Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक खड्गबहादुर पछेराको अन्त्येष्टि गरिएको छ। शुक्रवार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४७ वर्षीय पछेराको गोदावरी आर्यघाटमा अन्त्येष्टि गरिएको हो। बिहीबार बिहान सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो। प्रहरीकाअनुसार पछेरालाई बिहीबार बिहान ११ बजे विषादी पदार्थ सेवन गरेको अवस्थामा अस्पताल पुगाइएको थियो। उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो। उनी कार्यरत क्याम्पसले आज पछेराको निधनमा शोक विदा दिएको छ।

Read More

धनगढीः हिउँदयाममा पानी नपरेकाले चैतको प्रारम्भमै मुलुकभर गर्मी बढेको छ। सुदूरपश्चिमको धनगढीसहित तराई र भित्री मधेशमा यो वर्ष गर्मी धेरै हुने सम्भावना बढेको छ। चैतको पहिलो सातासम्म पनि पानी नपरेपछि धेरै ठाउँमा खडेरी देखिएको छ। खडेरी बढ्दै गएकाले मुलुकका धेरै जंगलमा डढेलो सल्केको छ। तर, हिजो साँझ र आज बिहान डोटीमा मुसलधारे असिनापानी परेको छ। बाक्लो असिनाले हिउँदे बाली र तरकारीमा नोक्सानी पुगेको बताइएको छ। बडीकेदार गाउँपालिका–२ खड्यौलीमा सबैभन्दा धेरै असिना परेको हो। यस्तै धनगढीसहित सुदूरका विभिन्न स्थानहरुमा पनि हल्का वर्षा भएको थियो।

Read More

धनगढी: धनगढीको आकाशमा बुद्ध एयरलाइन्सको जहाजले फन्को मारिरहेको छ। धनगढी विमानस्थल हुँदै बजार क्षेत्रमा फन्को मारिरहेको जहाज उडेको उड्यै गरेको देखेपछि मानिसहरुमा उत्सुकता जागेको छ। धनगढी विमानस्थल कार्यालयकाअनुसार बुद्ध एयरको जहाजले एयर होस्टेजलाई समेत बाहिर राखेर दुई जना पाइलट र एक जना कोपाइलटले उडाइरहेका हुन् । विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बुद्ध एयरले ट्रेनिङ फलाइट गरिरहेको हो । यात्रु समेत राखेर ट्रेनिङ फलाइट गर्दा जोखिम हुने भएका कारण बिना यात्रु पाइलटले कोपाइलटलाई प्रशिक्षण दिइरहेको उनले बताए। जहाज धनगढी बजार क्षेत्रमा फन्को मार्ने, विमानस्थलमा अवतरण गर्ने र उड्ने क्रम जारी रहेको छ। यात्रु समेत राखेर ट्रेनिङ फलाइट गर्दा जोखिम हुने भएका…

Read More

धनगढी : राष्ट्रिय युवा संघ नेपालको गोदावरी नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ। आज राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामाको प्रमुख आथित्यतामा दोस्रो गोदावरी नगर अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट उत्तम महराको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन समेत भएको छ।

Read More

धनगढी: धनगढीको कैलाली बहुमुखी क्याम्पसमा नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेविसंघले स्ववियु निर्वाचनको तयारी तीव्र पारेको छ। हिजो नेपाल विद्यार्थी संघका तर्फबाट हरिश खत्रीले सभापतिमा मनोनयन दर्ता गरेपछि तयारी तीव्र पारिएको हो। खत्रीको नेतृत्वमा सचीवको उम्मेदवारमा सन्तोष भाप पन्त, कोषाध्यक्षमा अम्बिका चौधरी, सदस्यमा पारस मणि कठायत, जनक अवस्थी, कमल कुमार ऎडि, वर्षा सुनार, प्रमिला शाह, हिमाल थापा, मनोज टमटा, गणेश उपाध्याय र गौरी सिंह उम्मेदवार रहेका छन्। चैत्र ८ गते यहाँ निर्वाचन हुँदैछ।

Read More

काठमाडौं: नेपाल विश्वकप क्रिकेट प्रतियोगिताको छनोटमा पुगेको छ। बिहीबार त्रिवि क्रिकेट मैदनमा भएको खेलमा डीएल मेथोडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो। घरेलु मैदानमा बिहिबार भएको लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल तालिकाको शीर्ष ३ मा रहेर विश्वकप छनोटमा स्थान बनाएको हो। नेपालले पहिलो पटक ओडिआइ ग्लोबल क्वालिफायर खेल्न लागेको हो। नेपालले अब जिम्बाबेमा हुने आइसीसी ग्लोबल छनोटमा खेल्नेछ। ग्लोबल छनोटमा लिग २ का शीर्ष ३ टोली, सुपर लिगका पुछारका ५ टोली र नामिबियाकामा हुने प्लेअफ छनोटबाट आएका शीर्ष २ टोलीबीच स्पर्धा हुनेछ।  नेपालको जितले नामिबिया चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ। पराजित युएईले…

Read More

धनगढी: कैलाली बहुमुखी क्याम्पसमा कार्यरत उप-प्राध्यापक खड्ग बहादुर पछेराको निधन भएको छ। ४७ वर्षीय पछेराको आज (बिहीवार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए। प्रहरीकाअनुसार पछेरालाई बिहीबार बिहान ११ बजे विषादी पदार्थ सेवन गरेको अवस्थामा अस्पताल पुगाइएको थियो। उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको डीएसपी चन्दले बताए। पछेराको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने अस्पतालले जनाएको छ।

Read More

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा ८ चैतमा हुने स्ववियु निर्वाचनमा अध्यक्ष पदका लागि ४ जना स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी परेको छ। क्याम्पसले सार्वजनिक गरेको सूचीअनुसार स्ववियु अध्यक्षमा चार जनाले स्वतन्त्र उम्मेदवारी दिदा चार वटा विद्यार्थी संगठन र एउटा स्वतन्त्र संगठनबाट समेत गरेर ९ जनाको उम्मेदवारी परेको हो। नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट यमराज जोशी, नेविसंघबाट हरिश खत्री, अखिल क्रान्तिकारीबाट पवन सुनार, राप्रविबाट नविन शाह, स्वतन्त्र विद्यार्थी समूहबाट विष्णुकुमार साउद र मिलन बिक, खगेद्रप्रसाद अवस्थी, धु्रवराज न्यौपाने र बमबहादुर बिकले उम्मेदवारी दिएका छन्। तर, प्रारम्भिक माहोल अनुसार यहाँ अनेरास्ववियु र नेविसंघको महाभिडन्त हुने देखिएको छ। ठूलो संगठन र तीव्र तयारीमा लागेका यी दुई…

Read More

धनगढीः धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनको लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। आज क्याम्पसमै पत्रकार सम्मेलनको आयोजना गर्दै अनेरास्ववियुले प्रतिबद्धता जारी गरेको हो। चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचनमा सभापतिका उम्मेदवार कुबेर खड्का लगायतको टिमले प्रतिबद्धता जारी गरेको हो। प्रतिबद्धता जारी गर्दै सभापति उम्मेदवार खड्काले विद्यार्थीको हक हित र गुणस्तरीय शिक्षाका लागि विगत देखी नै आवाज उठाइरहेको भन्दै आफ्नो सम्पूर्ण टिमलाई विजयी गराउन अपिल गरे। अनेरास्ववियुले जारी गरेको प्रतिबद्धता पत्रमा क्याम्पसमा डिजिटल डिस्प्ले र डिजिटल सूचना बोर्ड राख्न पहल गर्ने, सबै कक्षा कोठामा एसी र हिटर जोड्न पहल गर्ने, छात्र र छात्राका लागि होस्टेलको…

Read More

धनगढीः कैलाली जिल्ला कतारे सङ्घको अध्यक्षमा ललित खत्री चयन भएका छन्। कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका खत्रीको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरिएको हो। कमिटीको उपाध्यक्षमा वालकुमार महतो र लाल बहादुर राना, सचिवमा तेज नागरी र कोषाध्यक्षमा वर्षा साउँद चयन भएका छन्। त्यस्तै सदस्यमा बवरजगं शाही, आशाराम चौधरी, खुसीराम चौधरी, अशोक चौधरी, माला कार्की, रमेश थापा मगर, कमल श्रेष्ठ, राजेश चौधरी, रमेश चौधरी, रमेश साउद, टेकराज सोडारी चयन भएका छन्। यस्तै प्रदेश प्रतिनिधिमा गजेन्द्र साउद, मकेन्द्र बहादुर सिह, त्रैलोक्यनाथ पाण्डे, उमा महतोलाई चयन गरेको हो। अध्यक्षमा चयन भएपछि खत्रीले खेलाडीको क्षमता विकास र खेलाडीको हकहितमा काम गर्ने…

Read More