काठमाडौं : नेपाली कांग्रेसकी नेता डा।आरजु राणा देउवाले राजनीतिमा अबका दिनहरु चुनौतिपूर्ण देखिन थालेको बताएकी छन्
स्वर्गीय मीना पाण्डेको स्मृतिमा शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यसमेत रहेकी देउवाले जनता पनि लहलहैमा लागेर भोट हाल्न थालेकाले गालीको राजनीति बलियो बनेको बताउँदै भनिन्- ‘सोसल मिडियामा गाली गलौज गरेर नेता बन्ने संस्कृति विकास भएका कारण राजनीति चुनौतिपूर्ण बन्न थाल्यो ।’
राणाको भनाइ थियो( आज हामी केन्द्रदेखि सातै प्रदेशको सरकारमा छौं । स्थानीय तहमा पनि ठूलो पार्टी भएका छौं । तर अगाडिका दिनहरु चुनौतिपूर्ण देखिदैछन् । जस्तो किसिमको एउटा लहलहैमा लागेर जनताले भोट हाल्छन् । मिडियाबाजी र सोसल मिडियाका कारण हामीले गरेका कामहरु ओझेलमा परे र गालीको भरमा राजनीति अघि बढ्न थाल्यो ।
Facebook Comments Box