Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले बिजुली निर्यातको समस्या समाधान हुने बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब बिजुली निर्यातको समस्या समाधान हुने बताएका हुन् । उनले बिजुली निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रूपमा लिनुपर्ने बताए । मन्त्री महतले बिजुलीको विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए । उनले बिजुली निर्यात बढाउन सकेमा व्यापार घाटा घट्ने बताए। उनले भने, ‘भारत भ्रमणका क्रममा बिजुली निर्यातको समस्या समाधान गर्ने काम अगाडि बढेको छ । हामीले बिजुली उत्पादन गर्न सक्नुपर्‍यो । अब बजारको समस्या हुन्न भन्ने कुरा ठूलो उपलब्धिजस्तो लाग्छ…

Read More

काबुल : अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतवार विज्ञप्तिमार्फत छिमेकी इरानबाट कुल २,१०६ अफगान शरणार्थी शनिबार स्वदेश फर्किएको उल्लेख छ । ‘इरानमा शरणार्थीका रूपमा वर्षौँसम्म बसेका २,१०६ अफगानी शरणार्थी शनिबार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । शरणार्थीलाई उनीहरूको देश फर्काउने प्रक्रिया जारी छ,’ विज्ञप्तिमा भनिएको छ । यसअघि मे ३१ मा मन्त्रालयले इरानबाट करिब २,८०० अफगान शरणार्थी फिर्ता भएको जानकारी दिएको थियो । गत जनवरीदेखि करिब ६०,००० अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् । २५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थी इरानमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थी पाकिस्तानमा बसिरहेका छन् । अफगानिस्तानको कामचलाउ सरकारले…

Read More

काठमाडौँ : सरकारले थप ७१ देशमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । अहिले खुला रहेका १०८ देशमा थप ७१ देशमा पनि वैदेशिक रोजगारी खुला गर्ने तयारी सरकारले गरेको हो । मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी भएको जानकारी दिए । उनका अनुसार प्रतिबन्धमा रहेको इराकमासमेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य सुरु भएको छ । मन्त्रालयको योजनाअनुसार नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम रहेका सबै देश वैदेशिक रोजगारीका लागि खुला गर्ने सरकारको तयारी रहेको सचिव अर्यालले बताए । गर्दा १७९ वटा देशमा…

Read More

कालिकोट : नरहरीनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी एक किशोरीको गोली लागेर मृत्यु भएको छ । जेठ १९ गते दिउँसो मकै बारीमा मकै गोड्दैगर्दा शिकारीको गोली लागेर १७ वर्षीय एलिसा सहकारी घाइते भएकी थिइन् । घाइते सहकारीको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उपचारकै क्रममा उनले आज सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए । रुप्साकै एक स्थानीयले बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी एलिसाको टाउकोमा लागेको थियो । मृतमको आजै पोष्टमाटम गरी अन्तेष्टी गरिएको छ । उनी कक्षा १० मा अध्ययनरत थिइन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं स्पिनर सन्दीप लामिछानेले विश्वकप क्रिकेट छनोट तयारीका अभ्यास खेलहरू खेल्न पाउने भएका छन्। नाबालिक बलात्कार आरोपको मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको सुनुवाइ नहुँदा विश्वकप छनौटका खेलहरू गुमाउन सक्ने आंकलनकाबीच उनी सोमबार (भोलि) दक्षिण अफ्रिका जाने क्यानले जनाएको छ। यसअघि पटक पटक मुद्दाको पेशी तोकिएपनि सुनुवाई नहुँदा उनी टोलीसँगै दक्षिण अफ्रिका जान सकेको थिएन। जिल्ला अदालत काठमाडौँले उनको मुद्दाको पेशी असार २९ गते सम्मका लागि सारेपछि क्यानले उनलाई भोलि नै दक्षिण अफ्रिका पठाउने गरी तयारी गरिरहेको क्यानको भनाई छ । अहिले क्यानले लामिछानेको डकुमेन्टको काम गरिरहेको छ। एक दिवसीय विश्वकप छनोटको अन्तिम तयारीका…

Read More

काठमाडौँ : सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अध्यादेश तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । रिटको प्रारम्भिक सुनुवाइमै न्यायाधीश शर्माको इजलासले तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । अघिल्लो संसद्ले दुईपटक पारित गरेर पठाएपछि पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ १७ गते राष्ट्रपतिले प्रमाणीकरण गरेका थिए । त्यसविरुद्ध वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

Read More

धनगढीः धनगढीमा प्रहरीले ५० हजार मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालीका–२ मिलनचोकमा भारतबाट भन्सार छल ल्याएका कुर्ति, आईसक्रिम डण्डा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरेका सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सात सय ५३ वटै स्थानीय तह र सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई आज छुट्टाछुट्टै पत्राचार गरी कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि शय्या छुट्याइ निःशुल्क उपचारको व्यवस्था गराउन निर्देशन दिएका हुन् । यसअघि मन्त्रालयले दुई पटक ती अस्पताललाई निःशुल्क उपचार गर्न गराउन निर्देशन दिइसकेको छ । स्थानीय तहलाई निःशुल्क उपचारको व्यवस्थामा समन्वय गरिदिन हुन निर्देशन दिइएको छ । पत्रमा ऐन तथा…

Read More

बैतडी: बैतडीमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका-५ का १९ वर्षीय प्रेम कलौनीको भिरबाट लडेर मृत्यु भएको हो । उनको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

Read More

काठमाडौं: विपक्षी दलहरुको अवरोधका कारण संसद बैठक सोमवारका लागि सरेको छ । आइतवार एक घण्टाका लागि स्थगित भएको संसद बैठक अब सोमबार विहान ११ बजे बस्ने संसद सचिवालयले सूचनामार्फत जानकारी दिएको हो । आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । विपक्षी दलका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए । बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा भएको छलफलमा पनि दलहरुबीच सहमति जुट्न नसकेपछि भोलिसम्मका लागि बैठक स्थगित भएको हो ।

Read More