धनगढी: सुदूरपश्चिममा पूर्व प्रदेश सभा सदस्यहरु एकीकृत भएका छन्। पूर्व सभामुखसहित प्रदेश सभा सदस्यहरु एकीकृत हुँदै एक मन्च नै गठन गरिएको छ।
आज (शुक्रबार) धनगढीमा पूर्व प्रदेश सभा सदस्यहरुकाे भेलाबाट ‘पूर्व प्रदेश सभा मंच’ गठन गर्ने निर्णय गरिएको हो। भेलाले आफ्नो विधान पास गर्दै पूर्व सभामुख अर्जुनबहादुर थापाको संयोजकत्वमा तदर्थ समिति समेत गठन गरेको बताइएको छ।
Facebook Comments Box