Author: महेन्द्रनगर पोष्ट

बझाङः- छोराले बावु लाइ बन्चरो प्रहार गर्दा बावु गम्भिर घाइते भएका छन् । जयपृथ्बी नगरपालिका वडा नम्बर ११ दैकुमलामा छोराले आफनै बुबालाइ बन्चरो प्रहार गर्दा बुवा गम्भिर घाइते भएका हुन । १६ वर्षिय छोरा अमृत रोकायाले अन्दाजी ३०/३२ वर्षिय बुवा बिक्रम रोकायालाइ आज बिहान ३ बजे सुतेको अवस्थामा अनुहारमा बन्चरो प्रहार गर्दा बुवा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । छोराले गाउघरमा पटक पटक झैझगडा गर्ने गरेकाले छोरालाइ झगडा किन गरेको भनेर साझ सम्झाएर सुतेको अबस्थामा बिहान बन्चरो प्रहार गरेका थिए । घटना घटी सकेपछि सँगै सुतेकि आमाले छोरालाइ छुट्रयाउन खोज्दा आमालाइ पनि बन्चरोे प्रहार गरेको जिल्ला…

Read More

धनगढीः धनगढीमा अछामी टाउके राजाको निधन भएको छ। टाउके राजाका नामले परिचित अछामी राज परिवारका सदस्य वीरेन्द्र बहादुर शाहको आज मृत्युु भएको हो। प्रहरीका अनुसार मायामेट्रो अस्पतालमा टाउकेको निधन भएको हो। उनी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए। मंगलसैन नगरपालिका वडा नम्बर ५ घर भई जिल्ला सदरमुकाम मंगलसेनमा व्यवसाय संचालन गर्दै आएका शाह भलिबलका पुराना खेलडीसंगै नेपाली काँग्रेसका नेता समेत हुन्।

Read More

धनगढी: कैलालीको धनगढीमा मेला भर्न गएका एक तिर्थयात्रीको ट्याक्टरको ठक्करबाट प्राण गएको छ। धनगढी उपमहानगरपालिका-१६ रामपुरमास्थित बेहडाबाबा जाने बाटोमा पर्ने पथरीमा ट्याक्टरले ठक्कर दिँदा साइकल यात्री धनगढी- १ पशुपति टोलका ३६ वर्षीय अमृत सेवाको प्राण गएको हो। उनलाई कैलाली गाँउका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते सेवाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ। आज बिहान मात्रै बेहडाबाबा स्थित तालमा डुबेर डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका २५ वर्षीय लोकेश भाटको मृत्यु भएको थियो।

Read More

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा न. ३ का वडाध्यक्ष विनोदसिंह विष्टले वडावासीहरुलाई सेवाप्रवाह गर्नुको साटो डर, धम्की दिने तथा गाली बेइज्जती गरेको गुनासाहरु आउन थालेका छन्। विष्टले वडा अध्यक्षको हैसियतमा आफ्ना सेवाग्राहीप्रति अभिभावकीय भूमिका निर्वाह गर्नुको साटो उल्टै मर्यादाविरीत काम गरेको वडावासीले गुनासो गरेका छन्। सामान्य विवादको क्रममा कर्णाली प्रदेशसभाका उपसचिवमाथि सार्वजनिकस्थलमा मुक्का प्रहार गरेर अमानवीय व्यवहार देखाएका वडाध्यक्ष विष्टले वडाको खोलाको विवादको बहानामा स्थानीय युवालाई डर धम्की दिने तथा महिलामाथि दुर्व्यवहार गर्ने गरेको स्थानीयले बताएका छन्। स्थानीयकाअनुसार खोर्के खोलाको पतेनी नजिक ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’अन्तर्गत निर्माण कार्यमा खोलाको मापदण्डको विषयलाई लिएर जेठ ८ गते भएको वडा कार्यालय र…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसदहरुले पार्टीले सरकारको नेतृत्व गर्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपरेको गुनासो गरेका छन् । मङ्गलवार सिंहदरवारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यस्तो गुनासो गरेका हुन् । दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म चलेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटको समीक्षा र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको थियो । छलफलमा भाग लिने अधिकांश सांसदहरुले सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको बजेटबारे धारणा राखेका थिए । उनीहरूले पार्टी सरकारमा हुँदा आफ्नो निर्वाचन क्षेत्रमा बजेट पार्न सकिन्छ भन्ने आशा भए पनि सोचे अनुसार बजेट नपरेको गुनासो गरेका थिए । जवाफमा प्रधानमन्त्री…

Read More

काठमाडौँ – कोसी सरकारले नामकरणको विरोधमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नामकरणविरुद्धको आन्दोलनले उग्ररूप लिन थालेपछि सरकारले वार्ताको आह्वान गरेको हो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री भक्तिप्रसाद सिटौलाले मङ्गलवार एक वक्तव्य जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् । शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई सुदृढ र मजबुत गर्ने सरकारको धारणा रहेको जनाउँदै उनले वार्तामा बोलाउने निर्णय भएको जानकारी दिए ।‌ पूर्वघोषित आन्दोलनका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादका माध्यमबाट निकास खोज्न सरकारले आग्रह समेत गरेको छ । कोसी प्रदेश खारेज गरी पुनः नामकरणको पक्षमा रहेको सङ्घर्ष समितिका अध्यक्ष डिकेन्द्र सिंह थेगिमले आफूहरू सकारात्मक वार्ताको पक्षमा…

Read More

धनगढीः नेपाली काँग्रेसको संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता रमेश लेखकका स्वकीय सचिवको आपत्तिजनक भिडिओ बाहिरिएको छ। बैतडीको मेलौली स्थायी घर भएका लेखकका स्वकीय सचिव जनक भट्ट र एक भारतीय युवतीको अश्लिल भिडिओ संवाद सार्वजनिक भएको हो। सो भिडिओ अहिले सामाजिक संजाल फेसबुक र ह्वाट्सएपका ग्रुपहरुमा भाइरल बनिरहेको छ। सो भिडिओमा भट्टले आपत्तिजनक क्रियाकलापहरु गरिरहेको र युवतीले पनि सोही क्रियाकलाप गरिरहेको देखिन्छ। २ मिनेट २५ सेकेन्डको उक्त भिडिओ भारतीय हनिट्र्याप समूहको चंगुलमा फसेर बनेको देखिएको छ। सो भिडिओबारे भट्टले भने भिडिओ आफ्नै भएको स्वीकार गर्दै २/३ वर्ष पुरानो भएको दाबी गरे। उनले पुरानोभिडिओ अहिले भाइरल भइरहेको पनि बताए। उनले भने,…

Read More

काठमाडौं – सरकारले नेपाल-भारत जोड्ने रक्सौल-वीरगञ्ज-सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ। मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री एनपी साउदले रक्सौल(वीरगञ्ज(सिमरा नाका धेरै व्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरूको बारेमा छलफल गर्ने बताएका हुन्। उनले नेपालगञ्ज (रुपैसडया), भैरहवा (सुनौली) र विराटनगर ९जोगवनी० लगायतका अन्य नाकाहरू पनि चलायमान बनाउने बारेमा छलफल भइरहेको बताए। उनले भ्रमणबाट सकारात्मक उपलब्धि हासिल हुने विश्वास रहेको बताए। उनले नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको कामका बारेमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा छलफल हुने बताए। उनले प्रधानमन्त्रीको भ्रमणपछि दुवै…

Read More

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका हुन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ। तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा ठोक्किएर पल्टिएको प्रहरी निरीक्षक तामाङले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको…

Read More

नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मिना खड्का पाण्डेको आज मंगलबार निधन भएको छ । रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं. ४ को बेथानमा जनमिएकी पाण्डे हाल काठमाडौको गौशलामा बस्दै आएकी थिईन् । उनको गौशला स्थित आफ्नै निवासमा मृत्यू भएको पारिवारिक स्रोतले जनाएको छ । २००८ सालमा जन्मिनु भएको पाण्डेको ६७ वर्षको उमेरमा निधन भएको हो । सर्लाहीबाट प्रतिनिधित्व गर्दै संसदमा प्रवेश गरेकी पाण्डे पद्मकन्या क्याम्पस काठमाण्डौको संस्थापक सभापती हुन् ।पाण्डे महिला संघको पूर्व केन्द्रीय अध्यक्ष समेत भै सकेकी थिईन । जनमत संग्रहका बेला २०३५ सालमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघबाट उनले राजनीति सुरू गरेकी हुन्…

Read More