धनगढी: कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई चार वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–५ का २७ वर्षीय उमेश नेपाली रहेका छन्।
२०७८ साल माघ २ गते धनगढी उपमहानगरपालिका–११ मा प्रकाश नेपालीको मृत्यु प्रकरणमा उनको प्रतिवादीका रूपमा नाम आएका थिए। मृतक प्रकाश नेपाली सोही नगरपालिका–५ का बासिन्दा थिए।
घटनापछि फरार रहेका उमेश नेपालीलाई जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो। उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उमेश नेपालीविरुद्ध मृतकका परिवारले किटानी जाहेरी दिएको आधारमा अनुसन्धान अघि बढाइएको हो।
Facebook Comments Box