कैलाली: कैलालीमा प्रहरीले ७७ हजार रुपैयाँ बराबर मूल्यको भन्सार छलीको सामान बरामद गरेको छ ।
आज बिहान धनगढी उपमहानगरपालिका–३ बिशालनगरबाट लेगिज, सुपरपावर, बिँडी, आन्टी लगायतका सामाहरु फेला पारेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले फेला बरामद गरेको मालसामान भन्सार कार्यालयमा बुझाईएको छ ।
यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा शुक्रबार बिहान भन्सार छलेर ल्याएको ३५ हजार रुपैयाँ मूल्य बराबरको अण्डा, डिउ(पेय पदार्थ), प्लाष्टिक, गुट्खा, बिँडीलगायतका सामान फेला पारेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले बेवारिसे अवस्थामा ती सामान फेला पारेको बताइएको छ ।
Facebook Comments Box