Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरमा मंगलबार राति आएको हावाहुरीबाट दुई जना घाइते भएका छन्। भीमदत्त नगरपालिका–१८ सालघारीका दुई जना घाइते भएका हुन्। टिनले छाएको घरमाथि सालको रुख ढल्दा सालघारीका गणेश चौधरी र हेलो चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए। गणेशलाई धनगढी रेफर गरिएको र हेलोको अवस्था सामान्य रहेको उनले बताए।

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाली नागरिता लिँदा प्रक्रिया पूरा नगरेको उल्लेख गर्दै दायर गरिएको रिट निवेदनलाई दर्ता गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दर्ता गर्न आदेश गरेको हो । सर्वोच्च प्रशासनले रिट निवेदन दरपीठ गरेको थियोे ।  दरपीठविरुद्ध युवराज सफलले इजलासमा रिट निवेदन पेश गरेका थिए । निवेदनमाथि सुनुवाइ गर्दै अदालतले दर्ता गर्ने आदेश गरेको छ । रिट निवेदनमा सर्वोच्च अदालतले पुरानो नागरिकता लिँदा प्रक्रिया पूरा नगरेको फैसला गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले नागरिकता लिएको तर प्रक्रिया नपुगेको उल्लेख छ ।

Read More

काठमाडौं। नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ खुवाइँदै छ। राष्ट्रपतिको कार्यालयका अनुसार नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी यादवलाई अहिले बिहान १० बजे पद तथा गोपनीयताको शपथ खुवाइने भएको हो। दुवै जनता समाजवादी पार्टी (जसपा) बाट मङ्गलबार नियुक्त भएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डले प्रधानमन्त्री पुष्प कमल दाहालसँँग भेटवार्ता गरेको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भीम भण्डारी लगायत मन्त्रीहरु र प्रतिपक्षी दलका नेताहरुले प्रचण्डलाई भेटेका हुन्। भेटवार्ताका क्रममा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडी बढाउन आग्रह गरेका थिए। यस्तै गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन लगायत समग्र सुदूरपश्चिमको विकासका सवालमा छलफल समेत भएको थियो।

Read More

दोहा: रोजगारीका लागि कुवेत पुगेका एक नेपाली अचेत अवस्थामा अस्पतालमा फेला परेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अनुसार  नवलपरासी सुस्ता पूर्व देवचुली-२ का ३८ वर्षीय ओमप्रकाश चौधरीको त्यहाँको फर्वानिया अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको छ। कुवेतको अल आहमदिया जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनीमा हेभी ड्राइभरको रुपमा कार्यरत चौधरी विगत ८ महिना अघि मात्र कुवेत पुगेका थिए। उच्च रक्तचापको कारण उनको हार्ट स्ट्रोक भएको र गत मे ११ तारिखका दिन हस्पिटल पुगेको एनआरएनएले जनाएको छ। अहिले उनलाई भेन्टिलेटरद्वारा श्वास प्रश्वास गराइरहेको बताइएको छ। डाक्टरका अनुसार उनको अवस्था गम्भीर रहेको छ। हाल उनको फर्वानिया अस्पतालको वार्ड २८ मा उपचार भइरहेको संघले…

Read More

बैतडी: बैतडीमा आज(बुधवार)बाट विद्युत सेवा अवरुद्ध हुने भएको  छ।  आजबाट जेठ २० गतेसम्म  विहान ६ बजेदेखि बेलुका ५ बजेको समयमा विद्युत आपूर्ति  बन्द हुने भएको  हो।   मंगलबार  नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले एक सूचना जारी गरेर विद्युत सेवा अवरुद्ध हुने  जनाएको  थियो । ३३ र ११ केभी प्रशारण लाईनमा लागेका रुखहरुको हांगाबिंगा छेकान गर्नुपर्ने भएकाले बजार फिडरका विभिनन क्षेत्रमा जेठ १० गतेदेखि २० गतेसम्म बिहान ६ देखि बेलुका ५ बजेको समयमा  विद्युत सेवा अबरुद्ध हुने सूचनामा उल्लेख गरिएको  छ।   २० गते अगावै छेकान कार्य सम्पन्न भइहाले  जुनसुकै समयमा पनि बत्ती आउने  जनाइएको  छ।  

Read More

काठमाडौं:  चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा १० औं पटक फाइनलमा पुगेको छ । आइपिएल २०२३ को पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात २० ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । गुजरातका शुभमन गिलले ३८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । चेन्नईको जितमा रविन्द्र जडेजा, दीपक चाहर र मथिशा पाथिरानाले सामान दुई विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १…

Read More

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा चट्याङ्गसहित वर्षा भइरहेका बेला भूकम्पको धक्का समेत महसुस गरिएको छ। बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो। यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो।

Read More

डडेल्धुरा: डडेल्धुरामा योग महोत्सव मंगलवारबाट शुरु भएको छ। ‘योग र आयुर्वेदको प्रयोग गरी स्वस्थ्य जीवन जीउन विभिन्न प्रकारका रोगबाट मुक्ति प्राप्त गरौँ’ भन्दै पाँच दिवसीय निःशुल्क योग महोत्सव शुरु गरिएको हो।  पतंजली योग समिति डडेल्धुराको आयोजनामा जिल्लाको टुँडिखेलमा मंगलवारदेखि १३ गते शनिवारसम्म पाँच दिन महोत्सव सञ्चालन भएको छ।  पतंजली योग समिति नेपालका प्रमुख देवआदितिको सानिध्यमा संचालन भएको योग महोत्सवमा योग साधना, शारीरिक अभ्यास, प्राणायाम लगायत सत्संग तथा आयुर्वेदिक औषधीय उपचार तथा योग स्वास्थ्य परामर्शका विषयमा साधकहरुलाई जनचेतनामूलक जानकारी तथा प्रशिक्षण गराउन लागिएको पतंजली योग समिति सुदूरपश्चिम सहप्रभारी गोविन्द खडायतले जानकारी दिए।

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More