Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा‍। ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ । बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ । बस तोडफोड गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पठाओ चढेर आएका युवकले बस तोडफोड गरेका हुन् ।

Read More

काठमाडौं – नेपालपछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६४३ जनाको परीक्षण गर्दा ६५८ जनामा सङ्क्रमण पुष्टि भएको हो। यही अवधिमा ४५६ जना निको भएको तथा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २९६ पुगेको छ।

Read More

काठमाडौं – जाँगरिला मानिसका लागि खोल्साखाल्सी र वनजङ्गलमा बिना लगानी र बिना श्रम प्राकृतिकरुपमा नै पाइने टुसा, मुना र वनस्पति पनि आम्दानीका गतिला माध्यम बन्दारहेछन् भन्ने प्रशस्त उदाहरण यहाँ भेटिन्छन् । उत्तरी र पश्चिमी म्याग्दीका विद्यालय उमेरका विपन्न बालबालिका, महिला र फुर्सदिला प्रौढ व्यक्ति यतिबेला वनजङ्गल र चिस्यानयुक्त खोल्सा खाल्सीमा निउरो र खोलेसाग टिपेर बजारमा बिक्री गर्न व्यस्त छन् । वर्षायाममा जङ्गलमा पाइने निहुरो बेचेर यहाँका ग्रामीण महिला र विपन्न विद्यार्थीले घरखर्चको जोहो गरिरहेका छन् भने विद्यालय उमेरका बालबालिकाले पढाइ खर्च जुटाउने गरेका छन् । जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले यसबाट राम्रो आम्दानी गर्दै आएको निउरो र खोले सागको व्यापार वर्षायाममा…

Read More

कञ्चनपुर – कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन् । बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थाना नजिक दुर्घटना भएको खबर प्राप्त भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले युके ०६ टिए ३५७३ नम्बरको जीप दुर्घटना हुँदा धनगढी, गड्डाचौकी र सुकासाल क्षेत्रका गरी दश नेपाली घाइते भएको बताउनुभयो । दुर्घटनामा परी सुकासालका राधा दयाल, जीतबहादुर दयाल, कञ्चनपुरका हेमा ओझा, दीपक ओझा, धनगढीका चन्द्रा, शानु, बलदेव सिंह, खेमबहादुर, लक्ष्मी र शारदा रहेको बुझिएको छ । घाइतेमध्ये केहीको अवस्था जटिल रहेको…

Read More

बैतडी – बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुग्नुभएकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्घार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले उहाँलाई सुर्खेत लगिएको हो । आइतबारदेखि सुत्केरी व्यथा लागेर बिन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पु¥याउन चार घण्टा बोकेर लैजानुपर्ने, सो समयसम्म अत्यधिक रक्तश्राव हुने खतरा रहेकोले…

Read More

काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी रबिन्द्र बहादुर धानुकले सोमबार विहान काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा कार्यालय तथा मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबिम्बको रुपमा रहने हुनाले उपत्यका प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो । निर्देशनकै क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरि भरपर्दो सुरक्षा योजना तयार गरि लागु गर्न जिल्ला प्रहरी परिसरहरुलाई निर्देशन दिनु भयो साथै नेपाल सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको घोषणा गरिसेको र निर्वाचन…

Read More

महोत्तरी – महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट रु एकहत्तर लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ । प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर रु बीस लाख तेत्तीस हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढवर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको र त्यसपछि उनी पछि फरार भएका थिए । शनिबार पक्राउ परेका उनको ससुराली घरबाट रु एकहत्तर लाख चौवालीस हजार तीन सय पचास रुपैयाको नौ थान कपाली तमसुक बरामद भएको हो । महोत्तरी र धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराएको नौ थान कपाली तमसुक…

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । काठमाडौँका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ । हाल कामपाको फोहर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई आगामी एक हप्ताभित्र फोहर बञ्चरेडाँडा लैजानका लागि निर्देशन दिनुभएको हो । उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहर उठाउँदै आएको छ…

Read More

काठमाडौं – संघीय संसद्, राष्ट्रियसभाले प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । विसं २००६ मा सिरहाको बस्तीपुरमा जन्मिनुभएका प्रतिनिधिसभाका सदस्य गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा यही भदौ ४ गते शनिबार राति ९ः३० बजे निधन भएकामा राष्ट्रियसभाले गहिरो शोक प्रकटसमेत गरेको छ । स्वर्गीय गिरी नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, विसं २०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सिरहा जिल्ला निर्वाचन क्षेत्र नं…

Read More

महेन्द्रनगर – सशस्त्र प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन बिष्ट मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर रासनमा घोटला गरेको आरोप खेपिरहेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणबाट गणपतिको जिम्मेवारीबाट मुक्त पारिएका एसपी बिष्ट अहिले सशस्त्र प्रहरीको विशेष अदालतको कठघरामा छन्। सशस्त्र प्रहरी स्रोत भन्छ, ‘एसपी बिष्टलाई जोगाउन थुप्रै प्रयास भएका छन्। तर उनी अहिले विशेष कठघरामा छन्।’ ४४ नम्बर गणमा २ सय ५८ जना कार्यरत रहेकोमा एसपी बिष्टले एकै पटकमा एक सय २२ जनालाई बिदामा राखेर रासन भत्ता बुझेको आरोप लागेको छ। उनको जिम्मेवारी खोस्नुअघि सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले स्पष्टिकरण सोधेको थियो। रासनमा अनियमितता गरेको आरोप…

Read More