बैतडी: बैतडीका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न भनिएका प्रजा बोहरालाई जिल्ला अदालत बैतडीले जन्मकैदको फैसला सुनाएको छ ।
शिक्षक विष्टको हत्यामा संलग्न पुर्चौँडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरालाई २५ वर्ष र उनकी २२ वर्षीया श्रीमती विमलालाई ६ वर्ष कैदको फैसला सुनाइएको हो । बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले सो फैसला सुनाएको हो ।
सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक आफूले शिक्षण गर्दै आएको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविको छात्रावास पछाडि गत पुस २ गते मृतावस्थामा भेटिएका थिए ।
Facebook Comments Box