धनगढीः कैलालीस्थित गेटामा चिकित्सा विश्वविद्यालय कायम गर्न माग गर्दै काठमाण्डौंमा विरोध प्रदर्शन गरिएको छ।
आज (शुक्रबार) माइतीघरमा नेकपा एमालेको सुदूरपश्चिम-काठमाण्डौँ सम्पर्क कमिटिले विरोध गरेको हो।
सो विरोध कार्यक्रममा सुदूरपश्चिमका एमाले नेता तथा अनेरास्ववियुका नेताको सहभागीता रहेको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरीले बताए। उनका अनुसार सरकारलाई ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको हो। एमालले गेटामा सहिद शदरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको छ। गेटामा विश्वविद्यालय सञ्चालन गर्न सरकारलाई दबाब दिन बजेट आए लगत्तै आन्दोलन भइरहेको छ।
विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले कैलालीमा चरणबद्ध आन्दोलन गरिरहेको छ। मन्त्रीपरिषदले विश्वविद्यालय बनाउने निर्णय गरेपनि बजेटमा प्रतिष्ठान बनाउने भनेर आएपछि आन्दोलन सुरु भएको हो।
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/06/IMG-20230609-WA0014-1024x768.jpg)