कञ्चनपुर: कञ्चनपुरस्थित पार्क चोकबाट प्रहरीले भन्सार छलीको सामानसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
शनिबार राति भन्सार छलेर ल्याउँदै गरेको खुर्सानी, गाजर, लौकीसहित प्रहरीले दोधाराचाँदनी नगरपालिका– ७ बस्ने ३१ वर्षीय गोविन्द चन्द र एकजना अर्का व्यक्तिलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरुले चलाइरहेको से ४ प ६९३२ र से २ प ९९३५ नम्बरका दुईवटा मोटरसाईकल पनि नियन्त्रणमा लिइएको छ ।
दुवैजनालाई भन्सार कार्यालय बुझाउने तयारी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box