Author: महेन्द्रनगर पोष्ट

डोटी: डोटीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ। बिहीबार दिपायल सिलगढी नगरपालिका –३ एयरपोर्टमा रहेको जनहित कृषक समूहका सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिइएको हो। ‘जोडौँ एक नाता ,खोली महालक्ष्मी बैङ्कमा खाता’ भन्ने मुलनाराका साथ महालक्ष्मी विकास बैंक लिमिटेड पिपल्ला शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय साक्षरताका बारे जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको महालक्ष्मी विकास बैंक शाखा दिपायलका प्रबन्धक भीम बहादुर रावतले बताए। उनले भने ,‘बैंकिङ प्रणाली, खर्च, बचत लगायतका विषयमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरेका हौँ । वित्तीय साक्षरता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय सीपका बारेमा जानकारी हुने आशा छ। ’हरेक…

Read More

कैलाली: नेकपा (एमाले) ले संघीय संसद अन्तर्गतका विभिन्न संसदीय समितिमा रहने सदस्यहरुको नाम टुंग्याएको छ। सार्वजनिक लेखा समिति सदस्यमा सुदूरपश्चिमका दुई सांसदको नाम अगाडि बढाइएको छ। बैतडीका दामोदर भण्डारी र कञ्चनपुर–१ का सांसद तारा लामा तामाङको नाम लेखा समिति सदस्यका लागि पठाइएको एमाले स्रोत बताउँछ। यस्तै पूर्वाधार विकास समितिमा बाजुराका समानुपातिक सांसद दयालबहादुर शाहीको नाम पनि पठाइएको छ। प्रतिनिधिसभाका दशवटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीवाट प्रतिनिधित्व गर्ने सदस्यको नाम एमालेले टुंग्याएको हो। नामावली संघीय संसद सचिवालयमा बुझाइएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई नामावली बुझाएका थिए। पूर्वाधार विकास समितिमा गोकर्ण विष्ट, ठाकुर…

Read More

महेन्द्रनगर: महाकाली नदीमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुल तीन घण्टाका लागि बन्द गरिने भएको छ। मर्मतका लागि आज ११ देखि २ बजेसम्म तीन घण्टा पुल बन्द गरिने दोधारा चाँदनी नगरपालिकाले जनाएको छ। पुल मर्मतको काम हुने भएकाले तीन घण्टा बन्द हुने दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिए।

Read More

काठमाडौं: महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले विद्यालयमा राजनीति गर्नु अपराध भएको बताएका छन् । महानगरको शिक्षा शाखामा राजनीतिक दल निकट विद्यार्थी संगठनले लगाएको ताला तोडेर मेयर शाहले विद्यालयमा राजनीति गर्ने कुरा कल्पना पनि गर्न नसकिने जनाएका छन्। शाहले ताला तोडिएको भिडियो फेसबूकमा राख्दै लेखेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं । त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि बर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले गरेको ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौं।’

Read More

काठमाडौँ: श्रीमतीको हत्यापछि फरार भएका आरोपीलाई केन्द्रीय अनुसन्धान ब्युरोले १८ वर्षपछि पक्राउ गरेको छ।  पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–स्थित बुद्धनगर घर भएका खुमे दर्जी उर्फ गोपाल रहेको केन्द्रीय अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) सञ्जय सिंह थापाले जानकारी दिए। २०६१ मङ्सिरमा दर्जीले चिर्पट प्रहार गरेर ४० बर्सिया राधिका दर्जीको हत्या गरेका थिए । मादक पदार्थ सेवन गरेको विषयमा विवाद हुँदा हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ

Read More

बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएको छ। प्रशासन कार्यालयले शनिबारबाहेकको सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने जनाएको छ।  नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने विशेष व्यवस्था गरेअनुरूप जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। २०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा छ।

Read More

धनगढी- कैलालीमा लागुऔषधसहित एक युवती पक्राउ परेकी छन्। मजिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट लागुऔषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित सोही ठाउँकी २९ वर्षीया दिपा बिष्ट साँउदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं: नागरिक लगानी कोषले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ। कोषले लोकसेवा आयोगको सहमतिअनुसार रिक्त रहेको पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो।  सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक र सहायक कम्प्युटर अपरेटर पदका लागि खुलाइएको उक्त विज्ञापनका लागि जेठ १३ भित्र आवेदन दिन सकिने कोषले जारी गरेको सूचनामा उल्लेख छ। 

Read More

काठमाडौं: वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक महिलाको लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौँको लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन्। श्रेष्ठले अस्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक तीन लाखभन्दा बढी तलब हुन्छ भनी अमृता गुरुङलाई प्रलोभनमा पारी तीस लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकी थिइन्।  श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। 

Read More

बाजुरा:  बाजुराको बुढीगंगा नगरपालिकाकाे बाम्काबाट खप्तड छेडेदह गाउँपालिका–४ गुदुखाती जादै गरेको ट्याक्टरबाट खसेर एकजनाको ज्यान गएको छ। बिहीबार साँझ भएको दुर्घटनामा सोही वडाका अन्दाजी ३१ वर्षीय खम्मबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।  बाम्का बजारबाट सामान लिएर जादै गरेको सु प प्र ०१–००१ त ४९७२ नम्बरको ट्याक्टरमा चढ्ने बेलामा खसेर ट्याक्टरको टायरमा च्यापिएर उनको मृत्यु भएको बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिएका छन्। ट्याक्टर चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More