Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा ५ बर्ष मुनिका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको छ। राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले खोप लाए/नलाएको जानकारी हुने भएकाले विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गर्न विद्यालयहरुलाई आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।  जिल्ला खोप समन्वय समितिको बैठकले विद्यालयमा बालबालिकाहरुलाई भर्ना खोप कार्ड अनिवार्य गर्ने गरेको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए। राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुलाई विभिन्न रोग विरुद्ध निशुल्क खोप दिने गरेको छ। त्यस्ता खोपबाट कोही पनि बालबालिका नछुटुन भनेर खोजपडताल अभियान समेत सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य प्रमुख भट्टले बताए। 

Read More

काठमाडौं : लोकसेवा आयोगमा दरखास्त दिएका करिब चार लाख आवेदकको तथ्यांक (डाटा) हराएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि लोकसेवा आयोगलगायत करिब ६० वटा सरकारी निकायको डाटा हराएको हो।  पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भए पनि ‘डाटा रिकभर हुनेरनहुने यकिन गर्न सकिने अवस्थामा नरहेको’ जवाफ केन्द्रले सम्बन्धित निकायलाई दिएको छ।  लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले तीन महिनायता आयोगले पुरानो ब्याकअपबाट काम चलाउँदै आएको जनकारी दिए। ‘कात्तिक, मंसिर र पुसको डाटा अहिले आयोगसँग छैन। यस अवधिमा करिब चार लाख दरखास्त परेको थियो’, उनले भने, ‘नयाँ खाता बनाएर दरखास्त दिने करिब १६ हजारको डाटा हामीसँग केही पनि छैन। आयोगले केन्द्रसँग…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि विज्ञापन खुलाएको छ। स्थायी पदपूर्ति गर्न आयोगले विहिबार कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले स्थानीय सरकारी सेवा चौथो तह अन्तर्गत विभिन्न प्राविधिक तर्फका पदका लागि विज्ञापन खोलेको छ। असिस्टेन्ट सभ इन्जिनियर, अमिन, नायब प्राविधिक, सहायक कम्प्युटर अपरेटर, अनमी, वैद्य, ल्याब असिस्टेन्ट र अहेव पदका लागि विज्ञापन खोलिएको सूचनामा उल्लेख छ।

Read More

काठमाडौं: आज नेपालले एसिसी प्रिमियर कपमा समूह ए को अन्तिम खेल कतारसँग खेल्नेछ। खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ। घरेलु टोली नेपाल कतारलाई हराउँदै अपराजितका साथ समूह विजेता बन्दै सेमिफाइनलमा खेल्ने लक्ष्यका साथ मैदान उत्रनेछ। नेपाल ३ खेलमा २ मा जित र १ मा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ। कतार तीनै खेलमा जित विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराउँदा साउदीसँग वर्षाको कारण अंक बाँडेको थियो। कतार ओमानसँग ४० रन, साउदीसँग ७ विकेट र मलेसियासँग ३ विकेटले पराजित भएको थियो। नेपाल यस खेलमा विजयी भएमा…

Read More

नयाँदिल्ली: भारतमा पछिल्लो दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन्। मंगबारको तुलनामा बुधबार करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन्। मंगलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिए भने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए। हाल भारतमा ६१ हजार १३ जना सक्रिय सङ्क्रमित छन् भने चार करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड–१९ बाट पूर्ण स्वास्थ्य लाभ गरेका उक्त मन्त्रालयले जनाएको छ।

Read More

काठमाडौं: आज देशका पहाडी भू–भागमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यस्तै राती सुदूरपश्चिम प्रदेश लगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ।

Read More

धनगढीः नेपाल प्रहरीका १३ डीआईजीको आज पदस्थापन गरिएको छ। वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो। जसमा तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन्। त्यसमा पनि सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुख भएर डीआईजी भरतबहादुर बोहरा आएका छन्, उनको पनि प्रदेशमा आजै पदस्थापन भएको हो। उनी आज पदस्थापन भएलगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेका थिए। त्यहाँ उनले अनुगमन तथा निरीक्षण कार्य गरेको बताइएको छ। निरीक्षणको क्रममा भौतिक पूर्वाधारहरुको स्तर अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, कार्य शाखा तथा अन्य शाखाहरुबाट सम्पादित कार्यहरु र अभिलेख व्यवस्थापनको निरीक्षण गरिएको थियो।

Read More

धनगढीः बुधबार कैलालीको अत्तरियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजयी ¥याली निकालेको छ। चितवनमा पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक र तनहुँमा रास्वपाका स्वर्णीम वाग्ले उप–निर्बाचनमा विजयी भएपछि खुशियालीमा उनिहरुले ¥याली निकालेका हुन्। उनीहरुले ¥याली सहित अत्तरिया बजार परिक्रमा गरे।

Read More

छत्तीसगढः बुधबार भारत छत्तीसगढ राज्यको दन्तेवाडा जिल्लामा विद्रोही माओवादी (नक्सली) समूहले प्रहरीको गाडीमा भयानक बिष्फोट गराएका छन्। उक्त हमलामा ११ जना प्रहरीको मृत्यु भएको छ। अरनपुर थाना क्षेत्रको अरनपुर–सामेली बीचको सडकमा माओवादीले बिस्फोट गराएका हुन। सडकमा गहिरो खाडल परेको छ। डिस्ट्रिक्ट रिजर्ब गार्डका सुरक्षाकर्मी माथि माओवादीले भयानक हमला गरेका हुन। मृत्यु हुनेमा गाडीका चालक पनि छन्। उक्त टोली वर्षामा फसेका सुरक्षाकर्मीलाई उद्धार गर्न गएको थियो। माओवादीहरुले प्रहरीको गाडीमा आईईडी विष्फोट गराएका थिए। समाचार एजेन्सीका अनुसार ५० केजी बिस्फोटक पदार्थ प्रयोग गरी गाडी ध्वस्त पारिएको छ। दन्तेवाडा जिल्लाको अरनपुर प्रहरी चौकी क्षेत्र अन्तर्गत अरनपुर–सामेली बीचमा आक्रमण भएको हो। स्रोतका अनुसार त्यसक्रममा…

Read More

धनगढी: बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ६ का वडा सदस्य ठगी साउँदको मदिरा काण्ड बजारमा आएको छ। हालै उनको मदिरा सेवन गरेर वडा कार्यालय पुगेको भिडिओ सामाजिक सञ्जाल सार्वजनिक भएको हो। भिडिओ २ साता अघिको भएपनि अचेल भाइरल भइरहेको छ। त्यसबेला ठगी वडा अध्यक्ष नरेन्द्र साउँद कार्यालयको कामले नगरपालिका गएका बेला उनलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिइएको थियो। कार्यवाहक बसेकै समयमा उनी मदिरा सेवन गरेर वडा कार्यालय छिरेका थिए। त्यसबेला त्यहाँ कर्मचारीसंग विवाद भएको भिडिओ सार्वजनिक भएको छ। मदिराले लट्ठ भएका यसरी कार्यालय समयमा मदिरा सेवन गरेको आलोचना भइरहेको। यता, गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका साउँदलाई पार्टीले स्पष्टीकरण…

Read More