदूरपश्चिम प्रदेश वुद्धिचाल संघका अध्यक्ष भीम पाण्डेले जानकारी दिएका छन् । प्रतियोगिता अन्तरगत पुरुषतर्फ प्रथम हुनेलाई १० हजार, द्धितिय हुनेलाई ७ हजार ५ सय, तृतिय हुनेलाई ५ हजार, चौथो र पाँचौ हुनेलाई क्रमशः २ हजार र २ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ। त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ४ हजार, द्धितिय हुनेलाई २ हजार ५ सय, विद्यार्थीतर्फ प्रथम हुनेलाई ३ हजार र…

Read More

बैतडीः बैतडीमा शव फेला परेको छ। जिल्लाको शिवनाथ गाउँपालिका–२ खैरेनिमा महाकाली नदीको किनारमा नामथर नखुलेको शव फेला परेको हो। अन्दाजी ४० वर्षीय कालो पाईन्ट, निलोकालो रंगको टिसर्ट लगाएको सडेको अवस्थामा पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उक्त स्थानमा प्रहरी चौकी कुस्मतघाट बैतडीबाट प्रहरी टोली खटिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ। 

Read More

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाको लागि करिब १० लाख बराबरका स्वास्थ्य सामग्री आएको छ। गाउँपालिकाका सबै वडाका लागि ५ वटा अक्सिजन कन्सन्ट्रेटर र ५ वटा अक्सिमिटर स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको हो। ती सामग्री गाउँपालिकाको वडा नम्बर ६ का अध्यक्ष हरि भण्डारीले बुझेका छन्। उनले ती सामग्रीका लागि विभागमा माग गरेको बताए। यसअघि पनि उनले प्रदेश आपूर्ति केन्द्र, सुदूरपश्चिमबाट पनि विभिन्न स्वास्थ्य सामग्री ल्याउन सफल भएका थिए। त्यहाँबाट करिब १२ लाख बराबरका अल्ट्रासाउन्ड, डेलिभरी बेड, सक्सन मेशेन, बेबी वार्मर सक्सन सेट लयायतका स्वास्थ्य सामग्री प्राप्त गरेको भण्डारीले बताए। यस्तै उनले आँखा अस्पताल डडेलधुरा र वडा कार्यलयको सहकार्यमा नि:शुल्क आँखा शिविर सञ्चालन…

Read More

जाजरकोट: पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई जना बालकको मृत्यु भएको छ।  मृत्यु‌ हुनेमा भेरी नगरपालिका- १३ का नरबहादुर बस्नेतका  ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका  ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन्। उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो। दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएको प्रहरीले बताएको छ।

Read More