Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले भोलि ४ बजे बजेट ल्याउने भएको छ। बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ३२ निर्वाचन क्षेत्रका सांसदलाई तीन/तीन करोडका दरले बजेट विनियोजन भएको स्रोतले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले माननीयले खर्च गर्न पाउने गरि सो रकम विनियोजन गर्न लागेको हो। चालू आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम स्थगित गरेको थियो। तर, संघले भने कार्यक्रम लागू गरेपछि प्रदेश सरकार पनि लागू गर्ने चरणमा पुगेको हो। विगतमा पनि पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यले छनोट गरेका योजनामा खर्च गर्ने गरी हरेक निर्वाचन क्षेत्रमा तीन करोडका दरले बजेट विनियोजन गर्ने गरिएको थियो।…

Read More

काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकताविहीन बनेका नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायलयले मार्ग प्रशस्त गरिदिनुपर्नेमा जोड दिएका छन् । बैठकको आकस्मिक समयमा उनीहरुले नागरिकतासम्बन्धी विषयलाई न्यायालयले छिनो निरुपण गरिदिनुपर्ने बताए । नागरिकता नपाउँदा शिक्षा, रोजगारीलगायत आधारभूत अधिकारबाट वञ्चित भएको जनाउँदै उनीहरुले सङ्घर्षमा उत्रिएका नागरिकताविहीन नागरिकका आवाज सुन्न सबै पक्षको ध्यानाकर्षण गराए। सांसद अब्दुल खानले नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता दिन सबैले पहल गर्नुपर्ने बताए । “नागरिकताबाट वञ्चित भएका सन्तानले काठमाडौँलगायत देशैभर आत्मदाह गर्ने प्रयास गरिरहेका छन्, यो रोकिएन भने भोलि सामूहिक आत्मदाह गर्न सक्छन्, यसको जिम्मेवारी कसले लिने ? नेपाल सरकारले लिने कि न्यायालयले लिने ?”, उनले प्रश्न गरे, “के…

Read More

झापा: झापाको मेचीनगर सीमाक्षेत्रमा भएको सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीबीचको झडप घटनाबारे सशस्त्र प्रहरी बल मुख्यालयले छानबिन समिति बनाएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको अध्यक्षतामा मुख्यालयले छानबिन समिति बनाएको हो । झापा मेचीनगर-४ स्थित नेपाल भारत सीमा नकलबन्दामा मंगलवार राति ड्युटीमा रहेका सशस्त्र प्रहरी बलका कर्मचारीलाई सादा पोशाकमा खटिएका प्रहरी निरीक्षकसहितको टोलीले कुटपिट गरेको थियो । सो घटनामा संलग्न सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई र जवानहरू रामसुन्दर तामाङ तथा जीवन बाँस्तोलालाई निलम्बनको प्रक्रिया अघि बढाइएको मुख्यालयले जनाएको छ । राई नम्बर १ बराह बाहिनीबाट निरीक्षणका लागि सादा पोशाकमा खटिएको खुलेको छ । राईले ड्युटी राम्रो नगरेको भन्दै…

Read More

काडमाडौँ: वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा नेपालका चर्चित कलाकारसहित आठ जना पक्राउ परेका छन् । जसमा हास्यकलाकार ’बल्छी ध्रुवे’ मरिचमान श्रेष्ठ, ’म्याकुरी’ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ’जलन’, गणेश देवकोटा (जिडी), सरोज घिमिरे (ढेडो बुढो) र भटभटे माइला भन्ने बेगम नेपाली छन् । उनीहरूले अवैध ‘वानएक्स बेट’ खेल्न प्रोत्साहन गर्ने उद्देश्यले विज्ञापन प्रशारण गर्नेदेखि अभिनयसमेत गरेको खुलेको छ । यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो…

Read More

डडेल्धुराः डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ का ७२ वर्षीय गम्भीर लुहार मृत फेला परेका हुन् । उनी गन्यापधुरा–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

Read More

काठमाडौ: प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको छ । अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ । यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो ।

Read More

काठमाडौँ: नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबनि गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्रीले लुकाएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले भने, ‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ । २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो । चोरलाई संरक्षण गरियो । प्रतिवेदन लुकाइयो । बहुमल्य मूर्ति चोरियो ।’

Read More

काठमाडौँ: बिहीवार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ५ मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Read More

गोरखा: गोरखाको ठानीस्वाँरामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–३ हर्मीको ठानीस्वाँरामा हिजो बेलुका ग १ ख ६४६५ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया पुतली सर्किनीको मृत्यु भएको हो । बससहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

धनगढी: धनगढी–अत्तरिया छ लेन सडकमा दुर्घटना भएको छ । धनगढी उपमहानगरपालिका-४ डिके आयल नजिक पावर टिलरले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । प्रहरीका अनुसार धनगढी-४ का ४९ वर्षीय केदारनाथ डगौराले चलाएको पावर टिलरले धनगढी-७ मनहेराकी ३५ वर्षीया रमा जोशीले चलाएको से७प ५५९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक जोशी घाइते भएकी र उनको धनगढीकै निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पावर टिलरसहित चालक डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More