कञ्चनपुर: कञ्चनपुरको कञ्चन बहुमुखी क्याम्पसमा अध्ययनरत भागेश्वरी देउवाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका गुलरियाकी देउवा बीए तेस्रो वर्षमा अध्ययनरत थिइन् । अन्दाजी २४ वर्षीया देउवा मुटु सम्बन्धी रोगबाट पीडित थिइन्।
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर: सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले महेन्द्रनगर नगर विकास घोटाला काण्ड यथाशीघ्र छानबिन गरी दोषिलाई कारबाहीको माग गरेका छन् । उनले समाजिक सञ्जालमार्फत नगरको गुरु योजना मिचेर जमिन लिजदेखि बिक्री वितरण लगायतका सबै गैरकानुनी गतिविधिमाथि छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका हुन् । ‘कञ्चनपुरको महेन्द्रनगर नगर विकास समिति (हाल भीमदत्त नगर विकास समिति)लाई २०३६ सालमा ६३८ बिघा ६ कट्ठा १३ धुर जमिनको स्वामित्व हस्तान्तरण गरेको थियो । उक्त जमिन जुन प्रयोजनका लागि नगर विकासलाई स्वामित्व दिइएको थियो, सो अनुसार प्रयोग नभई विभिन्न बहाना र स्वार्थ अनुसार स्थापना कालदेखिनै वास्तविक गुरु योजना विपरीत जग्गा बिक्री वितरण हुँदै आएको देखिन्छ,’…
बैतडी: नेपाल प्रेस युनियन स्थापना दिवसको अवसर पारेर बैतडीमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल प्रेस युनियन बैतडी शाखाले जिल्ला अस्पताल बैतडीका बिरामीहरुलाई शनिबार फलफूल वितरण गरेको हो । नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसको अवसरमा फलफूल वितरण गरिएको प्रेस युनियन बैतडीका अध्यक्ष भगीरथ अवस्थीले बताए । बिरामीहरुलाई फलफूल वितरण कार्यक्रममा प्रेस युनियनका पदाधिकारी, नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्र चन्द,तरुण दल बैतडीका उपाध्यक्ष महेशदत्त भट्ट, नेपाल पत्रकार महासंघ बैतडीका उपाध्यक्ष नरी बडू लगायतको सहभागिता रहेको थियो । फलफूल वितरण कार्यक्रमका लागि दशरथचन्द नगरपालिका १ मुस्याचोरस्थित होटेल जे एमले सहयोग गरेको थियो । लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको प्रेस…
धनगढीः धनगढीको चौराहमा भेटिएका दुई बालबालिकालाई परिवारको जिम्मा लगाइएको छ। आज दिउँसो २ बच्चाबच्ची चौराहमा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर खगेन्द्र साउँदले ती बच्चाबच्ची विशालनगरका भएको र बच्चाबच्ची आमालाई जिम्मा लगाइएको बताए। ती बच्चाबच्ची घरबाट बाहिर निस्केर चौराह पुगेको बताइएको छ।
कञ्चनपुरः कञ्चनपुरमा तरकारी बोकेको जिपले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको बेलौरी नगरपालिका–९ रतनपुरका ३० वर्षीयसुनिल चौध री र १९ वर्षीय पवन चौधरी रहेका छन् । प्रहरीका अनुसार साइकलमा सवार उनीहरुलाई बेलडाँडी गाउँपालिका–१ सिद्धचोकमा बेलौरीबाट बेलडाँडी आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च २७६१ नम्बरको तरकारी बोकेको जिपले ठक्कर दिएको हो । घाइते दुबै जनालाई उपचारका लागि धनगढी पठाइएको र जिप चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।
काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेका छन्। शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन्। राउत भारत भ्रमणका लागि शनिबार गएका हुन्। उनी तीन दिनपछि फर्किने छन्।
काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले कसैको अगाडि लम्पसार परेर बाँच्नु आम नेपालीको अपमान भएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा शाहले देशको स्वाभिमानको रक्षाका लागि सबै एकजुट हुनु पर्ने अवस्था आएको बताएका छन् । उनले भने, ‘हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान – हाम्रो शान हो – आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो, त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौँ, त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै–यस्तै आवाज सुन्छौँ ।’ पूर्व राजा शाहले नेपालको पिर मर्का बुझ्न…
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीबारे केपी शर्मा ओलीलाई जोड्न नहुने बताएका छन् । माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रधानमन्त्रीले शनिबार संसदमा स्पष्टीकरण दिएका हुन् । शनिबार संसद्को बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्रीले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोसको भएको र यसमा कुनै विवाद नभएको बताए । उनले भने, ‘पशुपति क्षेत्र विकास कोषसँग सबन्धित विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन ।’ जलहरी राख्दा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै उनले यसमा…
काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भएको छ । आज अपराह्न ४ बजे वैठक बस्न तोकिएको भए पनि पौने ५ बजेसम्म बैठक शुरु हुन सकेको छैन । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणले शुक्रबारको बैठक अवरुद्ध भएको थियो । सोही बैठक आजका लागि निर्धारण गरिएको हो । आज पनि बैठक शुरु हुन सकेको छैन । संघीय संसद् सचिवालयले एकैछिनमा बैठक शुरु हुने र अहिले सभामुख देवराज घिमिरेले दलका नेताहरूसँग छलफल गरिरहेको जनाएको छ । ‘केही क्षणमा बैठक शुरु हुन्छ । सभामुख दलका नेताहरूसँग अहिले पनि सरसल्लाह गरिरहनु भएको छ’, संसद् सचिवालयका प्रवक्ता एकग्राम गिरीले भने । आज (शनिबार) बिहान कांग्रेस,…
काठमाडौँ – सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन सुरु भएको छ। प्रदेश प्रमुख देवराज जोशीले शनिबार बजेट अधिवेशन आह्वान गरेका हुन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख जोशीले शनिबार दिउँसो २ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका थिए। सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को गत हप्ता बसेको बैठकले शनिवारका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।