धनगढी : सुदूरपश्चिमको तराई क्षेत्रमा गर्मी बढेको बढ्यै छ। विषेशगरि कञ्चनपुर र कैलालीमा गर्मी अत्यधिक बढिरहेको छ।
गर्मी बढेसँगै यहाँका विद्यालयहरु बन्द हुने क्रम पनि बढेको छ।
पछिल्लो एक साताको अवधिमा कैलाली र कञ्चनपुरको तापक्रम लगातार उकालो लागेको छ। धनगढी लगायतका क्षेत्रमा अचेल तापक्रम ४० डिग्री नाघ्ने गरेको छ।
तर, आगामी बिहीबारबाट तापक्रम घट्ने भूउपग्रहमा आधारित मौसम पूर्वानुमान अनलाइन सेवा वेदर डटकमको प्रक्षेपण छ। आज (शुक्रबार) मध्यान्ह कैलाली र कंचनपुरको तापक्रम ४० डिग्री पुगेको छ भने शनिबारदेखि गर्मी झन् बढ्ने पूर्वानुमान छ।
यस्तै सुदूरपश्चिममा यस वर्ष ढिलो गरेर १३ असारमा मात्रै मनसुन भित्रिने मौसम विज्ञान विभागको पूर्वानुमान छ।
Facebook Comments Box