Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो। त्यसपछि सिआइबीबाट प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको गएको टोलीले उनलाई पक्राउ गरेको हो। पार्टी कार्यालय वनस्थलीमा पक्राउ गर्न पुगेको प्रहरीसँग मिडियासँग छोटो प्रतिक्रिया दिने अनुमति पाएका लामिछानेले संक्षिप्त सम्बोधन गरेर प्रहरीसमक्ष आन्मसर्पण गरे। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो। समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको छ। उनलाई समात्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पार्टी कार्यालय, बनस्थली पुगेको छ। सीआईबीका प्रवक्ता समेत रहेका एसपी होबिन्द्र बोगटीको नेतृत्वमा टोली केहीबेर अघिमात्रै त्यहाँ पुगेको हो। सीआईबी प्रमुख एआईजी दीपक थापाले लामिछाने आजै समातिने र उनलाई पोखरा लगिने जनाए। आजमात्रै सहकारी ठगीमा अनुसन्धान गर्न लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो। पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो।  जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको एक प्रहरी अधिकृतले बताए। अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ। सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए। प्रहरीले जोशीको बयान लिइसकेको…

Read More

बैतडी: बैतडीमा अटो दुर्घटना भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१ ह ६०७० नम्बरको अटो शुक्रबार दिउँसो दुर्घटना भएको हो। अटो अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको छ। सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा गर्भवतीसहित चार जना घाइते भएका छन्। दोगडाकेदर गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशी, ४५ बर्षीया बसन्ती जोशी, २५ बर्षीया राजेन्द्र भाट र पुर्चौडी नगरपालिका–९ का २० बर्षीया हिरा सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए। घाइतेमध्ये पार्वती जोशी गर्भवती रहेको खुलेको छ। घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–९…

Read More

काठमाडौं: सिन्धुलीका एसपी गोविन्द काफ्लेलाई अनर्गल हर्कत गरेको आरोपमा स्थानीयले घेरा हालेर लखेटेका छन्। असोज २९ मा माझिटारबाट उनलाई स्थानीयले लखेटेका हुन्।  साँझपख स्थानीयको घरमा गएर काफ्लेले महिलालाई दुर्व्यवहार गरेको आरोप स्थानीयले लगाएका छन्। तर, काफ्लेले आफूसँग दुई जना इन्स्पेक्टर पनि सँगै रहेको जिकिर गरेका छन्। घट्नाबारे बुझ्न बागमतीका डीआआईजी कृष्णहरि शर्माले हेटौँडाबाट टोली पठाएका थिए। तर टोलीले कुनै खबर नदिएको उनको दाबी छ। घटनाबारे प्रदेश प्रहरी कार्यालयले अनौपचारिक छानबिन गरिरहेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालयमा भेला भएका माझिटारका स्थानीयसँग एसपी काफ्लेले ‘क्षमायाचना’ गरेको सिन्धुलीमा कार्यरत एकजना अधिकृतले बताए। प्रदेशबाट बुझ्न गएको टिमलाई एसपी काफ्लेले इभिनिङ वाकमा जाँदा मदिरा सेवन…

Read More

काठमाडौं: जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की नक्साल तानिएका छन्। उनको सरुवा गर्दै प्रहरी प्रधान कार्यालय नक्साल तानिएको हो। उनलाई नौ महिनामा हटाएर एसपी राजन लिम्बुलाई खटाइएको छ। एसपी कार्की गत पुसमा मोरङ गएका थिए। नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनको सरुवा भएको थियो। आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खासेको बताइन्छ। ६ महिनाअघि मात्र बढुवा भएका एसपी लिम्बुलाई त्यहाँ पठाइएको हो। लिम्बु प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वपिएसओ हुन्।

Read More

धनगढीः सुदूरपश्चिममा प्रदेश प्रहरी ऐन अलपत्र बनेको छ। ऐन पारित भएको २ वर्षसम्म पनि कार्यान्वयनमा नआएपछि अलपत्र बनेको हो। सुदूरपश्चिम प्रदेश सभाबाट २०७९ भदौ दोस्रो साता प्रदेश प्रहरी ऐन पारित भएको थियो। तर ऐन पारित भएको २ वर्ष बितिसक्दा पनि कार्यान्वयन भएको छैन। प्रमुख जिल्ला अधिकारीलाई परिचालन तथा सशस्त्र प्रहरी सेवा उपसमूह गठनको प्रावधानसहित सुदूरपश्चिम प्रदेशसभाले प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७० भदौ १६ गते पारित गरेको थियो। सरकारले प्रदेश सभामा दर्ता गरेको एक वर्षमा पारित भएको ऐन २ वर्षसम्म कार्यान्वयनमा आएको छैन। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले ऐन निर्माण नगरेकाले प्रदेश प्रहरी ऐन कार्यान्वयनमा नआएको बताए।…

Read More

धनगढी: डडेल्धुरामा मृत भेटिएकी किशोरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। सदरमुकाम अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका थिए। अहिले उनीमाथि थप अनुसन्धान जारी छ। प्रहरीले अहिले पोस्टमार्टम रिपोर्ट आइसकेको र थप रगत, कपाल तथा भेजाइनल स्वाव परीक्षणका लागि पठाइएको जनाएको छ। डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या भने आफूले गरेको स्वीकारेका छन्। पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल सञ्चालन गरिरहेका भण्डारीले पसलभित्रै किशोरीको शनिबार हत्या गरेको स्वीकार गरेका हुन्। आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गर्नुको…

Read More

काठमाडौं: भारतको उत्तर प्रदेशको बहराइचमा भड्किएको साम्प्रदायिक हिंसाका क्रममा भएको रामगोपाल मिश्रको हत्यामा संलग्न रहेको आरोप लागेका मोहम्मद सरफराज र मोहम्मद तालिमलाई गोली हानेर पक्राउ गरिएको छ। बिहीबार नेपालगन्जको सीमा नजिक पर्ने हारा बसेहरी नहर नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरिएको हो। मुठभेडका क्रममा तालिबको घुँडामा गोली लागेको थियो।सुरुमा उनीहरूले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही गरिएको प्रहरीको दाबी छ। प्रहरीले मिश्रको हत्यामा प्रयोग गरिएका हतियार बरामद गरिएको पनि बताएको छ। यूपी स्पेसल टास्क फोर्स (एसटीएफ) प्रमुख अमिताभ यशका अनुसार, यस घटनामा हालसम्म पाँच जना पक्राउ परिसकेका छन्। के हो घटना ? अक्टोबर १३ मा दुर्गा पूजा विसर्जनका क्रममा बहराइचको महाराजगञ्जमा पूजास्थल बाहिर अर्को समुदायले चर्को स्वरमा गीत बजाएपछि हिंसा भड्किएको…

Read More

काठमाडौँ: प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्नाका लागि आवेदन दिएकाहरूले ७ दिनभित्र कागजातहरू अद्यावधिक गर्नुपर्ने भएको छ। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै आवश्यक कागजात ७ दिनभित्र अद्यावधिक गर्न भनेको छ।  प्रहरीको जनपद समूहतर्फ खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने इन्स्पेक्टर र असईको पदमा अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (ओआरएमएस) को माध्यमबाट दरखास्त दिएकाहरू मध्ये केहीको आवश्यक कागजातहरू समेत नसमेटिएको पाइएकाले यस्तो सूचना जारी गरिएको हो। दरखास्तका लागि चाहिने आवश्यक कागजात नसमेटिएकाहरूको दरखास्तसमेत स्वीकृत हुन बाँकी रहेकाले ७ कात्तिकभित्र ओआरएमएस प्रणालीमा त्यस्ता कागजातहरू समावेश गर्न भनिएको छ। आवश्यक कागजात नपुगेका र अबको ७ दिनभित्र…

Read More