Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – कतारमा आयोजना हुन लागेको फिफा विश्वकप आउन अब सय दिन मात्रै बाँकी छ । फिफा विश्वकपका उत्कृष्ट अन्तर्राष्ट्रिय टोलीहरूलाई स्वागत गर्ने क्रममा कतारमा आठ अत्याधुनिक स्टेडियमहरू बनेका छन्। आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म ६४ खेलहरू हुनेछ । कतार सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसीका महासचिव हासन अल थावादीले कतारको राष्ट्रिय दिवसमा लुसेल स्टेडियममा फाइनल खेल हुने बताए । यसअघि २१ नोभेम्बरदेखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच एक दिन अघि नै खेल हुने भएको छ। एसियाबाट अहिलेसम्मकै कीर्तिमानी ६ राष्ट्रले खेल्दैछन् । कतार आयोजकको रुपमा सिधै छनोट हुँदा जापान, इरान, दक्षिण…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागवण्डाको विषयमा छलफल भइरहेको छ । सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेको छ । गठबन्धनको कार्यदलले खोजेको सहमतिका आधारबारे दलहरूमा आन्तरिक छलफल सुरु भएको छ ।

Read More

मुम्बई – अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ । भारतका धेरै स्थानमा यो फिल्म बहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ । पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग गरेको छ । मिनिस्ट्रीले नो अब्जेक्सन सर्टिफिकेट दिएमा सन् २०१९ पछि पहिलोपटक कुनै पनि भारतीय फिल्म पाकिस्तानमा रिलिज हुनेछ । यो फिल्मको वितरक पेरामाउन्ट पिक्चर्स हो । जसका फिल्म पाकिस्तानमा पनि रिलिज हुन्छन् । तर, सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन र सिन्ध बोर्ड अफ फिल्म सर्टिफिकेसनले भने आमिरको फिल्मलाई पाकिस्तानमा रिलिज गर्न नदिने भएको छ । ‘हाम्रो नीति…

Read More

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आइपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर आज बेलुका नेपाल आईपुग्ने जनाएको छ । क्यानका अनुसार प्रभाकर बेलुका ६:१० बजे त्रिभुवन विमानस्थल आईपुग्ने छन् । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ । नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ । नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणका लागि निस्कने छ ।

Read More

महेन्द्रनगर – महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ । किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ जानुभएको छ । कालीगण्डकी नदीले बगाउँदा बृद्व बेपत्ता …

Read More

दार्चुला – दार्चुलाका स्थानीय तहको बेरुजु रकम बढ्दै गएको छ ।आर्थिक बर्ष २०७७/ ७८ सम्म जिल्लाका पालिकाहरुको बेरुजु रकम झण्डै ७७ करोड पुगेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनका अनुसार जिल्लाका ९ ओटा स्थानीय तहको बेरुजु रकम ७६ करोड ८१ लाख ८४ हजार पुगेको छ । दार्चुलामा सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा २९ करोड १२ लाख ९ हजार बेरुजु रहेको छ । यस्तै मालिकार्जुन गाउँपालिकामा २३ करोड ४४ लाख ५६ हजार, महाकाली नगरपालिकामा १४ करोड ७ लाख २६ हजार बेरुजु रहेको छ । यस्तै व्याँस गाउँपालिकामा ९ करोड ३४ लाख ४२ हजार, मार्मा गाउँपालिकामा ९ करोड १५ लाख ७४ हजार,…

Read More

काठमाडौँ । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् । निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न बालकोटमा पुगेकी थापासंग राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन् । रेखाले समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको बताइन् । रेखाले भनिन्, ‘समग्रमा देश र अहिलेको राजनीतिक अवस्थाबारे पार्टीगत कुराकानी भयो । राजनीतिमा छोरीहरुको अवस्थाबारे पनि छलफल भयो । उहाँ अभिभावकजस्तै हो नि त।’ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेका छन् । यसबारे पनि कुराकानी भएको रेखाले बताइन् ।

Read More

काठमाडौं – नेपालमा गत २४ घण्टामा ७८१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ४७१२ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा ५११ जना कोरोनामुक्त भएका छन् ।

Read More

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्धारितभन्दा बढी खर्च गर्ने र समयमै विवरण पेस नगर्ने उम्मेदवार तथा निर्वाचित जनप्रतिनिधिलाई कारबाही गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्चको सीमा पालना नगर्ने र खर्चको विवरण ३० दिनभित्र नबुझाउने उमेदवार र जनप्रतिनिधिलाई कारबाहीको प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिए । ‘स्थानीय तहको निर्वाचनमा निर्वाचन खर्चको सीमा पालना पनि नगर्ने र खर्चको विवरण ३० दिनभित्र पेस गर्नुपर्ने दायित्वबाट विमुख उमेदवार र निर्वाचित जनप्रनिधिहरूको देशभरको तथ्यांक संकलन गरेर कारबाहीको प्रक्रिया प्रारम्भ गर्दै छौँ,’ उनले बाह्रखरीसँगको अन्तर्वार्ताका क्रममा भने, ‘जसले निर्वाचन आचारसंहिता र निर्वाचन खर्च सीमाविपरीत गरिरहेका छन् । तिनीहरूलाई…

Read More