Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता यात्रु र बस फेला परेका छैनन् । बसमा सवार सबै यात्रुको अवस्था अज्ञात छ । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्र्दा र एउटा ट्राउजर फेला पारेको छ ।१२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना बस र बेपत्ता यात्रुको खोजीमा परिचालन छन् । आज रात परिसकेकाले खोजीकार्य अब भोलीमात्रै हुनेछ । चितवनको सिमलतालमा आज बिहान साढे ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फजाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई…

Read More

धनगढी : जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ । वरिष्ठ मौसमविद् इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीबार दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भएरनभएको जाँच गरेकाबारे दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रको अध्ययन गरेको मौसमविद् कँडेलले जानकारी दिइन् । यसका साथै दोधारा चाँदनी नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र स्थानीयसँग छलफल गरिएको उनले बताइन् । असार २३ र २४ गतेका दिन २४ घण्टाको अवधिमा छ सय २४ मिलीमिटर अर्थात् अहिलेसम्मकै सर्वाधिक वर्षा रेकर्ड हुँदा यति धेरै हुनसक्छ र…

Read More

बझाङ : बझाङको केदारस्युँ गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा हंगामा भएको छ। विप्लव माओवादी निकट युवा नेता भरत मल्लले सार्वजनिक सुनुवाइको माइन्युट नै खोसेर लगेका छन्। कार्यक्रममा जनताको व्यापक उपस्थिती नभएको भन्दै मल्लसहितका युवाहरुले आपत्ति जनाएका थिए। उनीहरुको सार्वजनिक सुनुवाइ जस्तो महत्त्वपूर्ण कार्यक्रममा केवल २ ४ जना अगुवा र पछुवाहरु मात्रै राखेर कर्मकाण्डी कार्य गर्न खोजिएको आरोप लगाएका छन् । मल्लले आफ्नो असन्तुष्टि व्यक्त गर्दै भने, “यो कार्यक्रम जनताको लागि हो तर यहाँ जनताको उपस्थिती नै छैन। यसलाई हामी स्वीकार्न सक्दैनौं।” मल्लसहितका युवाहरुले माइन्युट कब्जा गरेर आन्दोलनका थप कार्यक्रमहरु अगाडि बढाउने घोषणा गरेका छन्। गाउँपालिकाकाले भने यस घटनाको छानबिन गरी…

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे तयार पारिएको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका हुन्। त्यसलगत्तै नयाँ सरकार गठनको निम्ति सभापति देउवा र अध्यक्ष ओलीबीच कागजातमा हस्ताक्षर भएको हो ।

Read More

काठमाडौं : निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति कार्यालयले सरकार कामचलाउ भएको जनाउ दिएको छ । कार्यालयले विज्ञप्ति जारी गर्दै अर्को सरकार गठन नभएसम्म यही सरकार कामचलाउ सरकारका रुपमा रहने उल्लेख गरेको छ । प्रचण्डले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत मागेका थिए । उनको पक्षमा ६३ र विपक्षमा १९४ मत परेपछि उनी पदमुक्त भएका छन् । यससँगै उनी बिदाइ भएपनि अर्को सरकार नभइन्जेल संविधानको धारा ७७ को उपधारा ३ बमोजिम कामचलाउ सरकारको रुपमा रहने संवैधानिक व्यवस्था रहेको छ । यसैअनरुप राष्ट्रपति रामचन्द्र पाैडेलले यही मन्त्रिपरिषदले कार्य गर्नेगरी ताेकेका हुन् ।

Read More

धनगढी : धनगढीमा भारतबाट अवैध रुपमा ल्याइएको सामान बरामद गरिएको छ । शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले धनगढी उप–महानगरपालिका–९ मसानघाट नजिकबाटे सवा दुई लाखको अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहोराले भारतबाट भन्सार छली ल्याएको अन्दाजी मुल्य दुई लाख १४ हजार ८७० रुपैयाँको सामान बरामद गरिएको जानकारी दिए । उनकाअनुसार ५९ पिस सेन्डो २७ तन्ना, ७४ कट्टु २४ भाईरल सारी लगायतका सामान वेवारिसे अवस्थामा बरामद गरिएको थियो । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं: भारतीय खुफिया एजेन्सी ‘रअ’का तत्कालीन नेपाल चिफ राघव भट्नागर फिर्ता भएका छन्। उनी आजमात्रै काठमाडौं छोडेर नयाँ दिल्ली फर्केका हुन्। स्रोतका अनुसार उनी आज नेपाल एअरलाइन्सको जहाजबाट दिउँसो दिल्ली उडे। उनको स्थानमा यस अगाडिको सातामात्रै अंशुल शर्मालाई पठाइएको थियो। नेपालमा सरकार फेरबदल र राजनीतिक उथलपुथलकै बेला शर्मा नेपाल पसेका थिए। आजै नेपाली काँग्रेस र एमालेको नयाँ समीकरणसहित अर्को सरकार गठन प्रक्रिया प्रारम्भ भएको र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ। यहीँ क्रममा भट्नागर स्वदेश फर्केका हुन्। यसअघि २०७८ वैशाखमा राजनीतिक संकट चुलिएका बेला अभिजित हल्दरको ठाउँमा भट्नागर काठमाडौं आएका थिए। उनी २०७८ बैशाखमा नयाँ…

Read More

कञ्चनपुरः कञ्चनपुरमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बेलडाँडीस्थित चौधर नदीमा आएको बाढीमा बेपत्ता भएका युवक चौधर नदी बगरमा मृत अवस्थामा फेला हुन्। असार २३ गते बेलडाडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदी तर्ने क्रममा बेपत्ता भएका थिए। चौधरीको ५ दिनपछि चौधर खोलाकै नदी बगरमा हिजो (बिहीबार) शव फेला परेको बेलडाडी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दुर्गा चौधरीले बताए। यस्तै कैलालीमा पनि एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ बेलारका ६० वर्षीय मानबहादुर धामी डोडा नदीमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन। यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्। आज प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका हुन्।  नेकपा एमालेले समर्थन फिर्ता लिँदै सरकार छोडेपछि प्रधानमन्त्री अल्पमतमा परेका थिए। त्यसपछि उनले संसदमा आज राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकार भयो।  २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ। तर, प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ र विपक्षमा १९४ मत पर्यो। त्यस्तै, मत दिन्न भन्नेमा १ मत परेको छ।  आज २५८ जना सांसद मतदान प्रकृयामा सहभागी भएका थिए। २०७९ साल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले आज पाँचौँ पटक विश्वासको मत लिएका थिए।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारी निवास बालुवाटार छाड्ने छन्। स्रोतका अनुसार उनले दिउँसो ४ बजे बालुवाटारबाट निस्कने बताएका छन् । प्रधानमन्त्रीले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । नेपाली काँग्रेस र एमालेले गत सता नयाँ समीकरण बनाउने सहमति गरेपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्रीलाई आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० सांसदले मात्रै विश्वासको मत दिने अवस्था बनेको छ । उनको विपक्षमा दुई तिहाई बढी मत हुने भएकाले आजै अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्ने काँग्रेस एमालेका नेताहरुले बताएका छन्…

Read More