Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ का ७२ वर्षीय गम्भीर लुहार मृत फेला परेका हुन् । उनी गन्यापधुरा–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

Read More

काठमाडौ: प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको छ । अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ । यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो ।

Read More

काठमाडौँ: नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबनि गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्रीले लुकाएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले भने, ‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ । २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो । चोरलाई संरक्षण गरियो । प्रतिवेदन लुकाइयो । बहुमल्य मूर्ति चोरियो ।’

Read More

काठमाडौँ: बिहीवार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ५ मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Read More

गोरखा: गोरखाको ठानीस्वाँरामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–३ हर्मीको ठानीस्वाँरामा हिजो बेलुका ग १ ख ६४६५ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया पुतली सर्किनीको मृत्यु भएको हो । बससहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

धनगढी: धनगढी–अत्तरिया छ लेन सडकमा दुर्घटना भएको छ । धनगढी उपमहानगरपालिका-४ डिके आयल नजिक पावर टिलरले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । प्रहरीका अनुसार धनगढी-४ का ४९ वर्षीय केदारनाथ डगौराले चलाएको पावर टिलरले धनगढी-७ मनहेराकी ३५ वर्षीया रमा जोशीले चलाएको से७प ५५९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक जोशी घाइते भएकी र उनको धनगढीकै निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पावर टिलरसहित चालक डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

कैलाली: कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ । रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउछन् । यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि उनलाई रिक्सा चलाउन कठिन भएको छ । “गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ”, मायाले भने, “दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन । केही दिनदेखि…

Read More

काठमाडौं : नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।

Read More

काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले रेडियो नेपालमा पुगेर गीत प्रस्तुत गरेका छन् । उनले वैदेशिक रोजगारीमा रहेका युवालक्षित गीत प्रस्तुत गरेका हुन्। उनको गीतको बेला रहेको छ ‘पुग्ने मन थिएन विदेशमा बस्नलाई हो ।’ जेलमुक्त भएपछि राजनीतिक कार्यक्रममा सक्रिय रहेका रेशमले रेडियो नेपालमा पुगेर पुराना साथीसँग भेट गर्दै रेडियोको अवलोकनसमेत गरे। उनी यही १५ जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहा भएका थिए ।  

Read More

धनगढी:  सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा जुटेको छ। असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेको हो।  सङ्घबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, प्रदेशमा उठ्ने राजस्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार तय गर्ने छ।  आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले दिने अनुदान कटौती गरेको र राजस्वका कारण बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा घट्ने देखिएको छ।  प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ बजेट ल्याएको थियो। चालु…

Read More