गुल्मी: गुल्मीको इस्मामा एक रिसालु बुबाले आफ्नै छोराको नाक काटिदिएका छन्। इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिल बहादुर सार्कीले आफ्नै छोरा वर्ष ३२ को बाबुराम सार्कीको नाक काटिदिएका हुन्।
घरायसी विवादको कारण झै-झगडा हुँदा हसिया प्रहार गरेर उनले छोराको नाक काटीदिएका थिए। छोरा बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नबिनकिशोर प्रधानले जानकारी दिए।
हसिया प्रहारबाट गम्भीर घाईते भएका उनको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचार पश्चात लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटनामा संलग्न दिल बहादुर पक्राउ परेका छन्।
Facebook Comments Box