धनगढीः नेकपा एमालेका युवा नेता एमाले नेता यज्ञराज ढुङ्गानाले जन्मदिनको अवसरमा दृष्टी फाउन्डेशनलाई सहयोग गरेका छन्। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य ढुङ्गानाले जन्मदिनको अवसरमा फाउन्डेशनमा गएर सहयोग गरेका हुन्।
धनगढीस्थित नवजिवन अस्पताल प्रालिका अध्यक्षसमेत रहेका ढुङ्गानाले आज परेको जन्मदिनको अवशर पारी दृष्टी फाउन्डेसनमा आश्रय लिएर बसेकाहरुलाई बिहानको खाना खुवाएका हुन्। सामाजिक प्राणीले समाजप्रतीको उत्तरदायित्व निभाउनुपर्छ भन्ने हेतुले सामान्य सहयोग गरेको ढुङ्गानाले बताए।
सहयोगपछि दृष्टी फाउन्डेशनकी अध्यक्ष कल्पना भट्टले ढुङ्गानालाई धन्यवाद दिएकी छन्।
Facebook Comments Box