Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: रुकुम पूर्वमा गाई काटेको अभियोगमा तीनजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा भूमे गाउँपालिका-२ का ४४ वर्षका रानवीर कामी, भूमे-३ का ५९ वर्षका सम्पती रोका र उनकी पत्नी ५७ वर्षीय विनसरी रोका रहेका छन्। भूमे गाउँपालिका-६ स्थित खाराबाङ (लुकुम खोला पारिपट्टी) गोठको छेउमा गाई मारेर मासु काट्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)का प्रहरी निरीक्षक गनेश पाण्डेले जानकारी दिए। सोधपुछका क्रममा उनीहरुले मासुका लागि लडेर मरेको गाई काटेर बताएका छन्। गाई नेपालको राष्ट्रिय जनावर हो। राष्ट्रिय जनावर मार्नेलाई तीन वर्षको कैद सजाय हुने कानुनी व्यवस्था छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एकजना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका-९ का ३६ वर्षीय भक्त बहादुर थापा मृत फेला परेका हुन्। उनी घर नजिकैको खेतमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

Read More

धनगढी: भन्सार छलेर भारतबाट भित्र्याइएका बिभिन्न सरसमानसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। सोमबार दिउसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट खटिएको गस्ती टोलीले भीमदत्त नगरपालिका–५ स्थित सुकासालबाट भन्सार छली गरी लुकाइछिपाई ल्याइएको दाल, मिश्री र चिनीलगायत सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार २ लाख ७९ हजार हजार ३ सय ५० रुपैयाँ बराबरका सामान र मोटरसाइकल तथा स्कुटरसहित ५ जना ब्यक्ति पक्राउ परेका हुन। बरामद सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।

Read More

धनगढीः  कैलालीमा एक कुखुरा फर्ममा  आगलागी भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–५ बनकट्टामा रामप्रसाद चौधरीको कुखुरा फर्ममा आगलागी भएको छ। गहुँको भुसामा लगाएको आगोबाट आगो सल्किएर आइतबार दिउँसो फर्ममा  आगलागी भएको हो। आगलागीबाट करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको कैलाली प्रहरीले जनाएको छ।

Read More

धनगढीः हिमपहिरोमा बेपत्ता भएकामध्ये बझाङ र दार्चुलामा २ जनाको शव फेला परेको छ। बझाङको सुर्मा गाउँपालिका– १ देवडी घर भएकी ३३ वर्षीया झल्नादेवी बोहराको र दार्चुलामा बेपत्ता भएकी डोटी जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको हो। यार्सागुम्बा संकलनको लागि पार्थिहिमाल गएको अवस्थामा वैशाख १९ गते हिमपहिरोमा परेर बेपत्ता भएकी बोहराको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए। दार्चुलामा फेला परेको शव मंगलबारदेखि बेपत्ता महिलाको हो। त्यसदिन हिम पहिलोमा बेपत्ता भएका पाँचजना मध्ये चार जनाको शव फेला परि सकेको छ भने १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ। उनको…

Read More

-कविता जोशी हराएको यात्रीजस्तै भाको छ जिन्दगीखिलहरुले मेरा पाईताला बनेका छन्ढुंगा माटोले बुझ्छन्मेरो कहानीखोइ त हजुर ?आशुले भिँजेकायी आँखाको भाषा बुझेको ? रातमा, मलाई नियालि नियालि गिज्याइरहन्छन् ताराहरुलेछानाका प्वालहरुबाटचिसो चुलोको किनारमालडिरहन्छ जिन्दगीदुई टुक्रा रोटी कुरेर यो निर्जीव अध्यारा कोठाको भित्ताहरुलेसुन्छन् मेरो मुटुको धड्कनतपाईंका कानले सुन्दैनन् ?जो आफ्नै गतिमा बजारिएको हुन्छजून ताराहरुले देख्छन्चर्किरहेको मेरो जिन्दगीलाईदेख्दैनन् तपाईंलेका आँखाहरुले ? प्वाल पारिदिन्छ शितलेमुटुजस्ता कापी किताबहरुनिलिदिन्छ खियाले डट्पेनका शिरहरुखोई त मकेले लेखुँ ?केमा लेखुँ ?कसरी लेखुँ ? तपाईंले सिकाउनु भएको ज्ञानम सित शब्द नभएको होइनवर्णन गर्ने सार मिलेनभन्ने मेरो शैली मिलेनअह मैले भनेको खोई ?यो अजिव सहरका ठुल्ठूलाघरका भित्ताजस्ता मनले बुझेन नसुनाउनुस् अब मलाईसङ्घर्षका…

Read More

धनगढीः कैलालीको भाँसु भिरमा ट्रक खसेको छ। हिजो (आइतबार) राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको ट्रक चुरे गाउँपालिका–५ खानीडाडास्थित भाँसु भिरमा खसेको हो। प्रहरीका अनुसार खाली ग्यास सिलिण्डर बोकेको ट्रक भिरमा खसेर दुर्घटना भएको हो। ट्रक भिरबाट ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरका राजेन्द्र बिष्टको सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० नम्बरको ट्रक दुर्घटनामा परेको हो। गाडीमा लोड गरिएका सबै ग्यास सिलिण्डर र ट्रकमा क्षति पुगेको छ। मानवीय क्षति भने भएको छैन।

Read More

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद अर्यालको सरुवा भएको छ। नगरपालिकामा हाजिर भएको दुई महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालको सरुवा भएको हो। उनी गत फागुन ३० गते नगरपालिकामा हाजिर भएका थिए। अर्यालको स्थानमा आइतबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलले खडानन्द खत्रीलाई खटाएको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलमा कार्यरत उपसचिव खत्री परशुरामको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउने भएका हुन्। जुम्ला घर भएका खत्री हालै उपसचिव बनेका थिए।

Read More

काठमाडौं: नेकपा माओवादी केन्द्रका सचिव एवं सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थीको अनुसन्धान फासफुस नहुने बताएका छन् । ‘हामीकहाँ कुनै पनि अनुसन्धानलाई आवश्यकताभन्दा बढी हल्ला गर्ने र विषयान्तर गर्ने प्रवृत्ति छ । होलसेलमा गर्यो भने भद्रगोल हुन्छ । एउटा काण्डको छानबिन हुँदा हजार विषय हालिदिने हो भने कुनै पनि विषय टुंगोमा लाग्न सक्दैन । हामी रुख भेट्दैनौं, जंगलमा मात्र देख्छौं । नक्कली भुटानी शरणार्थी प्रकरण देखावटी र फासफुस गर्न अनुसन्धान होइन,’ एक कार्यक्रममा उनले भने। नेता पौडेलले तथ्य र प्रमाण पुगेपछि जो सुकै व्यक्ति छानबिनको दायरामा आउने पनि दाबी गरे । उनले भने, ‘अहिले नै उहाँहरु (आरजु देउवा, बालकृष्ण खाँड)…

Read More

झापा: झापाको कनकाई नगरपालिका–३ की ४५ वर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वैशाख ८ गते घरमा झगडा हुँदा श्रीमान् ५३ वर्षीय टेकबहादुर कार्की घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो । मृत्यु भएपछि प्रहरीले श्रीमती सुनितालाई पक्राउ गरेको हो । मृत्यु भएको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । डेरा गरी बस्ने कार्की श्रीमान् श्रीमती दुवै जना ज्याला मजदुरी गरी परिवार पाल्दै आएका थिए । शवको पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

Read More