Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – विद्यालय कर्मचारीहरू माइतीघर मण्डलामा धर्नामा बसेका छन् । आन्दोलनको तेस्रो दिन आज बिहान ११ बजेदेखि माइतीघर मण्डलामा धर्नामा बसेका नेपाल विद्यालय कर्मचारी परिषद्का उप–महासचिव प्रेम बहादुर भण्डारीले जानकारी दिए । विभिन्न नारासहितका प्लेट कार्ड छातीमा टाँसेर उनीहरू धर्नामा बसेका छन् । यसअघि उनीहरूले भदौ १ र २ गते शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना दिएका थिए । हिजो केन्द्रको मूल गेटमा तालाबन्दी समेत गरेका थिए । शान्तिपूर्ण आन्दोलन गर्दा पनि राज्यले माग सुनुवाइ गर्न नचाहेको उनीहरूको गुनासो छ । बिहीबार बसेको परिषद्को बैठकले आज र भोलिका लागि लागि माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम तय गरेको थियो । विद्यालय…

Read More

काठमाडौं – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि निजामती कर्मचारी र शिक्षकहरूलाई खटाउने भएको छ। यसअघि पनि चुनावमा कर्मचारी र शिक्षक खटिँदै आएका थिए। निर्वाचन आयोगले आवश्यक कर्मचारी व्यवस्थापन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ। रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाइसक्न पनि आयोगको निर्देशन छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको निर्देशन पत्रमा भदौ २० गतेसम्म रिक्त दरबन्दीमा अनिवार्य कर्मचारी पदस्थापन गर्न भनिएको छ। निर्वाचन प्रयोजनका लागि संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय तहको स्थायी कर्मचारी वा स्थायी शिक्षकलाई अनिवार्य खटाउनुपर्ने भएकोले त्यसअनुसार रिक्त दरबन्दीमा कर्मचारीरशिक्षक पठाउन आयोगले भनेको हो।…

Read More

काठमाडौं – शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको थियो। बिहीबार छापावाल सुन प्रतितोला ९५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ११ सय…

Read More

काठमाडौं – काठमाडौं, हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोली ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्येपुर ठिमी नगरपालिका-९ का सुरेश भन्ने २८ वर्षीय प्रदिप कर्मचार्य, मुगु खत्याड गाउँपालिका-११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने २४ वर्षीय बिशाल कार्की र मुगु खत्याड गाउँपालिका-८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको एक पुरूषको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्टलिंक ईन्टनेशनल एजुकेशन प्रालि नामको प्राईभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैंकमा खाता खोलेको र बैदेशिक रोजगारीमा रसिया पठाई दिने प्रलोभनमा…

Read More

बैतडी- उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा बैतडी कारागारका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कैदीबन्दीमा उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिए पछि कारागारमा स्वास्थ्यकर्मी बोलाएर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार ४ जनाको पिसिआएर परीक्षण गर्दा कोरोना पुष्टि भए पछि बिहीबार सबै कैदीबन्दी बन्दीको परीक्षण गरिएको थियो, जसमा थप १२ जनामा कोरोना पुष्टि भएको जेलर धारा भण्डारीले जानकारी दिए । उनका अनुसार २५ जना क्षमता रहेको उक्त कारागारमा ९३ जना कैदी बन्दी रहेका छन्, जसका कारण कोरोना संक्रमितलाई अलग्गै व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ।

Read More

काठामाडौं – हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ । यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ । काठमाडौंमा आयोजित बिहीबार एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरेका हुन् । आर्थिक स्रोत व्यवस्थापनको जिम्मा महामन्त्री डा. धवल शमशेर राणालाई दिइएको छ। वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन कोष वृद्धि अभियान थालिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘सनातन धारको शक्तिकेन्द्र निर्माण एवं वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको हो,’ प्रवक्ता…

Read More

काठमाडौं – सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले आज पार्टी पदाधिकारी टुंगो लगाउने नेताहरुले बताएका छन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीमा नेताहरूको नाम प्रस्ताव गर्नेछन् । बैठक बस्नुअघि माओवादी अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमै पार्टीका विभिन्न नेताहरु, शहीद परिवारका प्रतिनिधि लगायतसँग छलफल गरेका थिए । त्यसैले आज बिहान ८ बजे बस्ने भनिएको बैठक सवा नौ बजेदेखि मात्रै सुरु भएको छ ।

Read More

दार्चुला – दार्चुला जिल्लाका ३ सय ३५ वटा विद्यालयहरु बाट बालबालिकाहरुलाई फाइजर बाइ इन्टिक खोप दिइने भएको छ । अधिकांश बालबालिकाहरु यो समयमा विद्यालय हुने भएकाले विद्यालयहरुमा नै खोप केन्द्र सञ्चालन गरि खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । बिहिबार खोप समन्वय समितिको बैठकले भाद्र ६ गते देखि १० गते सम्म खोप अभियान संञ्चालन गर्ने निर्णय गरेको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी एवम खोप समन्वय समिति संयोजक दिर्घ राज उपाध्यायको अध्यक्षमा बसेको बैठकले भाद्र ६ गते देखि १० गते सम्म खोप अभियान संञ्चालन गर्ने निर्णय गरेको बताइएको छ । खोप अभियान जिल्लाभरी ४२९ वटा खोप केन्द्रबाट…

Read More

काठमाडौं – आज नेप्से परिसूचक २७.७२ अंकले बढेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ। बुधबार नेप्से ०.३६ अंकले घटेर २०४०.७० विन्दुमा पुगेको थियो। सो दिन २२२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँमा खरिदबिक्री भएको थियो । यसदिन २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता सेयर २ अर्ब ५७ करोड ९८ लाख ५७ रुपैयाँमा खरिदबिक्री भयो। यस्तै स्वेत गंगा र अपर हेवाखोला हाइड्रोपावरको सूचक क्रमश: ९.९७ र ९.९६ प्रतिशतले बढ्यो। कारोबारमा आएका १३ समूहको सूचकमा हरियाली छाएको छ।

Read More

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा पुगेका थिए । उनीहरूबीचको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक–पटक गरेको सहयोगको लागि धन्यवाद दिएका थिए । त्यस्तै राजदूत मेनले नेपालमा लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन मन्त्री कुँवरसँग आग्रह गरेका थिए । नेपालमा ८ वटा उत्तर कोरियाली…

Read More