Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा एक हजारका १७ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–२ बिजयनगरका २३ वर्षीय तपेन्द्र शाही पक्राउ परेका हुन्। एकतर्फी रंगीन प्रिन्ट गरेका एक हजार दरका १३ थान र दुबैतर्फ प्रिन्ट गरी जोडेको चार थान गरी १७ थान एक हजार दरका नक्कली नोटसहित शाही पक्राउ परेका छन्।  ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका–१ शिव मन्दिर बाहिर रहेको खुद्रा पसलमा एक हजारको नेपाली नोट साटी रहेको अवस्थामा शाहीलाई फेला पारेको थियो। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिहेको छ।

Read More

धनगढी: भारतको धार्चुला–कैलाश–मानसरोवर सडक खण्डमा हिजो दिउसो जिप दुर्घटना हुँदा एक जना नेपाली नागरिकको मृत्यु भएको छ। अर्का घाइते छन्। ४ः३० बजेको समयमा उक्त सडक खण्डको माङती नाला ग्रीफ नजिक जिप दुर्घटना हुँदा ब्याँस गाउँपालिका–२ दुम्लिङका ३० वर्षीय रुकुम सिंह बुढाथोकीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। दुर्घटनामा मालिकार्जुन गाउँपालिका–८ पस्तीका ४० राम सिंह खत्री गम्भीर घाइते भएका छन्। शव पोष्टमार्टमका लागि भारतीय सेनाको एम्बुलेन्सले धार्चुला अस्पतालमा ल्याएको जनाइएको छ। जिपमा चार जना यात्रु सवार थिए। गर्बाधारबाट धार्चुला आउने क्रममा माङतीखोलामा दुर्घटना भएको थियो। चालकसहित दुई जना भारतीय नागरिक पनि समान्य घाईते भएका छन्।

Read More

टेकसिंह धामी, धनगढीः नेपाली काँग्रेसकी नेतृ, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवाले नेपालको आइक्यूको अवस्था एकदमै कमजोर रहेको बताएकी छन्। आज (शुक्रवार) कैलालीस्थित धनगढीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको स्ववियु निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएकी हुन्। उनले आफूले भर्खरै मात्र एउटा रिपोर्ट पढेको भन्दै त्यो रिपोर्टमा नेपालको आइक्यूको दुखलाग्दो अवस्था दर्शाइएको दाबी गरिन्। उनले भनिन्, ‘एउटा रिपोर्ट हेरे, त्यसमा यस्तो कुरा छ। के भन्ने अब ? दुखलाग्दो कुरा छ। संसारको सबैभन्दा कम आइक्यू हुने देशमध्ये नेपाल पनि एक रहेछ। हाम्रो शिक्षाको प्रणालीमा केही पनि मिलेको छैन।’ अहिलेको शिक्षा…

Read More

धनगढीः नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन्। आज (शुक्रबार) पार्टीको ग्रास रुट अभियान सुरुवातका लागि कैलालीको धनगढी संचारकर्मीसँग प्रतिक्रिया दिदैं यस्तो बताएका हुन्। उनले भने, ‘नेपाली राजनीतिमा हल्ला धेरै चल्छ, हल्ला एकातिर चल्छ घटनाक्रम अर्कोतिर अगाडि बढ्छ। त्यसकारण त्यसमा विश्वास नगरिदिनका लागि आग्रह गर्दछु। अहिलेको यो सहयात्रा कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन। पाँच वर्षसम्म सहयात्रा निरन्तर चल्छ।’ यस्तै उनले राष्ट्रपति, उपराष्ट्रपति लगायतका सबै पदहरुमा पूर्व सहमति जे छ त्यहीँ कार्यान्वयन हुने पनि बताए। राष्ट्रका सबै दलहरु मिल्नुपर्ने र मिलेर जाने कुरालाई नकारात्मक रूपमा लिन नहुने उनको भनाइ छ।

Read More

धनगढीः धनगढीमा शिव शिखर बहूद्देश्यीय संस्थाविरुद्ध बचतकर्ता आन्दोलनमा उत्रिएका छन्। बिहीबार आफुहरुले बचत गरेको रकम फिर्ताको माग गर्दै बचतकर्ता आन्दोलनमा उत्रिएका हुन्। सहकारी पीडित संर्घष समितिले सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा सेवाग्राहीहरू मर्कामा परेको जनाएको छ। बचतकर्ताको रकम ठग्न खोजेको भन्दै उनीहरूले सहकारीलाई कारबाही गर्न माग पनि गरेका छन्। शिव शिखर बहूद्देश्यीय धनगढी शाखाले बचत कर्ताको १५ अरब ८० करोड रुपैयाँ खाएर भागेको शिव शिखर बहूद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष देवदत्त भट्टले बताए। बचतकर्ताको सो रकम फिर्ता नहुन्जेल आफूहरूले आन्दोलन गर्ने उनले बताए।

Read More

धनगढीः नेकपा एमालेका युवा नेता एमाले नेता यज्ञराज ढुङ्गानाले जन्मदिनको अवसरमा दृष्टी फाउन्डेशनलाई सहयोग गरेका छन्। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य ढुङ्गानाले जन्मदिनको अवसरमा फाउन्डेशनमा गएर सहयोग गरेका हुन्। धनगढीस्थित नवजिवन अस्पताल प्रालिका अध्यक्षसमेत रहेका ढुङ्गानाले आज परेको जन्मदिनको अवशर पारी दृष्टी फाउन्डेसनमा आश्रय लिएर बसेकाहरुलाई बिहानको खाना खुवाएका हुन्। सामाजिक प्राणीले समाजप्रतीको उत्तरदायित्व निभाउनुपर्छ भन्ने हेतुले सामान्य सहयोग गरेको ढुङ्गानाले बताए। सहयोगपछि दृष्टी फाउन्डेशनकी अध्यक्ष कल्पना भट्टले ढुङ्गानालाई धन्यवाद दिएकी छन्।

Read More

काठमाडौँः चोरी तथा डाँका सम्बन्धी कसूरमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ घर भई काठमाडौं कालिमाटी बस्ने २१ वर्षीय निराजन महरालगायत तीन जना रहेका छन्। प्रहरीका अनुसार महरासँगै काठमाडौं माईतीघरस्थित युएममी मोवाइल ग्यालरीका सञ्चालक तेह्रथुम अठराई गाउँपालिका–२ घर भएका २४ वर्षीय शिशिर लिम्बु र काठमाडौं न्यूरोडस्थित ल्यापटप सर्भिस नेपालका सञ्चालक कपिलवस्तु बाणगंगा नगरपालिका–१ घर भएका ३४ वर्षीय बिनोद पौडेल पनि पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–२९ घट्टेकुलोस्थित दिपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोवाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलीले…

Read More

काठमाडौँः रेशम चौधरी अहिले डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका चौधरी कारागारको ‘ख’ ब्लकमा बस्छन्। स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको भेटघाट र बैठक पनि कारागार परिसरमै हुन्छ। अचेल कारागारमा भेटघाट बाक्लो हुने गरेको पनि बताइएको छ। यसअघि सुदूरपश्चिममा उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढल्यो। अहिले कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा सरकार बनेको छ। शाह नेतृत्वको सरकार बन्नुअघि र बनेपछि पनि सुदूरपश्चिमका कांग्रेस नेता रमेश लेखक र प्रकाश देउवा डिल्लीबजार कारागार पुगेका छन्। ‘मुख्यमन्त्री र अरू नेताहरू भेट्न आइरहनुहुन्छ,’ कारागार स्रोतले भन्यो, ‘उहाँको भेटघाट बाक्लो हुने गरेको छ।’ कारागार प्रशासनले चौधरीको भेटघाटका लागि…

Read More

धनगढी: नेकपा एमालेका सचिव लेखराज भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका छन् । बिहीबार प्रेस चौतारी कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा भट्टले सरकार गठनका बेला भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका हुन् । ‘अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ ? भन्ने आम मानिसलाई चासो छ । राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ,’ भट्टले भने, ‘पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँछ । गठबन्धन कायम रहन्छ ।’ यस्तै भट्टले नागरिक उन्मुक्ति पार्टीले समर्थन नगर्दा सुदूरपश्चिममा एमाले सरकार ढलेको र कांग्रेस नेतृत्वको सरकार पनि संकटमा रहेको बताए । ‘रेशम चौधरीको…

Read More

धनगढीः निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीले १० बर्ष पहिले भएको फैसलाबारे आफूलाई जानकारी नभएको बताएका छन्। आज जिल्ला अदालत कैलालीमा बयान दिएर कारागार फर्किँदै गर्दा उनले आफू फरार नरहेको र न्यायका लागि अपिल गरेको बताएका हुन्। ‘मैले न्याय पाउनु पर्छ। मैले त्यो फैसला बारे जानकारी नै पाएको थिएन। हजुरहरूकै मिडिया मार्फत मलाई मुद्धा छ भन्ने थाहा पाए’ उनले भने, ‘म कैलाली आउँदै थिए। मलाई अपहरणको शैलीमा बाटोमा समातियो।’ २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध…

Read More