Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे गणतन्त्र दिवसका दिन भोलि चौधरीले आममाफी पाउनेछन् । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ ।

Read More

काठमाडौँ: कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शन गर्ने २० जनाभन्दा धेरै पक्राउ परेका छन् । विराटनगरमा निषेधित क्षेत्र तोडेर प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कोशी प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ । दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्दैछ । बैठकअघि कोशी प्रदेश नामकरणको विरोधमा प्रदेश-१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले प्रदर्शन गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङले हिजो बिहान ६ बजेदेखि कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा लागु गरेको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको वेदकोट नगरपालिका-४ दैजीका १९ वर्षीय रोशन चौधरी र बेल्डाँडी गाउँपालिका-१ का २१ वर्षीय अर्जुन चौधरी रहेका छन् । उनीहरुको साथबाट ६.९२ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध फेला परेको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ । उनीहरु दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदलाई एक युवतीले स्यानिटरी प्याड प्रदान गरेकी छन्। आज (आइतवार) धनगढीमा युवालय नामक संस्थाले आयोजना गरेको प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा मन्त्री साउदलाई डोटीकी युवती स्वस्तिका खत्रीले प्याड प्रदान गरेकी हुन्। त्यसपछि मन्त्री साउदले त्यहीँ प्याड कार्यक्रममा ९ जना युवकलाई प्याड वितरण गरेका थिए। महिला मात्र नभएर पुरुषहरु पनि महिनावारीको सवालमा उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै मन्त्रीले प्याड वितरण गरिएको बताइएको छ। मन्त्री साउदलाई स्वस्तिका खत्रीले प्याड उपहार दिएकी थिइन् । उनीबाट प्राप्त भएकै प्याड मन्त्रीले युवाहरुलाई दिएका हुन् ।

Read More

धनगढी: कैलालीको धनगढीमा अज्ञात व्यक्तिले स्मार्ट स्ट्रीटलाइट जडान गरिएको पोल नै भाचिदिएका छन्। धनगढी उपमहानगरपालिका ६ लेन सडक खण्डको बोराडाँडीमा हिजो राति मिडियममा लगाइएको लाइटको पोल कसैले भाचिदिएको मेयर गोपाल हमालले जानकारी दिएका छन्। आज उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निसान गाडीको सो-रूम अगाडि हिजो राति गाडिले विद्युतमा समेत क्षति गरि मिडियममा लगाएको स्मार्ट स्ट्रीट लाइटको एउटा पोल तोडेर फरार भएको हुँदा चिन्नुहुने आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूले ०९१-५९०६९० र ९८४८८३८८९५ मा जानकारी गरि सहयोग गरिदिन हुन अनुरोध गर्दछु। साथै आ-आफ्नो घर अगाडि यस्ता क्रियाकलाप भएमा समेत जानकारी गरि सहयोग गर्न हुन सम्पूर्णमा आग्रह गर्दछु।’

Read More

काठमाडौं: गायिका समीक्षा अधिकारीले स्वर दिएको गीत ‘आफ्नो आफ्नो दुःख’ युट्युब ट्रेन्डिङको शीर्षस्थानमा आएको छ। शुक्रवारमात्रै सार्वजनिक गरिएको गीत छोटो समयमै राम्रो भ्युजका साथ संगीततर्फ ट्रेन्डिङ नम्बर वानमा आएको हो। यो गीतमा गायक पशुपति शर्माको शब्द एवं संगीत छ। पशुपतिले आफ्नै गीतको फिमेल भर्सन ल्याएका हुन्। https://youtu.be/5ksWMKFnl2A

Read More

तनहुँ : बाँदर आतङ्कबाट पीडित तनहुँका किसान आन्दोलनमा उत्रिएका छन्। प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँको आयोजनामा शनिबार दमौलीमा बाँदर आतङ्क बन्द गर्नुपर्ने माग राख्दै आम सभा गरिएको छ। खेतबारीमा लगाएको अन्नबाली, तरकारी र फलफूल बाँदरले सखाप पारेपछि किसान पीडित भएका हुन्। बाँदरले गर्दा पेसाबाट विस्थापित हुनु परेको र मानिसलाई आक्रमण गरेर घाइते बनाउने गरेको भन्दै किसान आन्दोलित भएका हुन्। बाँदरले किसानका उत्पादन नष्ट गर्ने मात्रै नभई घरमा सुतेका अशक्त, अपाङ्गता भएका मानिसलाई आक्रमण गरेर घाइते बनाउने गरेको गुनासो छ।

Read More

गुल्मी: गुल्मीको इस्मामा एक रिसालु बुबाले आफ्नै छोराको नाक काटिदिएका छन्। इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिल बहादुर सार्कीले आफ्नै छोरा वर्ष ३२ को बाबुराम सार्कीको नाक काटिदिएका हुन्। घरायसी विवादको कारण झै-झगडा हुँदा हसिया प्रहार गरेर उनले छोराको नाक काटीदिएका थिए। छोरा बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नबिनकिशोर प्रधानले जानकारी दिए। हसिया प्रहारबाट गम्भीर घाईते भएका उनको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचार पश्चात लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटनामा संलग्न दिल बहादुर पक्राउ परेका छन्।

Read More

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुधवार भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री प्रचण्डको चारदिने औपचारिक भारत भ्रमणको तालिका शनिवार सार्वजनिक भएको हो। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गर्ने बताएका हुन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जेठ १८ मा दिल्लीस्थित हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तयारी छ । भ्रमणमा सुदूरपश्चिमका दुई एजेन्डा समावेश भएका छन्। कञ्चनपुरको दोधारा–चाँदनी एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहमा समझदारी तथा भैरहवा र महेन्द्रनगरबाट दुईतर्फी हवाई रुट उपलब्धताको एजेन्डा समावेश गरिएको हो।

Read More

धनगढीः बझाङमा यार्सा सङ्कलकबीच लफडा भएको केशमा २ जना समातिएका छन्। जिल्लाको साइपाल गाउँपालिका वडा नम्बर २ माझा वनमा यार्सा सङ्कलक बिचमा झडप भएको थियो। बझाङ प्रहरीका अनुसार यार्सा सङ्कलन गर्न गएका साइपाल गाउँपालिका वडा नम्बर २ र तल्कोट गाउँपालिका लोकण्डका युवाहरुबिच ग्याँङ फाइट भएको हो। झडपमा लोकण्डका पवन रोकाया र साइपालका देवजंग बोहरा घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको छ। दुइ जना प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More