Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ३९२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार २ हजार ५ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर ३ हजार ९ सय ९६ जना सक्रिय संक्रमित छन्।

Read More

तनहुँ– बलात्कार गरेको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप भएको म्याद आज सकिएको थियाे । मुद्दाको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले म्याद थपका लागि सरकारी वकिलको कार्यालयमार्फत अदालतसमक्ष पेश गरेको थियो । तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिन थप समय दिएको थियो । तर, अनुसन्धान नसकिँदै नवलपुरमा दर्ता भएको जबरजस्ती…

Read More

काठमाडौं – घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो । सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा शर्मासहित ९ जनालाई अख्तियारले मुद्दा दायर गरेको हो ।

Read More

काठमाडौं – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौँ राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ । महाधिवेशन यही चैत ६ र ७ गते हुने तय भएको छ । फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् । यस्तै बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उनले जानकारी दिए । सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

Read More

काठमाडाैं – होङसी शिवम् सिमेन्ट प्रा. लिले गत बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १०.२०४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । होङसी शिवमको हालै सम्पन्न बार्षिक साधारणसभाले सो सम्वन्धी प्रस्ताव पारित गरेको हो । शिवम होल्डिङ्समा शिवम सिमेन्टको ८८ प्रतिशत शेयर स्वामित्व रहेको छ । चीनको व्यापारिक समूह होङसी समूहमार्फत प्रत्यक्ष वैदेशिक लगानी भएको होङसी शिवममा चीनको होङसी होल्डिङ ग्रुप अन्तर्गतको हङकङ रेडलाइन सिमेन्टको ७० प्रतिशत र शिवम होल्डिङ्सको ३० प्रतिशत नेपाली लगानी रहेको छ । शिवम सिमेन्टका अनुसार होङ्शी शिवमको १२ अर्ब ७३ करोड ९९ लाख ८९ हजार आठ सय रुपियाँ चुक्ता पुँजीमध्ये शिवम होल्डिङ्सको पुँजी तीन अर्ब ८२…

Read More

ललितपुर – अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औँ स्थापना दिवसका अवसरमा आज उहाँले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे । बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताए । उनले भने, “सांस्कृतिक शहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाकोसमेत प्रवद्र्धन गर्ने योजना छ ।” उनले कार्यक्रममा उपस्थित व्यवसायीसँग सल्लाह तथा सुझावसमेत मागे । युक्रेन र रुसबीचको युद्धका कारण मुलुकमा ठूलो असर परिरहेको उहाँले उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष…

Read More

मलेसिया – मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घण्टा यता मात्र यहाँका कम्तीमा पनि २७ हजार ४ जना सङ्क्रमित भएका छन् । यी समेत गरी मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना सङ्क्रमित भएका छन् । त्यस्तै मलेसियाका स्वास्थ्य अधिकारीले यहाँ पछिल्लो २४ घण्टामा मात्र ८६ जना सङ्क्रमितको मृत्यु भएको छ । यो समेत गरी यहाँ अहिलेसम्ममा कोभिडबाट मात्र ३४ हजार १८५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही हप्ताहरुमा चीन र दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या बढ्दै गएको देखिएको छ । एसियाका यी…

Read More

झापा – प्रमुख जिल्ला अधिकारी छविराज रिजालले सरकारी कार्यालयका गाडीहरूलाई मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने भएका कारण सरकारी सवारीसाधन तयारी हालतमा राखिनुपर्ने उनले बताए । जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरकारी कार्यालयका प्रमुखको बैठकमा प्रजिअ रिजालले त्यस्तो निर्देशन दिएका हुन् । ‘निर्वाचनमा सवारीसाधनको प्रयोग गर्नुपर्ने हुन्छ’, उनले भन, ‘चोहिएका बेला गाडी बिग्रिएको छ भनेर असहयोग गर्ने छुट कसैलाई छैन । सबै गाडीहरु मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्नुहोस् ।’ उनले सबै सरकारी कार्यालयमा रहेका सवारीसाधनको लगत…

Read More

काठमाडौं – अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौं आएको जनाइएको छ । ‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले भने ।

Read More

काठमाडाैं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ९९ लाख ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ९९ हजार ८०० रुपैयाँमा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । विहीबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More