धनगढीः नेपाली काँग्रेसको संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता रमेश लेखकका स्वकीय सचिवको आपत्तिजनक भिडिओ बाहिरिएको छ। बैतडीको मेलौली स्थायी घर भएका लेखकका स्वकीय सचिव जनक भट्ट र एक भारतीय युवतीको अश्लिल भिडिओ संवाद सार्वजनिक भएको हो।
सो भिडिओ अहिले सामाजिक संजाल फेसबुक र ह्वाट्सएपका ग्रुपहरुमा भाइरल बनिरहेको छ। सो भिडिओमा भट्टले आपत्तिजनक क्रियाकलापहरु गरिरहेको र युवतीले पनि सोही क्रियाकलाप गरिरहेको देखिन्छ। २ मिनेट २५ सेकेन्डको उक्त भिडिओ भारतीय हनिट्र्याप समूहको चंगुलमा फसेर बनेको देखिएको छ।
सो भिडिओबारे भट्टले भने भिडिओ आफ्नै भएको स्वीकार गर्दै २/३ वर्ष पुरानो भएको दाबी गरे। उनले पुरानोभिडिओ अहिले भाइरल भइरहेको पनि बताए। उनले भने, ‘एकदिन एउटा इण्डियन नम्बरबाट मलाई ह्वाट्सएपमा फोन आएको थियो। मैले त्यो कल स्वीकार गरे। त्यसपछि आपत्तिजनक दृश्य देखेपछि मैलें फोन काटिदिए। तर, पछि विभिन्न इडिट गरेर मेरो भिडिओ बनाएर तपाई ५० हजार दिनुस् नत्र भाइरल गर्दिन्छु भनेर धम्की आयो। तर, रकम नदिएपछि अहिले त्यो भिडिओ भाइरल गरिदैछ।’
पछिल्लो समय नेपालका उच्च पदस्थ कर्मचारी तथा व्यापारीहरु समेत हनिट्र्यापमा पर्दै आएका छन्।