Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस बुधबार नेपालमा पनि मनाइँदै छ। यो वर्ष ‘लागुऔषधविरुद्ध लडौँ : रोकथाममा जोड दिऔँ’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवस मनाइन्छ। गृह मन्त्रालयको सर्वेक्षण अनुसार नेपालमा दुर्व्यसनीको संख्या ५।०६ प्रतिशतले वृद्धि भइरहेको छ । लागुऔषध प्रयोगकर्ता शहरी क्षेत्र हुदै ग्रामिण भेगमा पनि फैलिएका छन्। पछिल्लो समय नेपाल लागुऔषध ओसारपारको ‘ट्रान्जिट प्वइन्ट’ बनिरहेको छ । खुला सीमाका कारण लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण बनेको छ। प्रहरीको तथ्यांक अनुसार नेपालमा हरेक दिन औसतमा १८ जना लागु औषध कारोबारी…

Read More

काठमाडौं : सर्लाहीको लालबन्दीमा रहेको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्पपालन कार्यक्रममा भएको भ्रष्टाचारमा पाँच जना दोषी ठहर भएका छ्न । यो कार्यक्रममा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार भएको पाइएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले हिजो मधेस प्रदेशका तत्कालिन आर्थिक मामिलामन्त्री विजयकुमार यादव, प्रतिष्ठानका अध्यक्ष रेवती पन्तसहित पाँच जनालाई दोषी ठहर गरेको हो । तत्कालीन आर्थिक मामिला मन्त्री यादव र प्रतिष्ठानका अध्यक्ष पन्तसहित महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन् । दुई जनाले सफाइ पाएका छन् । सफाइ…

Read More

धनगढी : नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गणेश बहादुर बोहरालाई राष्ट्रिय निर्देशन समितिको सदस्यमा मनोनित गरेको छ। बझाङको केदारस्युँ गाउपालिकाका अध्यक्षसमेत रहेका बोहरा सुदूरपश्चिम प्रदेशबाट मनोनित भएका हुन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको अध्यक्षतामा रहेको राष्ट्रिय निर्देशन समिति प्रदेश तथा स्थानीय शासन प्रणाली एवं अन्तरसरकारी सम्बन्ध सुदृढ गर्न तथा सहकारी सङ्घीयताका लाभहरू अभिवृद्धि गर्ने उद्देश्यले गठित गरिएको हो। यो समिति प्रदेश तथा स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाह र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यरत छ। यस मनोनयनले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। समिति प्रदेश तथा…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडलका विजेता करण परियारलाई बधाई दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले परियारलाई बधाईका साथै  गितार उपहार दिएका हुन् । बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए । सो अवसरमा प्रधानमन्त्रीले परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेका थिए ।

Read More

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।  कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको भनाई छ ।  कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।

Read More

धनगढी : कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर तीन बालिका गम्भीर घाइते भएका छन् । बुधबार बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एपसी) पदमबहादुर बिष्टले घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीया खिमा कठायत रहेको जानकारी दिए । उनकाअनुसार उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो । गम्भीर घाइते बालिकालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । उनीहरुलाई थप उपचारका लागि धनगढी ल्याउने तयारी छ ।

Read More

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–४ झलझलिया हसनपुरका ५१ वर्षीय छोटेलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको हो। चौधरीलाई खेतमा भैसी लखेटने क्रममा बिजुलिको पोल स्टेन तारमा छुन गइ करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ तेघरीबाट सोही ठाउँका २४ वर्षीय अमित शोव १ ग्राम १६० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Read More

काठमाडौं : मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरोमा परी पोखरा २७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको ५ । पहिरोमा परी हरिकी श्रीमती २७…

Read More

काठमाडौँ : अढाई वर्षदेखि युक्रेनसँग युद्ध लडिरहेको रुसी सेनामा कार्यरत नेपालीलाई लिएर नेपालले रुस सरकारसँग विभिन्न ५ माग राखेको छ। एसिया सहयोग संवाद (एडीसी)मा भाग लिन इरानको राजधानी तेहरान पुगेका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी उपविदेशमन्त्री एन्ड्री युरीबीचसँगको भेटवार्तामा नेपालका माग राखेका हुन्। एसीडी बैठकमा सहभागिता जनाएर मंगलबार नेपाल पर्किएका मन्त्री श्रेष्ठले आफूले रुसी उपविदेशमन्त्रीसँगको भेटमा रुसी सेनामा नेपालीको सहभागितालाई लिएर दह्रोसँग विषय राखेको जानकारी दिए। त्यस्तै उनले रुसी उपविदेशमन्त्रीबाट पनि केही आश्वासन पाएको सुनाए। नेपालले राखेका ५ मागरुसी उपविदेशमन्त्रीसँगको ‘साइडलाइन’ वार्तामा मन्त्री श्रेष्ठले रुसी सेनामा नेपालीको सहभागितालाई लिएर त्यहाँका विदेशमन्त्री सर्गेइ लाभरोभसँग फोन वार्तामार्फत र नेपालमा रहेको रुसी…

Read More