Author: महेन्द्रनगर पोष्ट

बैतडीः बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। आज दशरथचन्द राजमार्गको घुसुल्ला भन्ने स्थानमा से १ ज ९२७ नम्बरको जिप दुर्घटना भएको हो। घाईतेको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। जिपमा ९ जना सवार थिए। तीन जनाबाहेक सबै यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त भएपछि उनका कार्यकर्ताले सडक जाम पारेका छन्। जिल्ला कारागार कैलालीबाट चौधरी आइतबार रिहा भएपछि उनका कार्यकर्ताले धनगढीको सडक जाम पारेका हुन्। चौधरी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय माफी गरेपछि रिहा भएका थिए। पक्राउ भएपछि निलम्बित भएका सांसद चौधरी रिहा भएपछि उनको स्वागतका लागि नागरिक उन्मुक्तिकि अध्यक्ष रञ्जिता श्रेष्ठ कार्यकर्ताको हुलसहित कारागार पुगेकी थिइन्। २०६६ भदौ ३ मा ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। छ…

Read More

धनगढीः दार्चुला र धारचुला बजार जोड्ने झोलुंगेपुल छेउको भारतीय तटबन्ध संरचना निर्माणमा नेपाली पक्षले आपत्ति जनाएको छ। इञ्जिनियरिङ सिद्धान्त र मापदण्डविपरीत संरचना निर्माण भइरहेको भन्दै महाकाली नदी नियन्त्रण आयोजनाले मौखिक र लिखित रूपमा यसबारे जानकारी गराएको छ। भारततर्फको झोलुंगेपुलछेउमा पुलको एबुटमेन्टभन्दा ८ मीटरअगाडि तटबन्धको संरचना निर्माण गरेकोमा नेपाली प्राविधिकले सरोकार देखाएका छन्। ‘पुलको एबुटमेन्ट भनेको आफैँमा सुरक्षा संरचना हो, भारततर्फको तटबन्ध निर्माणले पुलको एबुटमेन्ट सबै ढाकिँदै छ’ महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मनोहरकुमार साहले भने। पुलछेउको ‘अपस्ट्रिम’मा तटबन्धको ‘कर्भ’ आकारको संरचना बनाएपछि नदीको बहाव नेपालतर्फ फर्किने जोखिम बढेको प्राविधिकहरूको भनाइ छ। भारतीय पक्षबाट पुलछेउको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ दुबैतर्फ ‘काउन्टर फोर्ड…

Read More

काठमाडौंः नेपाल प्रहरीले उपत्यका बाहिरका पाँच जना प्रहरी इन्स्पेक्टरलाई काठमाडौंमा झिकाएको छ। उनीहरुलाई दरबन्दी रहेका विभिन्न जिल्लाका युनिटबाट राजधानीमा काजमा ल्याइएको बताइएको छ। प्रधान कार्यालयले हिजो काज खटाइएका इन्स्पेक्टरमध्ये जिल्ला प्रहरी कार्यालय बाग्लुङका भुपेन्द्र गिरीलाई प्रहरी वृत्त बालाजुमा काजमा खटाइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्सपेक्टर बेदबहादुर पौडेललाई प्रहरी वृत्त लैनचौर र इलाका प्रहरी कार्यालय धरानका देउप्रसाद लिम्बुलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २, महाराजगञ्जमा खटाइएको छ। उता लुुम्बिनी प्रदेश प्रहरी गण, कोहलपुरमा दरबन्दी रहेर जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत देवेन्द्रकुमार मल्ल प्रहरी वृत्त, दरबारमार्गमा आइपुगेका छन्। जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुम अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका इन्स्पेक्टर राजिब…

Read More

धनगढीः राष्ट्रपति विद्यादेवी भण्डारीबाट ३९५ जना कैदीबन्दीको सजाय माफी भएको छ। मन्त्रिपरिषद्को हिजो बसेको बैठकको सिफारिसका आधारमा पर्सिदेखि लागू हुने गरी ती कैदीबन्दीको सजाय माफी भएको बताइएको छ। विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी गरिएको हो। त्यसैगरी राष्ट्रपतिबाट मन्त्रिपरिषद्को हिजैको सिफारिसका आधारमा पुष्कर गौतम समेतका १४ जना व्यक्तिलाई पनि माफी दिइएको छ। विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम उनीहरुमाथि लागेको सजाय नेपालको संविधानको धारा २७६…

Read More

धनगढीः सशस्त्र प्रहरी बल नेपालले हालै बढुवा भएका चार जना डिआईजीको पदस्थापन गरेको छ। प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको गृहमन्त्रालयले हालै गरेको बढुवामा चार जना सशस्त्र प्रहरी एसएसपी डिआईजी बनेका हुन्। उनीहरुलाई हिजोको मितिमा सशस्त्र प्रहरी बलको मुख्यालय, मानवस्रोत विभागले विभिन्न इकाइमा पदस्थापन गरेको हो। जसअनुसार सुरेशकुमार श्रेष्ठलाई हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन, पोखराको जिम्मेवारी दिइएको छ। त्यसैगरी अञ्जनीकुमार पोखरेललाई विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार, चितवन, दीपेन्द्र शाहलाई युएन शान्ति स्थापना तालिम शिक्षालय, ककनी र पुरुषोत्तम थापालाई प्रधान कार्यालयको मावनस्रोत विभागमा राखिएको छ। चारै जना डिआईजी सशस्त्र प्रहरी बलमा २०५९ कात्तिक ४ गतेका दिन इन्स्पेक्टरमा भर्ना भएका हुन्। त्यतिबेला उतीर्ण…

Read More

धनगढी: अवैध लागूऔषध चरेशसहित प्रहरीले कञ्चनपुरको कृष्णपुरबाट एक जनालाई नियन्त्रणमा लिएको छ। हिजो दिउसो ४ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय गुलरियाबाट वरिष्ठ सई राधाकृष्ण नाथको कमाण्डमा खटिएको गस्ती टोलीले एक किलो भन्दा बढी चरेशसहित कृष्णपुर नगरपालिका–४ त्रिवेणी चोकका कमल दौल्याललाई पक्राउ गरेको हो। बिषेश सुराकीको आधारमा त्यहाँ पुगेको गस्ती टोलीले दौल्यालको घरमा चेकजाँच गर्दा १ किलो ६२ ग्राम चरेश फेला पारेर उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए। यस्तै हिजै लागूऔषध नियन्त्रण ईकाई कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खैरो हेरोइनसहित भीमदत्त नगरपालिका–५ बनगाँउ बस्ने बिबेक ठगुन्नालाई पनि पक्राउ गरेको छ।…

Read More

धनगढीः कैलालीमा एक हजारका १७ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–२ बिजयनगरका २३ वर्षीय तपेन्द्र शाही पक्राउ परेका हुन्। एकतर्फी रंगीन प्रिन्ट गरेका एक हजार दरका १३ थान र दुबैतर्फ प्रिन्ट गरी जोडेको चार थान गरी १७ थान एक हजार दरका नक्कली नोटसहित शाही पक्राउ परेका छन्।  ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका–१ शिव मन्दिर बाहिर रहेको खुद्रा पसलमा एक हजारको नेपाली नोट साटी रहेको अवस्थामा शाहीलाई फेला पारेको थियो। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिहेको छ।

Read More

धनगढी: भारतको धार्चुला–कैलाश–मानसरोवर सडक खण्डमा हिजो दिउसो जिप दुर्घटना हुँदा एक जना नेपाली नागरिकको मृत्यु भएको छ। अर्का घाइते छन्। ४ः३० बजेको समयमा उक्त सडक खण्डको माङती नाला ग्रीफ नजिक जिप दुर्घटना हुँदा ब्याँस गाउँपालिका–२ दुम्लिङका ३० वर्षीय रुकुम सिंह बुढाथोकीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। दुर्घटनामा मालिकार्जुन गाउँपालिका–८ पस्तीका ४० राम सिंह खत्री गम्भीर घाइते भएका छन्। शव पोष्टमार्टमका लागि भारतीय सेनाको एम्बुलेन्सले धार्चुला अस्पतालमा ल्याएको जनाइएको छ। जिपमा चार जना यात्रु सवार थिए। गर्बाधारबाट धार्चुला आउने क्रममा माङतीखोलामा दुर्घटना भएको थियो। चालकसहित दुई जना भारतीय नागरिक पनि समान्य घाईते भएका छन्।

Read More

टेकसिंह धामी, धनगढीः नेपाली काँग्रेसकी नेतृ, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवाले नेपालको आइक्यूको अवस्था एकदमै कमजोर रहेको बताएकी छन्। आज (शुक्रवार) कैलालीस्थित धनगढीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको स्ववियु निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएकी हुन्। उनले आफूले भर्खरै मात्र एउटा रिपोर्ट पढेको भन्दै त्यो रिपोर्टमा नेपालको आइक्यूको दुखलाग्दो अवस्था दर्शाइएको दाबी गरिन्। उनले भनिन्, ‘एउटा रिपोर्ट हेरे, त्यसमा यस्तो कुरा छ। के भन्ने अब ? दुखलाग्दो कुरा छ। संसारको सबैभन्दा कम आइक्यू हुने देशमध्ये नेपाल पनि एक रहेछ। हाम्रो शिक्षाको प्रणालीमा केही पनि मिलेको छैन।’ अहिलेको शिक्षा…

Read More