Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : काठमाडौँ महानगरले ७५ वर्षमाथिका नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई पोषण भत्ता दिने भएको छ । भत्ता लिनका लागि असार १७ गतेभित्र विवरण पठाउन महानगरले सूचित गरेको छ । ७५ वर्षमाथिका नागरिकलाई वार्षिक १२ हजार र पूर्ण अपाङ्गता भएकालाई वार्षिक तीन हजार रुपैयाँ प्रदान गरिने महानगरले जनाएको छ । भत्ताका लाभग्राहीले आफ्नो आवश्यक कागजात वडा कार्यालयमा असार १७ गतेभित्र पठाउन महानगरले सूचित गरेको छ । कागजात पेस गरेसँगै लाभग्राहीले आफ्नो विवरणसहितको फर्म भर्नुपर्ने छ । भत्ताबापत रकम बैंकमार्फत मात्रै उपलब्ध गराइने छ । बैंक खाता नभएका नागरिकको खाता खोल्ने व्यवस्था वडा कार्यालयले नै मिलाउने छ ।

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितलाई उपचार खर्च भराउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो । पीडितले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन्। अस्पतालका चिकित्सकको बकपत्र समेत गरेपछि अदालतले उपचार गर्दाको खर्च उपलब्ध गराउन आदेश दिएको हो। लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरेको थियो। उक्त निवेदनमा सुनुवाइ नभई जबरजस्तीकरणीको मुख्य मुद्दा सुनुवाइ नगर्ने भन्दै यसअघि मुद्दाको सुनुवाइ स्थगित भएको थियो।

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले संसद् भवनमा नेपाली भूमि समेटिएको नक्सा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली राजदूतावासलाई निर्देशन दिएको बताएको छन् । सोमवार प्रतिनिधि सभा बैठकमा मन्त्री साउदले त्यो नक्साको विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीमा रहेको नेपाली राजदूतलाई निर्देशन दिइसकेको बताए । उनले यसप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको भन्दै नक्साको विषय राजनीतिक विषय नभएको भनी भारतीय सरकारका विदेशमन्त्रीबाट आधिकारिक धारणासमेत आइसकेको बताए । देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तर्राष्ट्रिय सीमामा कुनै आँच आउन नदिन र नेपालको एक इन्च जमिन पनि अतिक्रमण हुन नदिन सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।…

Read More

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ । यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउने पनि तयारी सुरु गरिएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवा तथा पदस्थापनलाई आगामी दिनमा प्रणालीगत गराइने स्पष्ट पारे । मन्त्री मोदीले कर्मचारीको सरुवा र काज र पदस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन…

Read More

काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो । प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अदालतमा मुद्दा चलाएको थियो । त्यसमध्ये १८ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टङ्क गुरुङ क्रमशस् ५ लाख र १० लाख…

Read More

धनगढीः कैलालीमा भन्सार छलीका अवैध माछा बरामद गरिएको छ । जिल्लाको भजनी नगरपालिका–३ सरदार चोकमा भारतबाट भन्सार छली ल्याइएका ८० किलोग्राम माछा प्रहरीले बरामद गरेको हो । अन्दाजी २४ हजार मूल्य बराबरका माछा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७ का वडा अध्यक्ष भीम बहादुर यादवसहित ३ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत मरासिनी, वडाध्यक्ष यादव र बिचौलिया विनोद भरले उत्खनन गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग रु. ५० हजार घुस-रिसवत मागेको अख्तियारको ठहर छ । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार प्रमुख प्रशासकीय अधिकृत मरासिनी र यादवलाई भ्रष्टाचार निवारण…

Read More

धनगढी: नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले मेडिकल माफियाको चलखेल र सत्तामा बसेकाहरुको अनइच्छाका कारण गेटामा मेडिकल विश्वविद्यालय बनाउने कार्यमा अवरोध सिर्जना भएको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधामन्त्री भएका बेला गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाएपनि सरकार ढलेपछि प्रक्रिया नै रोकिएको बताउँदै उनले अहिलेको सरकारको वेवास्ताका कारण समस्या भएको बताएका हुन् । प्रेस चौतारी कैलालीले सोमबार अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टले एमालेकै अगुवाईमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सर्वदलीय बैठक बसेर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गराउन सफल भएको तर बजेटसम्म आइपुग्दा मन्त्रिपरिषद्को निर्णय नै…

Read More

धनगढीः धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँकी ६० वर्षीया चित्रादेवी अवस्थीमाथि कुटपिट भएको घटनामा मुद्दा दर्ता भएको छ । हिजो ‘धनगढीमा सशस्त्रले कुटे वृद्ध महिला, मुद्दा दर्तै गर्दैन कैलाली प्रहरी’ शीर्षकमा महेन्द्रनगरपोष्टले समाचार प्रकाशन गरेको थियो । उक्त समाचारपछि कैलाली प्रहरीले हिजो नै मुद्दा दर्ता गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले दुबै पक्षले जाहेरी दिएकाले दुबै पक्षकै मुद्दा दर्ता गरिएको बताए । अभद्र व्यवहारमा दुबै पक्षको मुद्दा दर्ता भई अनुसन्धान थालिएको उनले बताए । जग्गा सम्बन्धी विवादमा चित्रामाथि कुटपिट भएको थियो । उनका छोरा देवराज अवस्थीले आफ्नी आमामाथि कुटपिट गर्ने छिमेकी रमेश अवस्थी सशस्त्र प्रहरीका जवान पनि…

Read More

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई ४८ अर्ब ऋणमा पार्ने को हो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोज्नुपर्ने बताए । “निगमको ४८ अर्ब ऋण पार्ने धमिरा को हो ? देशले खोज्नु पर्‍यो ? यो त अख्तियारले खोज्नुपर्‍यो । कतिपय मुद्दाहरू अख्तियारमा छ । मलाई लाग्छ, अख्तियारले उपयुक्त समयमा ‘दूधको दूध, पानीको पानी’ देखाएर छाड्ला, छुट्टाएर छाड्ला,” उनले भने, “किनभने, यो बुद्धको देश हो । यहाँ न्याय मर्दैन ।” उनले धमिजा र लाउडा काण्डजस्ता ठुलै काण्ड गरेर निगमलाई ४८ अर्ब…

Read More