तनहुँ : बाँदर आतङ्कबाट पीडित तनहुँका किसान आन्दोलनमा उत्रिएका छन्। प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँको आयोजनामा शनिबार दमौलीमा बाँदर आतङ्क बन्द गर्नुपर्ने माग राख्दै आम सभा गरिएको छ।
खेतबारीमा लगाएको अन्नबाली, तरकारी र फलफूल बाँदरले सखाप पारेपछि किसान पीडित भएका हुन्। बाँदरले गर्दा पेसाबाट विस्थापित हुनु परेको र मानिसलाई आक्रमण गरेर घाइते बनाउने गरेको भन्दै किसान आन्दोलित भएका हुन्।
बाँदरले किसानका उत्पादन नष्ट गर्ने मात्रै नभई घरमा सुतेका अशक्त, अपाङ्गता भएका मानिसलाई आक्रमण गरेर घाइते बनाउने गरेको गुनासो छ।
Facebook Comments Box