Author: महेन्द्रनगर पोष्ट

दार्चुलाः दार्चुलामा रोकिएको ट्याक्टर आफैँ गुडेर भिरमा खसेको छ। जिल्लाको दुहु गाउँपालिका–३ राता खलंगाबाट वालुवा लिएर दल्लुतर्फ गइरहेको सुपप्र ०१००२ त ४९४२ नम्बरको ट्याक्टर आइतबार भिरमा खसेको प्रहरीले जनाएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २८ वर्षीय चालक राजकुमार राना ट्याक्टरलाई सडकमा रोकेर पिसाब फेर्न गएका थिए। त्यसैबेला ट्याक्टर आफै गुडेर करीब एक सय मिटर तल भिरमा खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्याक्टरमा चालक बाहेक अरु थिएनन्।

Read More

-आभूषण तिम्सिनाजब आम मानिस घर वा जग्गाको हालसाबिक नभएको कारणले घरमा खानेपानीको पाइप जोड्न नसकिरहेको अवस्थाको विकास हुन्छ। आम मानिस आफ्नो मोटरसाइकलमा चढेर काममा जान हतारिएर हिँडेको बेला थुप्रै स्थानमा बिच सडकमा ट्राफिक प्रहरी लाइसेन्द खोजेर बसेको थुप्रै स्थानमा देख्छ तर त्यही आम मानिसको रुपमा तपाईँले ट्राफिक प्रहरीले महंगा गाडी चढेर हिँड्ने चिल्ला र महंगा गाडिहरुलाई आजसम्म कतिपटक रोकेर चेकजाँच गरेको भेट्नुभएको छ ? के तपाईँले चढेको मोटरसाइकल र कार किन्दा तपाईँले तिरेको मुल्य बास्तवमा कति हो भनेर थाहा पाउनुभएको छ? के तपाईँका सन्तान पढ्ने सरकारी विद्यालयमा शिक्षाको गुणस्तर खस्केको कारण तपाईले अपार्दर्शी ढंगले शुल्क लिने निजी विद्यालयहरुमा सन्तान पढाउनुभएको…

Read More

कञ्चनपुरः आइतबार कञ्चनपुरमा लागूऔषध मुद्दामा फरार एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–७ की जैना ठगुन्ना रहेकी छिन्। फरार रहेकी ठगुन्नालाई आइतवार उनकै घरमा खोजतलास गर्दा प्रहरीले फेला पारेको हो। उनलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरबाट ४ दिनको म्याद मिलान गरी आवश्यक अनुसन्धान कार्य भरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

काठमाडौं: भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका एकजना मन्त्री वी अब्दुराहमानले जानकारी दिएका छन् । सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

Read More

काठमाडौं: आइतबार कांग्रेस महामन्त्री गगन थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अब त अत्ति भो भनेका छन्। उनको स्टाटसलाई धेरैले कांग्रेसबाट मन्त्री छनोटमा असन्तुष्टि जनाएको भनेका छन्। कांग्रेसबाट सभापति शेरबहादुर देउवानिकट ६ जना मन्त्री बन्दा नेता शेखर कोइराला पक्षबाट तीनजना मात्रै मन्त्री बनेका छन्। ती तीनैजना शेखरको सिफारिसमा मन्त्री बनेका हुन्। गगनको चाहना सहमहामन्त्रीद्वय बद्री पाण्डे तथा जीवन परियार र केन्द्रीय सदस्य प्रदीप पौडेललाई मन्त्री बनाउने रहेको थियो। आफूसँग यस विषयमा कुनै सल्लाह नभएकोमा आपत्ति जनाउँदै उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्– ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्,’ उनले लेखेका…

Read More

काठमाडौँ: हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही  बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको तराईका भू-भागमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

Read More

धनगढीः धनगढीमा ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट यज्ञ ओलीसहित तीन जनालाई प्रहरीले समातेको हो। २ सय ८० मिलिग्राम लागूऔषध (ब्राउनसुगर) सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले यज्ञ ओलीको घरमा लागूऔषध कारोवार गरिरहेका अवस्थामा उक्त परिमाणको लागूऔषधसहित फेला पारेको हो। उनीसँगै सोही ठाउँ बस्ने १८ वर्षीया किशोरीलाई पजि लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढीः कैलालीको चिसापानी कर्णाली नदीमा महिलाको शव भेटिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका ३ चिसापानीस्थित कर्णाली नदीमा अन्दाजी ४६ वर्षीया महिलाको शव फेला परेको कैलाली प्रहरीले जनाएको छ। तर, उनको नाम, थर, वतन भने अहिलेसम्म खुल्न नसकेको बताइएको छ।

Read More

धनगढीः कैलालीको गोदावरी नगरपालिकाका दुई युवकलाई बोका चोरीको आरोपमा पक्राउ गरिएको छ। कृष्णपुर नगरपालिका–५ स्थित जमुनाटोलमा बोका चोरी गरेको आरोपमा गोदावरी नगरपालिका १० मालाखेतीका नविन ताम्राकार र हरिश चुनारालाई प्रहरीले समातेको हो। गुलरियाबाट खटिएको प्रहरी टोलीले बोकासहित उनीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएकोछ। बरिष्ठ नायव निरीक्षक जीवन गुरुङका अनुसार दुबै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय झलारीको जिम्मा लगाइएको छ। गत महिना कृष्णपुरकी प्रतिमा चौधरी र बैशाख ३ गते निर्मला नाथको बाख्रा चोरी भएको थियो। यस्तै हिजो शनिबार कृष्णपुर नगरपालिका ५ का रामपति चौधरीको बोका चोरी भएको थियो। तीनै जनाले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

Read More

धनगढीः कञ्चनपुरको बेलडाँडीका निवर्तमान अध्यक्षको लडेर ज्यान गएको छ। बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष धनबहादुर थापा क्षेत्रीको आइतबार बिहान निधन भएको छ। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका ७२ वर्षीय थापाको बेलडाँडीस्थित आफ्नै निवासमा निधन भएको हो। एमालेका बेलडाँडी गाउँपालिका इन्चार्ज अक्कल विष्टका अनुसार नेपालगञ्जबाट फोक्सोको क्यान्सरको उपचार गरी थापा दुई दिन अघि मात्रै घर फर्केका थिए। आज बिहान ७ बजेतिर हातमुख धुन हेन्डपम्पमा गएका बेला बोमिट भएर त्यहीँ ढलेका थिए। २०४८ सालदेखि एमालेमा आवद्ध थापा ०५४ सालमा पहिलो पटक तत्कालिन बेलडाँडी गाउँ विकास समितिको अध्यक्ष भएका थिए। ०७४ सालको पहिलो स्थानीय तह चुनावमा एमालेका तर्फबाट पालिका अध्यक्षमा विजयी भएका…

Read More