काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् । सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन् ।
ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए । सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्य मन्त्री तामाङगँग रिसाएका थिए ।
नेपाली कांग्रेसका नेता तामाङलाई गत २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री बनाइएको थियो । उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् र २०७८ मा रामेछाप सभापति तथा २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
Facebook Comments Box