Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईले भेटवार्ता गरेका छन् । उक्त भेटमा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी रहेका थिए। ‘बिहान सवा ९ बजेदेखि सवा १० सम्म भेट भएको हो। भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको छ’, । उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुटिएर नेसपा बनाएका भट्टराई पाँच दलीय गठबन्धनमा आवद्ध हुन चाहान्छन्। डा. भट्टराईले औपचारिक रुपमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि राजनीतिक भेटवार्ता अघि बढाएका हुन् । यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत…

Read More

काठमाडौं – सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय २५ तोकिएकोे छ ।

Read More

काठमाडौं – सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँड कार्यदलको बैठक आज बस्ने भएको छ। बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले बताए। कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो। उक्त बैठकबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकिएका थिए। कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई-दुई जना सदस्य छन्। कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ। यो कार्यदलले टुंगो लगाउन नसकेका ठाउँ भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले टुंगो लगाउनेछन्। सम्भवत आजको कार्यदल बैठकमा दलहरूले आ-आफ्ना दाबी पेश गर्दैछन्। नेपाली…

Read More

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ । समिति सचिवालयका अनुसार उपत्यका बाहिर रहेका समिति सदस्यहरू काठमाडौँ फर्किइसकेका छन् । ‘शुक्रबार प्रतिनिधि सभाको बैठक छैन । यसकारण पहिलो बैठक शुक्रबार नै राखौँ भन्ने भएको छ । तर, कुन समयमा बस्ने तय गर्न बाँकी छ,’ समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए । १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, काँग्रेसकी तत्कालीन सचेतक पुष्पा भुसाल र एकीकृत समाजवादीका तत्कालीन प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक भई प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । महाअभियोग प्रस्ताव दर्ता भएपछि…

Read More

काठमाडौं – आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले बताए । बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्न सक्ने सम्भावना पनि छ । आसन्न निर्वाचनमा नेकपा एमालेले सत्ता गठबन्धन बाहिरका विचार मिल्ने दलसँग तालमेल गर्न सक्ने जनाएको छ । निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ताको काम सकिसकेको…

Read More

काठमाडौं – भारतीय काली बाबा अहिले नेपालमा छन् । नेपाली मूलका भारतीय काली बाबा बुधबारमात्रै नेपाल आइपुगेका उनी काठमाडौँको गौशालास्थित धर्मशालामा बसेका छन् । नेपालमा राजासहितको हिन्दू राष्ट्र चाहने काली बाबाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्। राजाकै निवासमा भएको भेटमा काली बाबासँगै भारतीय जनता पार्टी (भाजपा)का केही नेता पनि पुगेका थिए।काली बाबा र पूर्वराजाको भेट भएको पूर्वराजाका निजी सचिव डा.फणि पाठकले पुष्टि पनि गरे। केही समय चर्चाबाहिर रहेका पूर्वराजासँग काली बाबाको भेटलाई अर्थपूर्ण तबरले हेरिएको छ। काली बाबाको भारतको राजधानी नयाँदिल्लीस्थित पहाडगन्जमा आश्रम छ। उनी योगी आदित्यनाथसँग निकट पनि मानिन्छन्। उनीहरुबीच नेपालको वर्तमान राजनीतिक अवस्था, राजासहितको हिन्दू राष्ट्रलाई जनताले…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा देशभरका ६७०५ नमुना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा ३ जना संक्रमितले ज्यान गुमाएका थिए । मन्त्रालयका अनुसार गत २४ घण्टामा ४१४ जना कोरोनामुक्त भएसँगै देशभर अहिलेको अवस्था ५ हजार ८८५ जना सक्रिय संक्रमित रहेका छन् ।

Read More

काठमाडौं -राष्ट्रिय सभाका सांसदले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएको र यसले जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिएर बोल्दै सांसद विमला घिमिरेले वर्षाका कारण किसानले गत वर्ष क्षति बेहोरेको धानको राहतसमेत नपाएको बताउनुभयो । उहाँले सरकारले क्षतिको अभिलेख मात्रै सङ्कलन गरेर क्षतिपूर्ति नदिएको अवस्थामा अहिले फेरि धानका लागि मलसमेत नपाउनु विडम्बना भएको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नघटाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढी पहिरो प्रभावितको उचित व्यवस्थापन र राहत दिन पनि आग्रह गर्नुभयो । अर्का सांसद शारदादेवी भट्टले…

Read More

काठमाडौं – राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित प्रतिनिधि सभामा आएको तथ्यांक विधेयक २०७८ बहुमतले पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बहुमतले सो विधेयक पारित भएको हो।सो विधेयकमाथि संशोधन प्रताव राखेका सांसद प्रेम सुवाल र विद्या भट्टराई आफ्नो प्रस्ताव फिर्ता नलिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदले अस्वीकृत गरे । तथ्यांक उत्पादन, प्रशोधन, भण्डारण, प्रकाशन र वितरणलाई विश्वसनीय, व्यवस्थित बनाई संघ, प्रदेश र स्थानीय तहको नीति निर्माण, नीति कार्यान्वयन, स्रोत व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथ्यांक सम्बन्धी कानुनलाई थप संशोधन गर्न र एकीकरण गर्न आवश्यक भएको सो ऐन संसदले बनाएको हो ।

Read More

काठमाडौं – बझाङमा एकै घरका ३ जना रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । बुंगल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका स्थानीयले बताएका छन्। २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीले बताए। स्थानीयका अनुसार गए राति मात्रै गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएका हुन्। घटनाको अनुसन्धानका लागि सदरमुकाम चैनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको र प्रहरी अनुसन्धान पछि मात्र थप रहस्य खुल्ने प्रहरी निरिक्षक अवस्थीले जानकारी दिए।

Read More