Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा रथ रहेको ठाउँ जावलाखेलमा भोटो देखाइएको हो । भोटो जात्रामा सहभागी हुन उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, ललितपुरका सांसद लगायत सरकारका उच्च पदस्थ व्यक्ति पनि जावलाखेल पुगेका छन् । आज भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गाल लगिनेछ । गएको वैशाख ११ गते पुल्चोकबाट रथ तानेर सुरु भएको यसवर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा भोटो जात्रासँगै सकिनेछ ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका कृषकहरु एक साताको अन्तरप्रदेश प्रविधि अवलोकन भ्रमणमा गएका छन्। सुदूरपश्चिमको क्षेत्रीय कृषि निर्देशनालयको आयोजनामा प्रदेशभित्रका प्रत्येक जिल्लाबाट दुई/दुई जना अगुवा कृषकलाई समेटेर अध्यन भ्रमण टोलीमा सहभागि भएका छन्। अगुवा कृषकहरु बिभिन्न प्रदेशका नमुना, नयाँ कृषि प्रविधि र उद्यमीहरुसंग सिकाइ र अनुभवन आदानप्रदान गर्नका लागि अगुवा कृषक अध्ययन भ्रमणको आयोजना गरिएको सुदूरपश्चिमको क्षेत्रीय कृषि निर्देशनालयका कृषि विज्ञ राजेन्द्र बमले बताए।

Read More

काठमाडौँ: उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताएका छन् । बिहीवार नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए । उनले भने, ‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य हुँदैन । यस्तो प्रकारको काम भयो भन्नेकुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ । अन्तिम फैसला अदालतले गर्छ, त्यो…

Read More

काठमाडौँ: सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको छ । कैलालीको टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ । चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्तावमाथि अध्ययन भइरहेको बताइएको छ । संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ । गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको…

Read More

बझाङ: बझाङको केदारस्युँ गाउँपालिका १ का कृष्ण जेठारा करिब एक महिनादेखि बेपत्ता छन् । ४० वर्षीय जेठारा गत वैशाख १९ गतेबाट बेपत्ता भएका हुन् । उनी चितवनको रामनगरस्थित सञ्जय गुप्ताको होटलमा भएको भन्ने खबर पाइए पनि त्यहाँ नभेटिएका उनको पारिवारिक स्रोतले जनाएको छ । जेठारालाई कसैले देखे नजिकको प्रहरी कार्यालय वा ९७६९७७५१८९ मा सम्पर्क गरी सहयोग गरी दिनहुन अनुरोध गरिएको छ ।

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त वायुका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ । मौसमी प्रणाली विस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाडौँसहित पूर्वी उत्तरी क्षेत्रमा वर्षा हुने उनले बताए । कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस

Read More

धनगढीः कैलालीका यातायात व्यवसायी बिच लफडा सुरु भएको छ। धनगढी बर्सकापबाट सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीबीच लफडा सुरु भएको हो। १४ महिनादेखि एकद्धवार प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्दै आएका उनीहरु बिचमा निर्णय कार्यान्वयन नभएको भन्दै लफडा सुरु भएको हो। धनगढीबाट सञ्चालनमा रहेका सबै यातायात प्रालिहरुको एक समूह थियो। तर उक्त समूहबाट खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशी बाहिरीएपछि नयाँ लफडा सुरु भएको हो। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले जोशीले यातायात व्यवसायीहरुको निर्णय विपरीत बाहिरिएका बताए। उनले भने, ‘यातायात व्यवसायी संकटमा छन्। यातायात व्यवसायीलाई बचाउन हामीले एक प्रयास गरेका थियौँ। एकद्धवार प्रणालीमा गएका थियौँ। अश्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्ने…

Read More

काठमाडौँ: बिहीवार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । आज तोलामा सुन एक लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका छन् । उनीमाथि सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुनस् हिजो युवराज सफलले सर्वोच्चमा अर्को रिट दायर हालेका छन् । रविले फेसबुकमा लेखेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।’ अमेरिका नागरिकता परित्याग गरेको तथ्य अदालतको माघ १३ को फैसलाले नै पुष्टि गरिसकेको साथै आफूले नेपाली नागरिकता पुनस् कायम गराएको प्रष्ट्याएका छन् । अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा जेठ ९ गते सर्वोच्चमा बुझाइसकेको उनको भनाइ छ । ‘यसको जानकारी र…

Read More

मोरङ: कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी प्रदेशस्तरीय नतिजा आज सार्वजनिक गर्दै प्रदेशका १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात ५५ परिवारमध्ये तीन दशमलव दुई प्रतिशत परिवारको शौचालयको पहुँच नभएको उल्लेख गरिएको छ । राष्ट्रिय जनगणना २०६८ मा शौचालयको पहुँच नभएका परिवारको सङ्ख्या ३० दशमलव तीन प्रतिशत थियो । जनगणना २०७८ अनुसार प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार चार सय १२ मध्ये महिला २५ लाख ४४ हजार ८४ ९५१ दशमलव २८ प्रतिशत० छ भने पुरुष २४ लाख…

Read More