धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकोबारेमा आफ्नो धारणा राखेका छन् ।
मंगलबार सुदूरपश्चिम आएका सभापति लामिछानेले धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले पन्तको बलत्कार गर्ने अपराधी यही समाजमा भए पनि पत्ता नलागेको बताएका हुन् । उनले भने, ‘अपराधी को हो थाहा छैन, जो भए पनि यहीँ समाजमै कहिँ कतै होला, पत्ता नलागेको मात्रै हो ।’
सञ्चारकर्मी रहेका बेला मानसिक अवस्था बिग्रेका दिलिपसिंह विष्ट नै निर्मलाको हत्यारा हो भन्ने आशयका मिडिया सामग्री पस्कने गरेका लामिछानेले अहिले भने हत्यारा थाहा नभएको टिप्पणी गरेका हुन्
Facebook Comments Box