Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका-१ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । बालबालिकाहरुले विभिन्न १३ रोगविरुद्ध पाउने खोपहरु राष्ट्रिय खोप तालिका अनुसार पाएको यकीन भएपछि वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो । वडालाई पूर्ण खोप घोषणाका लागि स्वास्थ्यकर्मीहरुले खोप नलगाएका बालबालिकाहरुको खोजी गरी नियमित खोप कार्यक्रममा समावेश गरेका थिए । वडाहरुलाई पूर्ण खोप वडा घोषणा गरेपछि पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए ।

Read More

काठमाडौँ: भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएको एनडीटीभीले जनाएको छ । दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो । भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई…

Read More

काठमाडौँ: नेपाली दूतावास, दिल्लीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमण पूर्ण रुपमा सफल भएको बताएको छ । दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धीमुलक रहेको बताएको हो । प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई चाँडै नेपाल भ्रमणमा आउन निम्ता समेत दिएको र मोदीले सकेसम्म छिटो र उचित समयमा नेपाल आउने बताएको विज्ञप्तीमा उल्लेख छ । भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले सीमा विवादबारे छलफल गरेका थिए । दूतावासका अनुसार नयाँ हवाई रूटसहितका विषयमा पनि छलफल भएको छ । हवाई रुटको विषयमा भारतले सकारात्मक जवाफ दिएको उल्ले गरिएको छ ।

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको ‍एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Read More

धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीको चाकडी गरेको आरोप लागेका डिएसपीको सरुवा भएको चर्चा चलेको छ। इलाका प्रहरी कार्यालयको इन्चार्ज रहदा राम्रो काम गरेको भन्दै ख्याति कमाएका तर अस्ति रेशमलाल आउँदा हतारहतार खादा लगाउन भागेरै आएको भिडिओ सार्वजनिक भएपछि डिएसपी उद्दबसिंह भाटको सरुवाको चर्चा भएको हो। स्वयं भाटले पनि थारुको सम्मान गरेको भन्दै आफ्नो सरुवा गरिएको महेन्द्रनगरपोष्टलाई बताए। तर सुदूरपश्चिम प्रदेश प्रहरीका डिआइजी भरतबहादुर बोहराले भने उनको सरुवाबारे कुनै जानकारी नभएको बताए। उनले आधिकारिक कुनै जानकारी नआएको जिकिर गरे। यस्तै प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले पनि सरुवा भए नभएको…

Read More

धनगढी: नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो। जसमा बागमती प्रदेशबाहेक अन्य ६ प्रदेशको इन्चार्जसमेत तोकिएको छ। कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव रघुवीर महासेठ, मधेशको योगेश भट्टराई, गण्डकीको गोकर्ण विष्ट र लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई दिइएको छ। साथै कर्णाली प्रदेशको इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन्। यसअघि लेखराज सुदूरपश्चिमको इन्चार्ज हुन्। तर उनको सरुवा छिमेकी कर्णाली प्रदेशतिर भएको हो।

Read More

खोटाङ : नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङले मावि तहको पार्टी स्कुल सुरु गरेको छ । जिल्लाका १० वटै पालिका कमिटिका पदाधिकारी, प्रदेश सदस्य, प्रदेश विभाग सदस्य, जिल्ला समन्वय समिति सदस्य, जनवर्गीय संगठनका प्रमुख, पेशागत संगठनका अध्यक्ष, निर्वाचित पालिका प्रमुख र उपप्रमुखलाई सहभागी गराएर दुई दिने पार्टी स्कुल कक्षा सुरु गरेको हो । प्रशिक्षित गर्दै नेता तथा कार्यकर्ताको सैद्धान्तिक, वैचारिक र संगठनात्मक स्तर उकास्ने लक्ष्यका साथ माओवादी केन्द्रले परिक्षामार्फत मूल्यांकन गर्नेगरी पार्टी स्कुलको आयोजना गरेको हो । पार्टी स्कुल शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका उपमहासचिव एबं स्कुल बिभाग प्रमुख गिरीराजमणि पोखरेलले उद्घाटन गरेका छन् । मार्क्सवादी दर्शन, वैज्ञानिक विश्व…

Read More

अत्तरिया : शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिले भोलि गेटामा सडक बहस गर्ने भएको छ । सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपनि बजेटमा त्यसलाई कार्यान्वय नगरिएपछि सघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तरगत सडक बहस गर्न लागेको हो । सडक बहसमा गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजारा लगायत चिकित्सक र सरोकारवाला निकायको सहभागिता रहने सघर्ष समितिका सह–संयोजक आनन्द भट्टले बताएका छन । उनले बिहान ८ बजेदेखि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेट अगाडी सडकमा बहस कार्यक्रम संचालन गरिने बताए । सघर्ष समितिको आज…

Read More

काठमाडौँ : विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली, सहयोगी व्यक्त र सम्बद्ध संस्थालाई सम्मान गरिएको हो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली, आरोहणमा सहयोगी भूमिका निर्वाह गर्ने विवश शेर्पा र एलिट हिमालयन एडभेन्चरका डाईरेक्टर मिङ्मा् डेविड शेर्पालाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गरेका हुन् । साथै आरोही…

Read More

काठमाडौँ : अखिल नेपाल किसान महासङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग मागेको छ । उनीहरूले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार छोड्न माग गर्दै प्रदर्शन गरेका हुन् । सरकारले गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरुद्ध भोलि पनि महासङ्घले विभिन्न किसिमको विरोध गर्ने जनाएको छ ।

Read More